विराटनगर ८ मा डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरु
आइतबार, १४ साउन, २०८०,
न्यूज विराट
विराटनगर । प्रकोपको रुपमा डेङ्गी रोग फैलिन थालेपछि विराटनगर महानगरपालिकाले रोग लाग्न नदिन सावधानी अपनाउन थालेको छ । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रणका लागि अभियान शुरुवात गरेको छ । अभियान अन्र्तगत वडा कार्यालयले आज खोज र नष्ट कार्यक्रम सम्वन्धि अभिमुखीकरण गरेको हो ।
डेङ्गी रोग नियन्त्रणका लागि वडा कार्यालयको नेतृत्वमा विद्यालय, टोल संगठन, सहकारी संस्थाका शेयर सदस्यहरु मार्फत अभियानलाई घर–घरमा पुर्याइने भएको छ ।
डेङ्गी रोगको सम्भावित महामारीको तयारी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट अभियान अन्र्तगत टोल संगठनका प्रतिनिधि, सहकारी संस्थाका प्रतिनिधिहरु, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, वडाका सरोकारवाला व्यक्तिहरु, महिला स्वयंसेविका, स्वास्थ्यकर्मीहरुका लागि आज एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि र वडाका स्वास्थ्यकर्मीहरुले डेङ्गी रोग र यसका रोकथामका उपायहरुबारे सचेतना दिनु भएको थियो । विराटनगर ८ का विद्यालयहरुमा सचेतना कार्यक्रम सञ्चालन तथा टोल संगठनहरुसँग समन्वय गरी टोल–टोलमा डेङ्गी खोज तथा नष्ट अभियान सञ्चालन गरिने वडाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार विराटनगर ८ मा हालसम्म डेङ्गी रोगबाट कुनैपनि व्यक्ति संक्रमित भएका छैनन् ।
नेकपा एमाले माधवकुमार नेपाल पक्षका सांसद हिराचन्द्र केसीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । दाङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद केसीले जनताले ५ वर्षका लागि सांसद बनाएकाले बीचमै राजीनामा दिएर भाग्नु जनतामाथिको...
विराटनगर । कैलालीको टीकापुर नगरपालिकाको न्यायिक समितिले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ । नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक खडकबहादुर शाहको नेतृत्वमा आएको टोलीले महानगरको भ्रमण गरेको हो । टोलीलाई महानगरका...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ ।एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ । मतदातालाई...
विराटनगर । नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवमा पुनर्बहाली भएका छन् ।उच्च अदालत विराटनगरले सोमबार उनलाई बखास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय बदर गरिदिएपछि बस्नेत खेलकुद बोर्डको सदस्य सचिवमा...
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको हो । समितिलाई अध्ययन गरेर प्रतिवेदन बुझाउन १५ दिनको...
विराटनगर, १३ भदौ । संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक पारित हुनुपर्ने माग राख्दै नागरिकता पिडित संघर्ष समिति मोरङले विराटनगरमा प्रर्दशन गरेको छ । आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई ज्ञापन पत्र बुझाउँदै समितिले...
काठमाडौं, २८ माघ । बैंक तथा वित्तीय संस्थाहरूले अब ग्राहकलाई विद्युतीय माध्यमबाट कर्जा (ऋण) दिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा (डिजिटल लेण्डिङ) सम्बन्धी मार्गदर्शन जारी गर्दै सो...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल/मट्टितेल र हवाई ईन्धन (आन्तरिक उडान) को साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । मृल्यवृद्धिसँगै काठमाडौंका लागि...