कोशी प्रदेशका सांसदलाई बिद्युतीय चुलो

 न्यूज विराट
कोशी प्रदेशका सांसदलाई बिद्युतीय चुलो

विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूलाई चुलो वितरण गरिएको छ । जनतालाई विद्युतको खपत बढाउन भन्दै प्रदेशसभा सदस्यलाई चुलो वितरण गरिएको हो । प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र विद्युत खपत बढाउन सहयोग पुग्ने भन्दै गत आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

चुलो बुझ्नेमा पुर्व मन्त्रीहरु समेत रहेका छन । ​ शुक्रवार सम्ममा १८ जना प्रदेश सभा सदस्यले चुलो लगिसकेको संसद सचिवालयले जनाएको छ । प्रदेशसभा सदस्य इन्दिरा थापाले भने चुलो प्रदेशसभा सचिवालयमा नै फिर्ता गरेकी छिन् ।चुलो वितरण गर्न थालेपछि सत्तारुढ दलकै सांसदहरूले यसको विरोध गरेका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले भ्रष्ट्राचार र कमिसन मिलाई–मिलाई खानका लागि चुलो खरिद गरिएको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘हा छ्या छ्या छ्या । फट्याङ्ग्रा राखेर थापेको बल्छीमा माछा परे जस्तो । हामीले राजनीति गरेको, नागरिकहरूले हामीलाई जनप्रतिनिधि बनाएर पठाएको खाना पकाउन चुलो किन्न नसकेर वा सकेन भनेर हो रु भ्रष्ट्राचार र कमिसन मिलाई–मिलाई खानका लागि हो रु हैन भने नेकपा एमालेको नेतृत्वमा रहेको तत्कालीन कोशी प्रदेश सरकार सिँचाइ, खानेपानी तथा ऊर्जा मन्त्रालयले प्रदेशसभा सदस्य र कर्मचारीलाई वितरण गर्न खरिद गरेको ६ सय १३ थान इन्डक्सन चुलो किन सचिवालयबाट धमाधम सांसदहरूले बुझिरहेका छौं रु’

राजेन्द्र राई नेतृत्वको सरकारले ग्यास चुलो विस्थापित गर्न भन्दै १ करोड रुपैयाँ विनियोजन गरेको थियो । ग्यास प्रतिस्थापन र विद्युत खपत बढाउन सहयोग पुग्ने भन्दै आर्थिक वर्ष २०७९ र८० मा प्रदेश सरकारले १ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

त्यति बेला रामकुमार राई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री थिए । कार्यान्वयन भने हिकमतकुमार कार्की नेतृत्वको सरकारले गरेको थियो । राई अहिले प्रतिनिधिसभा सदस्य छन् । कार्की नेतृत्वको सरकारमा भने तिलकुमार मेनाङवो मन्त्री थिए ।

मेनाङवोले प्रदेशसभा सदस्यलाई वितरण गर्ने गरी मन्त्री स्तरीय निर्णय गरेका थिए । ‘माननीय तिलकुमार मन्त्रीज्यू मन्त्री हुनु भएका बेला मन्त्री स्तरीय निर्णय गर्नु भएको रहेछ,’ मन्त्रालयका सचिव अरुणकुमार झाले भने ‘म पनि नयाँ भएकाले सबै जानकारी छैन ।’ रातो बुकमा भने मन्त्रालय÷कार्यालयमा सुधारिएको चुलो वितरण कार्यक्रम शीर्षकमा बजेट विनियोजन गरिएको थियो । मन्त्रालय तथा सरकारकी कार्यलयका क्यान्टीनहरुमा बिद्युतिय चुलो प्रयोग गर्ने गरी तत्कालिन कोशी प्रदेश सरकारले यस्तो खालको योजना ल्याएको थियो ।

चुलाहरू मन्त्री सांसददेखि अधिकृत स्तरका कर्मचारीहरूले मात्रै पाएका छन । सांसदहरू जनतासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूबाट जनताले चुलो प्रयोग गरेर बिजुलीको खपत बढाउन सकिने रहेछ भनेर वितरण गरिएको सचिव झाको दाबी रहेको छ ।

बोलपत्रमार्फत डबल पोर्ट वाला चुलो खरिद गरिएको मन्त्रालयले जनाएको छ । ९५ लाख रुपैयाँमा बोलपत्र स्वीकृत भएको जनाइएको छ । भ्याट बाहेक प्रति चुलो १३ हजार ४ सय ५० रुपैयाँका दरले खरिद गरेको मन्त्रालयका सूचना अधिकारी राजेन्द्र माझीले बताए ।

