विराटनगरमा टेबलटेनिस प्रतियोगिता, तीन स्कुल फाइनलमा
बिहिबार, २५ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको फाइनलमा विराटनगरको तीन वटा स्कुल पुगेको छ । विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगिताको पाmइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका हुन् ।
गल्र्स सिंगलतर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेलले श्री श्री रविशंकर स्कुलकी सिम्रन सुवेदीलाई ११–२, ११–१ र १–११ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । श्री श्री रविशंकर स्कुलकी स्वाती साहले सेन्टमेरिजकी स्वर्णिमा बुढाथोकीलाई ११–५, ११–३ र ११–४ को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।
त्यस्तै, ब्वाइज सिंगलतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डेले श्री श्री रविशंकरका सक्षम बस्नेतलाई ६–११, ११–६, ११–५ र ११–७ स्कोरले पराजित गर्दै फाइनलमा पुगे । लिलिपुट स्कुलका श्रीजल प्याकुरेलले सगरमाथाका अभिषेक मुखियालाई ११–८, ११–५, ११–३ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरे ।
प्रतियोगिताको फाइनल खेल तथा क्याडेट ब्वाइज र गल्र्सका खेलहरु शुक्रबार हुनेछ । विराटनगरका १६ वटा निजी विद्यालयका १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएको क्लबका अध्यक्ष विकेन थापाले जानकारी दिए ।
विराटनगर । प्रदेश १ को १४ जिल्लामा ५ हजार १ सय ३१ वटा सामुदायिक विद्यालयहरू रहेको मध्ये २७ वटा सर्वोउत्कृष्ट सामुदायिक विद्यालय रहेको पाइएको छ । प्रदेश १ सरकारले बनाएको मापदण्ड (सुचक) पुरा गर्ने प्रदेशमा...
काठमाडौं, बैशाख ३० । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका चारै जना नेताको कार्वाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गर्दै नेता नेपालसहित भीम रावल,...
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले अहिले देखिएका नयाँ प्रजातीका भाइरस बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने देखिएकाले थप सचेतता अपनाउन आग्रह गरेको छ ।...
कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएको र नेपालमासमेत बढेको सन्दर्भमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल 'कोमविसाप' गठन गरिएको छ । समाजका सबै क्षेत्रका व्यक्तिहरूलाई प्रतिनिधित्व गराइएको समितिले कोरोना महाव्याधीका कारण सिर्जित...
विराटनगर । इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।३ खेलको टि–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनलाई सोमबार...
आवश्यक सुरक्षा सतर्कता अपनाएर शुक्रबारदेखि उद्योगहरु सञ्चालनमा आउने भएका छन् । लकडाउन लगाएको १० दिनपछि सरकारले लकडाउनमा खुकलो नीति लगाएको छ । शुक्रबारदेखि उद्योग सञ्चालनमा प्रशासनले अवरोध नगर्ने भएको छ । विशेष गरी खाद्य र औषधि...
एजेन्सी, बैशाख २६-महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलगाडीले रेलको लिकमा आराम गरिरहेका प्रवासी मजदूरहरुको एक समूहलाई शुक्रबार बिहान ठक्कर दिँदा १६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका...