मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदै, २ लाख ८५ हजार बालबालिकालाई लगाउने लक्ष्य

 न्यूज विराट
मोरङमा दादुरा–रुबेला खोप अभियान सुरु हुँदै, २ लाख ८५ हजार बालबालिकालाई लगाउने लक्ष्य

विराटनगर । मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।
साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा २ लाख ८५ हजार ८७७ जना बालवालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । मोरङमा ६ महिनादेखि ५९ महिनासम्मका ८५ हजार ६३ जना, ५ वर्ष देखि १४ वर्षसम्मका २ लाख ८ हजार १४ जना बालवालिकाहरुलाई खोप लगाउने लक्ष्य रहेको उनले बताए । १ हजार ७३ खोप केन्द्रमा २ हजार ४३४ स्वास्थ्यकर्मीले बालवालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप दिनेछन् ।
‘२५० जना सम्म बालवालिकाहरुको लागि १ वटा खोप केन्द्र तोकिएको छ,’ उनले भने, ‘एउटा खोप केन्द्रमा २ जना स्वासथ्य कर्मी र २ जना स्वयंसेवक हुनेछन् । चार दिनको अभियानपछि विराटनगर महानगरपालिकामा दादुरा रुबेला खोप अभियान भदौ ११ देखि १५ गतेसम्म संचालन हुनेछ ।

सरकारको सन २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्य रहेको छ । ९५ प्रतिशत सबै क्षेत्रमा दादुरा रुबेला खोप पु¥याउन यो रोगबाट बालवालिकाहरुलाई जोगाउन सकिने उनले बताए ।

‘खोप पूर्णरुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु’, उनले भने, ‘यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।’

सम्बन्धित समाचार

फोनिजको छैटौं पूर्ण बैठक : कोशी नाम खारेजलगायत १३ बुँदे घोषणापत्र जारी

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको छैटौं बैठकले १३ बुँदे घोषणापत्र जारी गरेको छ । विराटनगरमा सम्पन्न उक्त बैठकले प्रदेश १ को नामकरण पहिचान, ऐतिहासिक पृष्ठभूमिलगायतलाई नामटे गरी कोशी नामकरण गरिएको...

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, पीसीआर परीक्षण हुँदै

पोखरा, २१ असार-बागलुङमा क्वारेन्टाइनमा बसेका एक युवाको मृत्यु भएको छ । बागलुङस्थित ढोरपाटन नगरपालिका–४ को क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको हो । निसिखोला गाउँपालिका–२ देविस्थान घर भएका २९ वर्षका युवा फोक्सोमा समस्या देखिएपछि भारतबाट उचपार...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धिपछि काठमाडौंको लागि...

रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम

विराटनगर, २२ माघ । मोरङको रंगेलीमा रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृति तालिम सम्पन्न भएको छ । रंगेली नगरपालिकाको आयोजनामा सञ्चालित न्यायीक समितिका पदाधिकारी र मेलमिलाप केन्दका संयोजकहरुको दुई दिने क्षमता अभिबृद्धि तालिम...

मोरङ–३ मा पूर्वमन्त्री ढकाल र शर्माबिच चुनावी भिडन्त पक्का

विराटनगर, १९ भदौ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनिल शर्माबिच प्रतिष्पर्धा हुने पक्का भएको छ । सो क्षेत्रबाट एमालेले ढकाल र शर्मालाई...

नारायणहिटीमा श्रीपेच चोर्न खोज्ने पक्राउ

काठमाडौं, ८ असोज । रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका...

अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा विराटनगरमा प्रभातफेरी

विराटनगर । नेपाल नर्सिङ संघ मोरङले सोमबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। विराटनगरमा सोमबार विविद्य कार्यक्रम आयोजना गरी नर्सिङ दिवस मनाएको हो ।कोशी अस्पतालबाट सुरु भएको प्रभातफेरीले सिडिओ अफिस चोक, गोल्छा चोक,...

देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसको जित

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदाता रहेको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अन्तिम मत परिणामअनुसार अध्यक्षमा ईन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्