रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चद्वारा एक हजार झुल वितरण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चद्वारा एक हजार झुल वितरण

विराटनगर । लामखुट्टेको टोकाइबाट लाग्ने विभिन्न रोगबाट बच्नका लागि विपन्न परिवारलाई रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्चले झुल वितरण गरेका छन् । क्लब र मञ्चले लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, कालाजार, मलेरिया, इन्सेफ्लाइटिसलगायतका रोगबाट बच्नका लागि तीन चरणमा विपन्न परिवार १ हजार थान लाई झुल वितरण गरेको हो ।
विराटनगर वडा नम्बर १२, वडा नम्बर २ सहित तीन चरणमा झुल वितरण गर्ने योजना अन्तर्गत शुक्रबार विराटनगर–१ स्थित परोपकार घाटका स्थानीयलाई तीन सय झुल वितरण गरिएको क्लबका अध्यक्ष विकास राठीले जानकारी दिए ।
कार्यक्रममा रोटरी क्लब अफ विराटनगर फ्युजनका अध्यक्ष विकास राठी, महेश्वरी महिला मञ्चकी अध्यक्ष पुनम राठी, सल्लाहकार रचना राठी, महेश्वरी युवा मञ्चका अध्यक्ष अजय राठी, महेश्वरी समाजका महासचिव अमिताव गट्टानी, रोटेरियन लिडर किरण कर्ण, महेश्वरी महिला मञ्चका पूर्व अध्यक्षहरु, दुवै क्लबका सदस्हरुलगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको संयोजक रोटरी क्लब अफ विराटनगर फ्युजन र महेश्वरी महिला मञ्च दुवै संस्थामा आवद्ध पुजा राठी रहेकी थिइन् । कार्यक्रममा सोही वडाका वडाध्यक्ष काजी बस्नेतको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

टि– २० रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने

विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी...

देशभर थप ८९८० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौं, ८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार १०५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्...

काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

एजेन्सी, १८ भदौ-श्रीनगर केन्द्र सरकारले जम्मू काश्मीरमा पाँच भाषालाई आधिकारिक भाषाको मान्यता दिने घोषणा गरेको छ । यसका साथै त्यहाँ १३१ वर्षपछि उर्दु भाषाको एकछत्र राज समाप्त भएको छ । भौगोलिक र सामाजिक रुपमा विविधता...

कोरोनाबाट उपत्यकाका ६ सहित १४ को मृत्यु, ३९८ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं, १८ वैशाख-रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी...

दूरी कायम गर्न डब्लूएचओका नेपाल प्रतिनिधि भ्याण्डेलरको सुझाव

काठमाडौं, १९ साउन-विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोभिड- १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्काबिच दूरी कायम गर्न अपिल गरेका छन् ।  पछिल्लो समय सरकारले लकडाउन हटाइसकेपछि मानिसहरूले आफ्नो व्यवहारमा परिवर्तन नगरेका कारण संक्रमण...

कोभिड अस्पताललाई युवा संघद्धारा वुथ हस्तान्तरण

विराटनगर, बैशाख २१–कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवक संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङले नमूना संकलन वुथ हस्तान्तरण गरेको छ । कोराना भाइरसका शंकास्पद व्यक्तिको नमुना संकलन लिनका लागि...

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङ, ३० भदौ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्