कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान
शुक्रबार, १२ साउन, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२ ) बमोजिम सरकार गठनका लागि आज आह्वान गरेका हुन् ।
सर्वोच्चले आदेश नै दिइसकेपछि नयाँ सरकार गठनको आह्वान गरिएको हो,’ प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्रकुमार श्रेष्ठले भने, ‘ प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने २ वा २ भन्दा बढि दलको समर्थन प्राप्त गरि सरकार गठनको आह्वान भएको हो ।’ श्रेष्ठले सर्वोच्चको आदेशपछि १७ गतेसम्म कसको नेतृत्वको सरकार कामचलाउ भयो भन्ने विषयमा भन्ने विषयमा भने कुनै निर्णय र आदेश नभएको बताए ।
मुख्यमन्त्रीमा उद्धव थापा नियुक्ति प्रक्रिया नै सर्वोच्चले खारेज गरेसँगै काम चलाउ सरकारको नेतृत्व कसले गर्छ भन्ने बहस जारी छ ।
उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालले बिहीबार बदर गर्ने र नयाँ सरकार गठनको लागि आदेश दिएको थियो । पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिट निवेदनमा बिहीबार सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले थापाको नियुक्ति असंवैधानिक रहेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया साउन १७ गतेसम्म थाल्न आदेश जारी गरेको हो ।
प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेर थापाले बहुमत दाबी गरेका थिए । उक्त दाबीलाई प्रदेश प्रमुख परशुराम खापुङले स्विकार्दै गत असार २१ मा मुख्यमन्त्रीमा निुयक्त गरेका थिए ।
सभामुखले सरकार निर्माण गर्ने प्रक्रियामा गरेको हस्ताक्षर अवैधानिक भएको सर्वोच्चले व्याख्या गरेको छ ।
काठमाडौं, १० असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...
सेती अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना भाइरस संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आएको छ ।कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना...
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय प्रचार विभागले ‘नवयुग’ पत्रिकाको दैनिक ई-बुलेटिन प्रकाशनलगायत कार्यक्रम अघि सारेको छ । ‘नवयुग’ एमालेकाे मुखपत्र हो । विशेष बुलेटिनमा पार्टीका शीर्षनेताका अन्तर्वार्ता, लेख, विचार, महाधिवेशनकेन्द्रित गतिविधि समेटेर महाधिवेशन...
विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी...
पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’ यस्तो समस्या एकजना एम्बुलेन्स...
विराटनगर । विराटनगर महानगरपालिका ३ स्थित खारजीमा शंकास्पद वस्तु फेला परेको छ । यातायात कार्यालय अगाडि सडकको पूर्वपट्टि टिनको बट्टामा खतरा लेखिएको वस्तु आज दिउँसो फेला परेको हो । घटना स्थललाई सुरक्षित राखिएको र नेपाली...
कोरोना भाइरसका कारण जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको द्वार सर्वसाधारणका लागि बन्द गरिएको छ । मन्दिरमा पूजा हुन्छ तर सर्वसाधारणको प्रवेश रोकिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए । दर्शनार्थीको सुरक्षाका लागि...