व्यापारीको बदमासी, पाँच किलो ‘जुनेली’ चनामा २५० ग्राम ढुङ्गा र माटो भेटियो
आइतबार, १४ साउन, २०८०,
न्यूज विराट
विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ ।
उपभोक्ताबाट जनगुनासो आएपछि विराटनगरको खाद्य पसलमा आइतबार गरेको अनुगमनको क्रममा सिल प्याक चनाको बोरामा ढुङ्गा र माटो भेटिएको हो ।
विराटनगर महानगरपालिकाको नेतृत्वमा विराटनगर ९ स्थित मेन रोडमा रहेको अशोक कुमार एन्ड सन्स खाद्यको होलसेल पसलमा गरेको अनुगमनको क्रममा जुनेली नामको चनाको सिल प्याक बोरामा चनाजस्तै देखिने माटोको ढल्ला र ढुङ्गा भेटिएको विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले जानकारी दिए । ‘होटेलमा खाजा खान गएका उपभोक्ताहरूबाट खाजा खाने क्रममा पाएको चनामा ढुङ्गा भेटिएको छ । त्यसपछि हामीलाई गुनासो गर्नुभयो । खाद्य प्राविधिकसहितको टोली लिएर चना खरिद गरेर ल्याएको खुद्रा पसलमा सुरुमा अनुगमन गरियो । त्यसपछि होलसेल पसल अशोक कुमार एन्ड सन्समा बिक्रीमा राखिएको चनाको बोरा खोलेर हेर्दा मुनि तीर चनाजस्तै देखिने माटो र मसिनो ढुङ्गा पनि भेटियो,’ अनुगमनको नेतृत्व गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेलले भने, ‘पाँच केजी चनामा एक पावा २५० ग्राम चनाजस्तै देखिने माटोको ढल्ला र मसिना ढुङ्गाहरू भेटिएको छ ।’
अशोक कुमार एन्ड सन्स खाद्यको होलसेल पसलले विराटनगर–१ मा रहेको मा सिता इन्टरप्राइजेजबाट चना खरिद गरेर ल्याएको पाइएको छ । त्यसपछि मा सीता इन्टरप्राइजेज पनि अनुगमन गरिएको थियो । अनुगमन गर्ने क्रममा इन्टरप्राइजेजको गोदाममा २३ बोरा ‘जुनेली’ नामको चना भेटिएको छ । ‘हामीले शिलप्याक बोराबाट ‘जुनेली’ नामको चनाको नमुना सङ्कलन गरी ल्याब परीक्षणको लागि पठाएको छौँ,’ उनले भने, ‘अहिले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पढाएका छौँ । केही दिनभित्रमा रिपोट आउनेछ । खान योग्य भए नभएको पत्ता लाग्नेछ ।’ रिपोर्ट आएपछि थप कारबाहीको प्रक्रिया अगाडी बढ्ने उनले बताए ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप लगाएको खोपकार्ड अनिवार्य गरेको विरोधमा सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सबिन पोखरेलले नेपाल सरकार मन्त्रिपरिषद्...
विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा अर्किड र सरस्वती स्कुल विजयी हुँदै फाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा अर्किड स्कुलले न्यू...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालकाे परराष्ट्र...
विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...
काठमाडौं, ८ भदौ । भौतिकरुपमा परीक्षा लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोरोनाविरुद्धको लगाएर परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् संक्रमणको...
विराटनगर, साउन ९–प्रदेश १ सरकारले उद्योगका प्रकृति अनुशारको जनशक्ति उत्पादन गर्ने भएको छ । रोजगारीका नाममा दिने गरिएका तालिम, प्रशिक्षण प्रभावकारी नभएपछि प्रदेश १ सरकारले रोजगारदातासँग छलफल गर्दै उनीहरुका लागि आवस्यक जनशक्ति तयार गर्ने तयारी...
विराटनगर, असार १-प्रदेश १ ले ४० अर्ब ८० करोडको बजेट विनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले सोमबार प्रदेशसभामा चालू वर्षको तुलनामा करिब २ अर्ब बजेट घटाएर प्रस्तुत गरेका हुन् ।...
विराटनगर, ६ भदौ । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष जयनरथ गिरी सहित ७ सय ४५ जना नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । जहदा गाउँपालिका–२ स्थित...