विराटनगर । विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोलीहानी हत्या भएको छ । धनकुटाको मुलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती खोला पुलको दक्षिणपट्टी उनको गोली हानी हत्या भएको हो ।
विराटनगर महानगरपालिका– ५ घर भएका उनले शुक्रबार जन्मदिनको दिन बिहान मन्दिर गएर पूजा गरे । परिवारका सदस्यलाई मिठाई बाँडे । बेलुका बर्थ डे मनाउने तयारी थियो । बेलुका फर्कने बताएका उनी विहान करिब साढे ११ बजे साथीसँग घुम्न निस्कीएका थिए ।
रोहित आएपछि बर्थ डे मनाउने भन्दै परिवारका सदस्य कुरेर बसेका थिए । तर उनी घर फर्कन पाएनन् । बर्थ डे मनाउन पर्खिरहेको परिवारमा मृत्युको खबर आइपुग्यो । खबर पाएपछि आफन्त भावविह्वल छन् । आमा अर्थचेत छिन् । शुक्रबार बर्थ डे को दिन साथीसँग घुम्नका लागि मुलघाट पुगेर फर्कदै गर्दा सुनसरीको इटहरी– धरान सडक खण्डको सेउती पुलको दक्षिण तर्फ चौधरीमाथि तीन जनाको समूहले गोली प्रहार गरेको थियो । बेलुका करिब साढे ५ बजे पानी खानका लागि मोटरसाइकल रोकेका बेला उनीमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भयो । उनीसँगै घुम्न गएकी साथी सामान्य घाइते छिन् ।
रोहितकी फुपु दिदी शान्ता चौधरीका अनुसार रोहित परिवारका जेठा छोरा हुन् । परिवार पाल्ने जिम्मेवारी उनी र उनको माइलो भाइसँग थियो । कान्छो भाई पढ्दैछन् । उनका अनुसार रोहित जन्मदिनको लड्डु बाडेपछि दिउँसो मोटरसाइकलमा घुम्न निस्कीएका थिए । शुक्रबार बेलुका नोबेलमै काम गर्ने काकाकी छोरी बहिनीलाई रोहितमाथि गोली प्रहार भएको खबर आयो । दाजूमाथि गोली प्रहार भएको खबर बहिनीले घरमा पुर्याइन् । घाइते भएको केही समयपछि मृत्युको खबर आयो ।
खबर पाएपछि बर्थ मनाउन पर्खिएर बसेको परिवारमा बज्रपात परेको छ । उनकी आमा जानुका अर्धचेत अवस्थामा रहेका कारण मृत्युको खबर शनिबार दिउँसो नसुनाइएको दिदी शान्ताले बताइन् ।
उनी घटनाको दोषीलाई प्रहरीले पक्राउ गर्नेमा विश्वस्त छिन् । रोहित पाँच वर्षदेखि नोबेल मेडिकल कलेजमा काम गर्छन् । उनको घर विराटनगर महानगरपालिका– ५ सम्झना चोकमा पर्छ । रोहितको हत्याको खबर पाएपछि उनको परिवार र टोल शोकमा डुबेको छ । उनका बुबा काठका मिस्त्री हुन् । उनका हजुरबुबा रामबहादुर चौधरी प्यारालाइसिसका कारण १७ वर्षदेखि ओछ्यान परेका छन् ।
शुक्रबार बेलुका सेउती पुल नजिकै मोटरसाइकल रोकेको अवस्थामा तीन जनाको समूहले उनीमाथी गोली प्रहार गरेको थियो । लुटपाटका लागि आएको समूहले गोली प्रहार गरेको प्रहरीको भनाई छ । लुटपाटपछि हत्यामा संलग्नको खोजी भइरहेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले बताए ।
काठमाडौं, १७ कात्तिक-नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही...
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, १ थान कम्प्युटर, १ थान...
विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष...
काठमाडौं, ६ माघ । लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले...
विराटनगर, ६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १...
काठमाडौं, १७ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा...
काठमाडाैं, १५ वैशाख-प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन् । अध्यादेश...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले तीन जनाको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको छ । क्लबले एक कार्यक्रमकाबिच अपाङ्गता भएका तीन जना व्यक्तिहरुको कृत्रिम खुट्टा प्रत्यारोपण गराएको हो । मोरङको रतुवामाई–२ का चकाटु हरिजन, बुढीगंगा–२...