पहिलोपटक निकालिएको सूचना रद्द भएपछि पुनः सूचना निकालेर खरिद गरिएको थियो । तीन वटा फर्मले सूचना हाले पनि मापदण्डअनुसार नभएको भन्दै मन्त्रालयले टेन्डर खारेज भएको माझीले बताए ।

दोस्रोपटक सूचना जारी गर्दा इस्पार्क इन कर्पोरेसन प्रालिले ठेक्का पाएको थियो ।

२०७९ असोज ९ गते पहिलो सूचना आह्वान गरिएको थियो ।

२०७९ मंसिर ११ गते दोस्रोपटक सूचना प्रकाशन गरिएको थियो । प्रदेशसभा सदस्यलाई ८८ वटा र प्रदेशसभा सचिवालयलाई ३१ वटा चुलो मन्त्रालयले पठाएको छ । प्रदेशसभा सदयलाई सचिवालयले चुलो दिने गरेको छ ।

उक्त चुल्हो एकैपटक दुईवटै बाल्दा ३५ सय वाटसम्म बिजुली आवश्यक पर्ने जनाइएको छ । युरोपियन मापदण्डको चिनियाँ कम्पनीले उत्पादन गरेको चुलो वितरण गरिएको हो ।

बहालवाला मन्त्री प्रदीपकुमार सुनुवारले भने चुलो वितरणको निर्णय अघिल्लो सरकारले गरेको बताएका छन् ।

अघिल्लो सरकारले ल्यापटप वितरण गर्ने तयारीसमेत गरेको थियो । तर चर्को विरोध भएपछि चुलो वितरण गरिएको हो ।

सम्बन्धित समाचार

भारतबाट मिचिएको भूमि फिर्ता माग गर्दै डा. केसीद्वारा २ दिने सत्याग्रहको घोषणा

काठमाडौं, १२ जेठ-डाक्टर गोवन्द केसीले जेठ २० गतेदेखि दार्चुलामा २ दिने सत्याग्रह गर्ने घोषणा गरेका छन् । केसीले त्यहाँका जनताको पीडाबारे राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको...

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाअभियोग

काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध आज संसद सचिवालयमा महाअभियोग माथि ९८ जना सांसदद्धारा हस्ताक्षतिर प्रस्तावदर्ता गरिएको हो । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध...

बागलुङ अस्पतालमा उपचाररत युवतीको पाँचौँ पटकको रिपोर्टमा देखिएन कोरोना

पोखरा, ११ वैशाख -कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी १९ वर्षीया युवतीको स्वाब परीक्षणमा नेगेटिभ रिपाेर्ट आएको छ । उनको पाँचौँ पटकको स्वाब परीक्षणका क्रममा नेगेटिभ रिपाेर्ट आएको हो । उनको पाँचौँ पीपीसीआर रिपार्ट...

अजय राज हस्पिटलमा विशेषज्ञ सेवा, ल्याबमा २५ प्रतिशतसम्म छुट

विराटनगर । सुनसरीको इनरुवामा रहेको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा विशेषज्ञ चिकित्सकहरुबाट उपचार हुने गरेको छ ।विशेषज्ञ चिकित्सकहरूबाट हस्पिटलमा आएका विरामीहरुको भरपर्दो उपचार हुने गरेको अस्पतालले जनाएको छ ।अस्पतालमा दुई हप्तासम्म ल्याबमा छुट...

मााओवादीको प्रदेश १ सम्मेलन विराट चौकमा हुँदै

विराटनगर, २२ मंसिर । माओवादी केन्द्रले प्रदेश अधिवेशनको तयारी तीब्र पारेको छ । माओवादी केन्द्रले आगामी २५ मंसिरमा मोरङको विराटचौकमा प्रदेश अधिवेशन गर्दै छ । त्यसका लागि तयारी तीब्र पारिएको माओवादी केन्द्र प्रदेश १ का...

माओवादी केन्द्र विराटनगरको नेतृत्व चयनका लागि मतगणना सुरु

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर समितिको नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानपछि मतगणना सुरु भएको छ। निर्वाचन कार्यालयका अनुसार साँझ ४ बजेबाट मतगणना प्रक्रिया औपचारिक रूपमा थालिएको हो। आज दिउँसो १ बजेदेखि...

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

ताप्लेजुङ, ३० भदौ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको थियो ।...

आज र भाेलि यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २३ भदौ-आज र भोलि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेका सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार आज प्रदेश-१, प्रदेश-२, बागमती, गण्डकी प्रदेश र प्रदेश-५ का १/२ स्थानमा भारी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्