तेली समाजले निवन्ध प्रतियोगिता गर्दै, प्रथम हुनेलाई ६ हजार पुरस्कार

 न्यूज विराट
तेली समाजले निवन्ध प्रतियोगिता गर्दै, प्रथम हुनेलाई ६ हजार पुरस्कार

विराटनगर । तेली कल्याण समाजले निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । आउँदो भदौ ९ गते समाजले निवन्ध प्रतियोगिता गर्ने भएको हो ।
‘संघीयतामा जातीय एकताको आवश्यक्ता र चुनौती’ विषयक शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गर्ने भएको तेली कल्याण समाजका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए । प्रतियोगितामा कक्षा ९ देखि माथिका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । प्रतियोगितामा प्रथम हुनेले नगद ६ हजार, द्वितीय हुनेले तीन हजार र तृतीयले दुई हजार रुपैयाँ पुरस्कार रहेको छ ।

विद्यार्थीहरुमा भएको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले निवन्ध प्रतियोगिता आयोजना गरिएको अध्यक्ष साहले बताए । जातिय एकता र महत्त्वका बारेमा रुचि राखुन् र यश सम्बन्धि खोज, अध्ययन गर्दै समाजलाई बुझाउन सकुन भन्ने उद्देश्यका साथ सजातीय युवाहरुलाई उत्प्रेरित गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । यसले एक अर्कामा परिचय, सहयोग र सद्भाव समेत बढ्नेमा विश्वास राखेको उनको भनाई छ ।

‘प्रतियोगितामा सहभागि इच्छुक विद्यार्थीहरुको लागि सूचना पनि जारी गरिएको छ,’ उनले भने । प्रतियोगिताको पहिलो समूह कक्षा ९ देखि १२ अध्ययनरत र दोस्रो समूह सो भन्दा माथिका विद्यार्थीहरुका लागि हुनेछ । पहिलो समूहको लागि पूर्णाङ्क २० र दोस्रो समूहका लागि पूर्णाङ्क ३० रहेको छ । पहिलो समूहको लागि २०० र दोस्रो समूहको लागि ३०० शब्दमा नघटाइ निबन्ध लेख्नुपर्नेछ । पुरस्कार विराटनगर महानगरको नगर अधिवेशनको दिन वितरण गरिने अध्यक्ष साहले बताए ।

कार्यक्रम संयोजक तथा शिक्षा समिति संयोजक दिपक साह हुन् ।

सम्बन्धित समाचार

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

बाँके, ६ जेठ-बाँकेको नरैनापुरमा एकै दिन ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्णरूपमा सिल गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका...

अन्ततः वामदेव राष्ट्रियसभा सदस्य हुने

काठमाडौं, १८ भदौ-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमा गौतमलाई सिफारिस निर्णय गरेको हो।...

विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गर्दै आन्दोलित उद्योगीले दिए राजश्व कार्यालयमा धर्ना

विराटनगर, १० असार । आन्दोलनरत विराटनगरका उद्योगी र मजदुरहरुले विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयमा धर्ना दिएका छन् । आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले ल्याएको बजेटका कारण स्वदेशी उद्योगहरु धारासायी हुने भन्दै आन्दोलनरत विराटनगरका उद्योगीहरु र...

देशभरीका डेन्टल चिकित्सक विराटनगरमा, २४ औं राष्ट्रिय सम्मेलन शनिबार हुँदै

विराटनगर – नेपाल डेन्टल एसोसिएसनको २४ औं वार्षिक राष्ट्रिय सम्मेलन विराटनगरमा शनिबार हुने भएको छ । देशभरीको डेन्टल चिकित्सक भेला हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो...

भारतमा दैनिक कोरोना संक्रमितको संख्या तीन लाखबाट घट्यो

एजेन्सी, ३ जेठ । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा...

हिमगिरीले ‘महजोडी ’लाई ब्राण्ड एम्वेष्डर नियुक्त गर्यो

विराटनगर । नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ।उक्त उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले...

ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।  ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।  प्रतियोगितामा विज्ञान...

ओशो आश्रमलाई ५ लाख सहयोग

विराटनगर, ४ असोज–विराटनगरस्थित ओशो ध्यान आश्रमलाई एक जना दाताले रु. ५ लाख आर्थिक सहयोग गरेका छन । ओशो साधक तथा नेपाल सरकारका पूर्वकर्मचारी डुल्लुराज बस्नेत (स्वामी बितराग) ले आश्रम संचालन सहयोगको लागि अक्षयकोष खडा गर्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्