मोरङको कटहरीमा डुबेर एक जना बालकको मृत्यु

 न्यूज विराट
मोरङको कटहरीमा डुबेर एक जना बालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको खोलामा डुबेर आज विहान मृत्यु भएको हो ।

प्रेमकुमार नुहाउन भनेर बिहान ६ : १० बजेतिर खोलामा छिरेका थिए । स्थानीयको सहयोग लिँदै प्रहरीले डुबिरहेको घाइते अवस्थामा उनको उद्धार गरेको थियो । प्रहरी चौकी कटहरीबाट गएको टोलीले उद्धार गरेर उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा बालकको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित समाचार

सकियो तीन महिने ब्युटिसियन तालिम, आत्मनिर्भर बन्ने महिलाहरूको प्रण

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजिकरण...

ग्यास सिलिण्डर पड्किएर गुल्मीमा आगलागी, छोराको मृत्यु, बुबाआमा घाइते

बुटवल, ८ वैशाख-गुल्मीको चन्द्रकोट गाउँपालिकामा सोमबार दिउँसो भएको आगलागीमा १ जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिका- ४, शान्तिपुर बसपार्कस्थित पूर्णबहादुर खनालको घरमा आगलागी भएको हो । आगलागीबाट पूर्णबहादुरका कान्छा छोरा १६ वर्षीय समिर खनालको...

ऋचा मेमोरियल टी–२० क्रिकेट : दिल्लीलाई हराउँदै नेपाल पुलिसको सानदार जित

विराटनगर । विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न...

विराटनगर १० लाई महानगर स्तरीय आईटीएफ तेक्वान्दोको उपाधि

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि विराटनगर–१० ले जितेको छ ।कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीले आयोजना सम्पन्न भएको प्रतियोगितामा विराटनगर १० ले ११ स्वर्ण, ८ रजत...

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौँ, १८ पुस-राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक...

विराटनगरमा ४२ सहित प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

विराटनगर, ८ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

दैनिक पत्रिकाको छापा संस्करण बन्द गर्न मिडिया सोसाइटीको आह्वान

नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ । विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान...

कोशी कोभिड अस्पतालमा धनपालथानका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २० भदौ–विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङको धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको शनिबार विहान ११ बजे मृत्यु भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्