शिक्षादीप कलेजमा भर्ना भएका व्यवस्थापन संकायका विद्यार्थीलाई अभिमुखिकरण
बिहिबार, ११ साउन, २०८०,
न्यूज विराट
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी सबैको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजमा कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई एक दिन अभिमुखिकरण कार्यक्रम गरेको छ ।
कलेजले विराटनगरमा विहिबार एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भएका ३ सय ३० जना विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रम गरेको हो ।
नयाँ भर्ना भएका विद्यार्थीहरूलाई कलेजको बारेमा जानकारी गराउनुको साथै कलेजको नियम र कसरी पढ्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ, यस विषयमा पनि जानकारी गराएको व्यवस्थाव स्ंकायका कार्यक्रम संयोजक शंकर भट्टराई बताए ।
शिक्षादीप कलेज अब्बल शैक्षिक संस्थाको रूपमा परिचित रहेको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक, शिक्षक शिक्षिका भएर गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले शिक्षादीपमा विद्यार्थी अध्ययन गर्न लालहित हुने गरेको छ ।
शिक्षादीप कलेजले काठमाण्डौ भ्यालीबाहिरबाट पहिलो पटक नेपाल प्रथम र तृतीय भई कीर्तिमानी कायम गरेको थियो । भ्यालीबाहिर सबैभन्दा धेरै विद्यार्थी भर्ना हुने मध्येको एक कलेजको रुपमा शिक्षादीप दरिएको छ । यसअघि कलेजले कक्षा ११ मा भर्ना भएका विज्ञान संकायका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराइसकेको छ ।
कार्यक्रममा कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीपमा पढन आउने विद्यार्थीहरुले सपना बोकेर आउनुपर्ने बताए । सपना बोकेर आउने विद्यार्थीहरुले मात्र सफलता हात पार्ने बताए ।
कार्यक्रमा मुख्य निर्देशक शैलेन्द्र शिवाकोटी र निर्देशक डा. विमल श्रीवास्तबले बोलेका थिए । कार्यक्रममा कक्षा १२ का विद्यार्थीले नृत्य गरेर थप मनोरञ्जन प्रदान गरेका थिए । यस अघि कलेजेले विज्ञान संकायको श्रावण ५ गते अभिमुखिकरण कार्यक्रम गरेको थियो । विज्ञान संकायमा ८ सय ५० विद्यार्थी भर्ना गरेको छ ।
एजेन्सी, बैशाख १५-विश्वभर नै तेलको भण्डारण क्षमता समाप्त हुँदै गएको छ । कोरोना भाइरसका कारण तेलको मागमा अत्यधिक कमी तथा मूल्यमा गिरावट आइरहे पनि उत्पादन कटौती नहुँदा भण्डारण क्षमता सकिँदै गएको हो । तेल उत्पादन...
सप्तरी, २ जेठ-लुकिछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरीको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन कार्यालय...
विराटनगर । विराटनगरको २० वर्षीया किशोरीलाई जवरजस्ती करणाी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ब्यालकमेलिङ गर्दै ६ वर्षदेखि ती किशोरीलाई बलत्कार गरेको आरोपमा विराटनगर– ६ का ३० वर्षीया मो.रिजवान अन्सारी पक्राउ...
काठमाडौं, २२ साउन-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट काठमाडौंमा मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा १ जनाको मृत्यु भएको हो । ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको...
काठमाडौं, ११ जेठ-नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।...
काठमाडौं, २६ पुस-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । आज बिहान बसेको...
विराटनगर – नेपाल डेन्टल एसोसिएसनको २४ औं वार्षिक राष्ट्रिय सम्मेलन विराटनगरमा शनिबार हुने भएको छ । देशभरीको डेन्टल चिकित्सक भेला हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो...
काठमाडाैं, ६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी गुमाएका परिवारलाई राहतका प्याकेज देखाउने कुरा होइन भन्दै त्यो रहरको विषय पनि नभएको बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरूको संसदमा जवाफ...