साइकलयात्रीलाई कटपिट गर्ने आयुषलाई ज्यानमार्ने उद्योगमा मुद्दा

 न्यूज विराट
साइकलयात्रीलाई कटपिट गर्ने आयुषलाई ज्यानमार्ने उद्योगमा मुद्दा

विराटनगर । विराटनगर महानगरपालिका ६ का २७ वर्षीया पवन साहलाई राती कारबाट उत्रिएर कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीया आयुष भेटवाललाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकराी दिए ।
असार २० गते राती साढे ८ बजे विराटनगर ४ स्थित कोशी राजमार्ग दुध फारम चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकल यात्री साहलाई कुटपिट गरेका थिए । आयुषले मुक्का हान्दै कुटपिट गरेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
मुक्का हानेपछि बेहोस भएर ढलेका शाहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पु¥याईएको थियो ।
रातको समयमा कोशी राजमार्गमा गाडीबाट ओर्लिएर भेटवालले साइकल यात्रु साहलाई मुक्का हानेका थिए । उनको मुक्कापछि साह सडकमा ढलेको देखिन्छ । साह सडकमै ढलेपछि उनै भेट्वाले घिसारेर सडकको किनारमा ल्याएर छोडेका थिए ।
उनलाई घटना भएको १० घण्टामा प्रहरीले घरैबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले बताए ।

सम्बन्धित समाचार

हृदयाघात, मिर्गौला रोगीलाई काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्यसमिति) सँग सम्झौता गर्दै यस्तो सेवा...

मोरङको धनपालथानस्थित उखुबारीमा हत्या प्रकारणःथप दुई जना पक्राउ

विराटनगर, २२ माघ । मोरङको धनपालथानस्थित उखुबारी र ललितपुरको धापाखेलमा तीन जनाको हत्या गरी शव गाडेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार हत्याका मुख्य योजनाकारसहित तीन ओरोपीलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको...

प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमा

पोखरा, २६ वैशाख  -प्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ ।पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्ट मानिएको प्रदेश-५ मा पीसीआर किटको अभाव भएपछि नमुना संकलन गरी...

मोरङमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

मोरङको बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोल स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटनाबाट  १ जनाको मृत्यु भएको छ । हिजो राती पौने ९ बजे पुर्बबाट पश्चिम तर्फ जादै गरेको को ११ प ९३१३ नम्बरको मोटरसाईकलले  ठक्कर...

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश...

अब घरघरमै भत्ता, औषधि र तरकारी

झापा, ११ वैशाख-झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्‍याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी...

सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज

काठमाडौं, जेठ २८ । अस्पतालहरुको बदमासी बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्शनमा उत्रिएको छ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले मन्त्रालयमा आएको उजुरीको आधारमा लिनुभएको निर्णयअनुसार मन्त्रालयले अव सम्झौता गरेका अस्पतालले संक्रमितसँग शुल्क लिए सिधै दर्ता खारेज हुने...

प्रदेश १ मा २२ सयको परिक्षण गर्दा ८९७ संक्रमित थपिए

विराटनगर, ११ जेठ । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्