‘विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ’
शनिबार, २७ साउन, २०८०,
न्यूज विराट
विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव हो । बायोर्याडसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएकोले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेर गएको छ । विराटको प्रयोगशाला दुइ दशकभन्दा बढी पुरानो संस्था हो ।
विराटको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन् । नयाँ टेक्नोलोजी र अटोमेटेड मेसिनबाट ल्याब परीक्षण हुने गरेको कारणले यहाँको प्रयोगशालामा विरामीको पहिलो रोजाइमा पर्ने गरेको छ । विराटको ल्याब आईएसओ र बायोर्याड सर्टिफाइड प्रयोगशाला हो । यसै विषयमा न्यूज विराट डटकमले विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिका प्रशासन प्रमुख अमित कुसवाहासँगगरिएको संक्षिप्त कुराकानी :
ल्याबहरूमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ भन्ने विरामीको जनगुनासो रहेको छ । विराटको ल्याबले कसरी विरामीलाई रिपोर्ट दिइने गरेको छ ?
– विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि बायोर्याड र आइएसओ सँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएका कारण समेत यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेको छ । विराटको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन् । धेरैमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ होला । तर, यहाँ डाक्टरले भेरिफाइ गर्छन् । हामीसँग प्याथोलोजिष्ट छन् । एक जना माइक्रोबायोलोजिष्ट सहितको ९० जनाको टिमले विराटको ‘बी क्याटेगोरी’ मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता हात पारेको छ । उच्च गुणस्तर कायम गरेकै कारण विराटको प्रयोगशालाबाट वार्षिक हजारौँले सेवा लिने गरेका छन् । विराटले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरुले सायदै गरेका होलान । यही कारण पनि हामीले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ । सेवाग्राहीको फिडब्याक पनि राम्रो छ ।
धरैका ल्याबको रिपोर्ट फरक–फरक आउने गरेको छ । विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले क्वालिटी कन्ट्रोल कसरी गरेको छ ?
– विराट नर्सिङ होमको ल्याबले सरकारले तोकेको मापदण्ड पुरा गरेको छ । यस बाहेक हामीले अन्तर्राष्ट्रिय मापदण्ड पनि पुरा गरेर प्रयोगशाला संचालनमा ल्याएका छौं । पर्याप्त र फराकिलो ठाउँ हुनुपर्ने, अनुकूल वातावरणमा मसिनहरु राख्नुपर्नेजस्ता सामान्य मापदण्ड पनि पूरा नगर्ने ठाउँमा ल्याब परीक्षण गर्न जाँदा सही रिपोर्ट नआउनसक्छ । आईएसओले बनाएको मापदण्डअनुसार विराटको ल्याब्रोटोरीमा काम हुन्छ । प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना क्वालिटी कन्ट्रोल र जाँचको काम हुन्छ । हाम्रा मसिनले निकालेको भ्यालू ठीक छ वा छैन भनेर प्रत्येक दिन जाँच गरेर हेर्छौँ । यो क्रममा कुनै मसिनले ठीक भ्यालु निकालेको छैन भने पहिला नै थाहा हुन्छ । डेटामा पनि उत्तिकै काम हुन्छ ।
इन्टरनलसँगै एक्सटर्नल क्वालिटी कन्ट्रोलको काम पनि हुन्छ । त्योचाहिँ प्रत्येक महिना हुन्छ । एक्सटर्नल क्वालिटी कन्ट्रोल (अमेरिकाको बायोर्याड) प्रत्येक महिना स्याम्पल पठाउँछ । त्यसलाई हामीले मसिनमा रन गर्छौँ, डेटा अनलाइनबाट सबमिट गर्छौँ । नेपालका धेरै ल्याबहरुबाट उत्पादन भएको डेटा समेत राखेर थर्ड पार्टीले मिन भ्यालु निकाल्छ । मेरो रिजल्ट अरुसँग कत्तिको फरक आयो भन्ने कुरा समेत हेरेर गुणस्तरीयता कायम गरिन्छ । एक्सटर्नल र इन्टरनल क्वालिटी कन्ट्रोलपछि मात्रै ल्याब रिपोर्ट बिरामीको हातमा पुग्ने गर्छ । कुनै रिपोर्टमा केही अस्वाभाविक जस्तो देखियो भने त्यसको अलग्गै म्यानुअल जाँच हुने गरेको छ । मेसिनले दिएको भ्यालू हरदम चेक भइरहन्छ । यसकारण समेत हामीले लामो समयदेखि लगातार गुणस्तरीयता पूर्ण रुपमा कायम गराउने सफलता पाइरहेका छौँ ।
ल्याबमा नमूना परीक्षणको लागि कस्तो उपकरणहरू रहेको छ ?
