संघीय निजामती ऐन एक महिनाभित्रै संसदमा पेश हुन्छ : मन्त्री मोदी
मङ्गलबार, ०९ साउन, २०८०,
न्यूज विराट
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले अबको एक महिनाभित्रै संघीय निजामती ऐन संसदमा पेश हुने बताएका छन् । मोरङको बेलबारीमा मंगलबार लोहन्द्र खोलाको पुल उद्घाटन गर्न आयोजित कार्यक्रममा बोल्दै मोदीले उक्त कुरा बताएका हुन् ।
‘संघीय निजामती ऐन ल्याउनका लागि म दिनरात नभनी लागेको हुँ । मन्त्री भएको तीन महिनामा विधेयकको ड्राफ्ट अर्थ र कानून मन्त्रालयमा पुगेको छ । उहाँहरुले स्वीकृत गर्नुभयो भने आउने यही महिनामा संसदमा टेबल हुँदैछ,’ मोदीले भने, ‘संघीयता मजबुत बनाउनका लागि म लागिरहेको छु । सार्वजनिक ठाउँमा भाषण गरेर, जनतालाई मनोवैज्ञानिक हिसाबमा डाइभर्ट गरेर, जनतालाई वितृष्णामा लगेर संघीयता स्थापित हुँदैन । जनतालाई निराश तिर लानु हुँदैन । संघीयतालाई कार्यान्वयन गर्नका लागि लाग्नुपर्छ ।’
उनले आफूले प्रशासनिक संघीयतालाई बलियो बनाउने गरी उक्त ऐनको ड्राफ्ट निर्माण गरेको दाबी गरे । ‘प्रशासनिक संघीयतालाई बलियो बनाउनकै लागि हामीले जबसम्म पूर्ति हुँदैन तबसम्म माथिबाटै सहसचिव प्रदेशमा पठाउने र पूर्ति भएपछि र अपग्रेड भएपछि त्यहीबाट पूर्ति हुने व्यवस्था राखेका छौँ,’ मोदीले भने, ‘स्थानीय तहमा पनि त्यही तरिकाले सोचिरहेका छौँ ।’
वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार काण्ड, सुन काण्डलगायतका विषय छानबिन गरेर जनतामा आशा जगाउने कोसिस गरेको बताउँदै मोदीले भ्रष्टाचारलाई शून्यमा झार्ने भनेर नै सरकार लागिरहेको दाबी गरे । आफ्नो नेतृत्वमा रहेको मन्त्रालय पनि त्यसैमा केन्द्रित भएको उनको भनाइ छ ।
यस्तै उनले कर्मचारी सरुवा प्रणालीमा सुधार ल्याउन कार्यदल बनाएको र सोही कार्यदलको सुझाव लागू गर्न आफूले निर्देशन दिएको बताए । ‘सरुवा लिएर काठमाडौँ तिरै बस्ने । ८० प्रतिशत पावर लगाएर काठमाडौँ बस्ने प्रवृत्ति छ । त्यसलाई रोक्न र व्यवस्थित गर्न कार्यदल गठन गरेको र उक्त कार्यदलले दिएको प्रतिवेदन लागू गर्न आफूले भनेको छु,’ मोदीले भने, ‘जहाँ कामको चाप छ त्यहाँ कर्मचारी अभाव हुने । काहीँ काम नै नपाउने र बसिराख्ने अवस्थालाई सुधारिइनुपर्छ भनेर पनि लागेको छु ।’
स्थानीय तहमा भइरहेको निमित्तको समस्या समाधानमा पनि आफू लागिरहेको उनले बताए । ‘स्थानीय तहमा निमित्तको समस्या छ । त्यसलाई अन्त्य गर्ने प्रयास गरिरहेका छौँ । बढुवा भएका उपसचिव, बढुवा भएका अधिकृतहरुलाई अनिवार्य स्थानीय तहमा पठाउने नियम लगाएको छु,’ मोदीले भने, ‘रमाना नदिएको खण्डमा, सरुवा भएका छन् वर्षौं त्यहाँ बसेका छन् । रमाना नदिएको खण्डमा हाकिमबाटै असुल उपर गर्ने भनेर चिठी पठाएका छौँ । प्रशासन सुधारका लागि केही गर्न खोजिरहेका छौँ ।’
कार्यक्रममा मोदीले आफ्नो पहलमा आफूले जितेको मोरङ क्षेत्र नम्बर ४ भित्रै पर्ने मोतिपुरको पुल निर्माण गरेको, गिधनीयाको पुल सम्पन्न हुन लागेको, पुष्पलाल चोक–विराटचोक सडक ४ लेनको बनेको, नयाँ बजारदेखि बेलबारीसम्मको सडक निर्माण सुरु भएको, भाउन्ने आमतोलाको बाटो निर्माणमा पनि आफूले पहल गरेर कालोपत्रे भएको दाबी गरे । उनले धनपाल गढीको संरक्षण गरेको पनि दाबी गरे ।
सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद प्रकाश चौधरीले वित्तीय संघीयता र प्रशासनिक संघीयता अझै कार्यान्वयन नभएको बताए । उनले प्रदेशलाई अहिलेकै जस्तो प्यारालाइसिस गरिरहने हो भने खारेज गर्दा हुने भन्दै मोदीको ध्यानाकर्षण गराए ।
‘प्रदेशलाई आर्थिक र प्रशासनिक रुपले बलियो बनाऔँ, मजबुत बनाऔँ, संघीय संसदमा पनि छलफल चलाऊँ,’ चौधरीले भने । अझै पनि स्रोत साधनमा शक्तिकेन्द्रहरुले आफ्नो क्षेत्र केन्द्रित गर्ने गरेको आरोप लगाउँदै उनले समान हिसाबले साधन स्रोतको वितरण हुनुपर्नेमा जोड दिए ।
विराटनगर । जिया भगत र प्रश्रय विष्ट ग्रेडेड सिंगिङ्ग स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित गेडेड बोर्डिङ स्कुलले बिहीबार स्कुल परिसरमा आयोजना गरेको ग्र्रेडेड सिंगिङ स्टारमा कक्षा १ देखि ५ सम्म जिया र कक्षा ६...
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको आन्तरिक पौडी प्रतियोगिता आज (शनिबार) सम्पन्न भएको छ ।उमेर समूह, दुरी र स्टाइलमा गरि १७ वटा विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् । जसमध्ये सबैभन्दा बढी साइरस मिश्रले ५...
एजेन्सी, जेठ २८-भारतमा कोरोनाभाइरसका कारण एकै दिनमा झण्डै १० हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि भएको हो । योसँगै...
काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् । यातायात व्यवसायीले साविक...
विराटनगर, ९ माघ । मोरङको रतुवामाई नगरपालिकाबाट प्रतिवन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका—८ स्थित कुखुरे डाँडाबाट स्थानीय ४५ वर्षीय कृष्ण राईलाई ४ केजी ३९० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको...
त्रिकोणात्मक टी-२० सिरिज नेपालले जितेको छ । नेपाल र नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै सिरिज जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.२ ओभर गुमाएर ९६ रन...
काठमाडौं, १६ जेठ-सरकारले भारतबाट नेपाल फर्काउन १८ भन्दा बढी नाका तोकेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन देशका विभिन्न नाकाहरूलाई आधिकारिक रूपमा तोकेको हो ।...
काठमाडौं, २ साउन-लकडाउनपछि अन्तर-बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले निरन्तरता दिएको छ । यसअघि बैंकर्स संघ र विकास बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरू बसेर यस्तो शुल्क लगाउने/नलगाउने जिम्मा बैंककै भएको निर्णय गरेको...