विराटनगरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा व्यापार मेला सुरु
शुक्रबार, १९ साउन, २०८०,
न्यूज विराट
विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले व्यापार मेला आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ आयोजना गरेको हो ।
मेलामा ५० भन्दा बढी स्टल रहेका छन् । उक्त मेलाको विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् ।
मेलामा महिलाहरुद्वारा उत्पादीत मौलिक र सृजनात्मक सामाग्रीहरुको प्रदर्शन र बिक्रि वितरण गरिने रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष कुसुम अग्रवालले जानकारी दिइन् । उनले महिलाहरुको सृजनालाई घरमै सीमित हुन नदिन र उनीरुको शिप प्रवद्र्धनका लागि मेला आयोजना गरिएको बताइन् ।
अध्यक्ष अग्रवालले १३ वर्ष अघि एउटा कोठाबाट सुरु गरिएको मेला हाल व्यापकरुपमा विस्तार गरिएकोसमेत बताइन् ।
मेलामा लत्ताकपडा, श्रृङ्गारका सामाग्री, गरगहना, खाद्यान्न, विभिन्न प्रकारका खेलहरु, पासाकलगायतका स्टल रहेका छन् ।
मेलामा एक महिलालाई प्रोत्साहन गर्नका लागि निःशुल्क स्टल दिइएको र रोटरी क्लबले गर्ने सामाजिक कार्यहरुबारे जानकारी दिनका लागि स्टल राखिएको क्लबकी पब्लिक इमेज चेयर पुनम राठीले जानकारी दिइन् ।
मेलाको अन्तिम दिन शनिबार साँझ जनचेतनाका लागि ‘मोबाइलको एडिक्सन’ को विषयमा नाटकसमेत प्रदर्शन गरिने छ ।
कैलाली, २६ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल कोरोनामुक्त भएको छ । आज निको हुन बाँकी रहेका १ महिला डिस्चार्ज भएसँगै सेती अस्पताल कोरोनामुक्त भएको हो । शुक्रबार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला...
काठमाडौं, ११ कात्तिक-गत २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो...
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव २०८१ आयोजना गर्ने भएको छ। विराटनगर स्थित बोर्ड कार्यालयमा शुक्रबार बसेको बोर्डको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गते सम्म खेल महोत्सव...
एजेन्सी, असार ८-सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरुबाट सिरियामै बालबच्चा जन्मिएका थिए ।...
विराटनगर, ९ साउन–प्रदेश १ सरकारलाई स्वीस सरकारले दुईवटा अत्याधुनिक पीसीआर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश १ का मुख्यमन्त्रस शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई करिव ९० लाख बराबरको...
विराटनगर, ६ माघ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । बिहीबार सामाजिक विकासमन्त्री जयराम यादवको अध्यक्षमा बसेको बैठकले कोरोना संक्रमितहरू बढ्दो क्रममा...
विराटनगर, १९ साउन । रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिएको छ । क्लबले स्वच्छ वातावरणका लागि सुरु गरेको बृक्षारोपण कार्यक्रम अन्तर्गत दोस्रो चरणमा विभिन्न स्थानमा बृक्षारोपण गरेको हो । क्लबले उद्योग...
विराटनगर, ८ असार । गाउँपालिका अध्यक्षका छोराले ग्रामथान गाउँपालिको गाडी तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले गाउँपालिकाकै गाडी तोडफोड गरेका हुन् । सो गाडी अध्यक्ष गच्छदारले प्रयोग गर्दै आएका थिए ।...