– विराटनगरको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु अन्तर्राष्ट्रिय स्तरका रहेका छन् । मसिन ल्याउनेबित्तिकै त्यसलाई चलाएर त्यहाँबाट आउने रिपोर्ट बिरामीलाई दिइन्न । मसिनलाई समेत केही दिनसम्म ट्रायलमा राखेर हेरिन्छ । केही प्यारामिटर्सहरु पूरा गरिन्छ र हामी ढुक्क भएपछि मात्र त्यसलाई पूर्ण सञ्चालनमा ल्याई रिपोर्टहरु बनाउन थाल्छौँ । क्वालिटी कन्ट्रोलका प्यारामिटरहरु पास नभएसम्म हामी रिपोर्ट नै दिँदैनौँ । प्याथोलोजीको सम्पूर्ण सेवाहरु छन् । गुणस्तरीय सेवा दिने अल्ट्रासाउण्ड र इको, रहेको छ । ब्रेस्ट क्यान्सर पत्ता लगाउने म्यामोग्राफी पनि यहाँ रहेको छ । त्यसको लागि हामीले नयाँ मेसिन ल्याएको छ । ६४ स्लाइस सिटी स्क्यान, १.५ टेस्लाको एमआरआइ, डिजिटल ए–क्सरे रहेको छ । ओपीजि र सेफ्लोमेट्रि उपकरण पनि आएको छ । यस्तै इसिजी, इइजी, इन्डोस्कोपी, कोलोनोस्कोपी, टिएमटी, एफएनएसीलगायतका उपकरणहरुबाट सेवा प्रदान गरिदै आएको छ । बोनडेनसिटी मेसिन पनि ल्याउने तयारी गरिएको छ ।
सेम्पल कलेक्सनको लागि संङ्कलन केन्द्र स्थापना गर्नुभयो । कहासम्म विस्तार गर्ने योजनामा हुनुहुन्छ ?
– बिरामीलाई स्थानीय स्थरमा घरमै बसेमा विराट नर्सिङ होमभित्रको ल्याब सेवा दिने उद्देश्यले रगत संकलन केन्द्र स्थापना भएको हो । अहिले सुनसरीको इनरुवामा रगत सङ्कलन केन्द्र स्थापना भएको छ । विस्तारै सुनसरीको इटहरी, धरान, झापा र सप्तरीहुँदै कोशी प्रदेशभरी विस्तार गर्ने योजना रहेको छ । विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याबले आधिकारिक रूपमा सङ्कलन केन्द्रहरू स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा बिरामीले रगत दिएपछि त्यो स्याम्पल कलेक्सन विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट सङ्कलन केन्द्रमा पनि जान्छ । बिरामीको सहजताको लागि हामीले रिपोट वाटसप र अनलाइनमा पनि राख्ने गरेका छौँ । सङ्कलन केन्द्रसम्म आउन नसक्ने बिरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि स्याम्पल सङ्कलन गर्ने गरिएको छ । विराट नर्सिङ होमको तीन किलोमिटर वरीपरि सेम्पल कलेक्सन घरमै पुगेर दिने गरेका छौं ।
विराटनगर । विराटनगर – ३ मा रहेको विराट शिक्षा कलेजको प्रिन्सिपलमा डा. आशिष गुप्ता नियुक्त भएका छन् । डाक्टर गुप्तालाई कलेजको बोर्ड बैठकले प्रिन्सिपलमा नियुक्त गरेको हो । नवनियुक्त प्रिन्सिपल गुप्ताले गुणस्तरीय शिक्षा प्रदान गरी...
जनकपुरधाम, २२ साउन-प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइस (कोभिड-१९) पोजिटिभ देखिएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ देखिएको हो । उनलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा...
काठमाडौं, चैत ५–विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न उपत्यकाका प्रहरीलाई सर्जिकल मास्क अनिवार्य गरेको छ । सो मास्क महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मातहतका प्रहरी कर्मचारीलाई उपलब्ध गराउने भएको हो । उपत्यकाका ३ जिल्लामा करिब...
विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता आइतबारदेखि विराटनगरमा शुरु हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको ऐतिहासिक जुट मिल खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल...
काठमाडौं, असार ७ । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई अकैध घोषणा र कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...
विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित प्रहरीले कार बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) भुटहाले नेपाल भारत सीमा क्षेत्रदेखि तस्करीको ६५ केजी गाँजा बरामद गरेको हो । गाँजा लोड...
लकडाउन पालना गराउन प्रहरीलाई सकस परेपछि रूपन्देहीकाे भैरहवामा सेनालाई सडकमा निकालिएकाे छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुसार प्रहरीको अनुरोध अटेर गर्दै स्थानीय बासिन्दाले लकडाउनकाे अवज्ञा गर्ने क्रम बढेपछि सेना परिचालन गरिएको हाे । नेपाल प्रहरीले...
विराटनगर । संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुपमा परिचित बनेको विराटनगर– ९ मा रहेको शिक्षादीप कलेजले यस वर्ष पनि उत्कृष्ट नतिजा ल्याएको छ ।...