संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु - News Birat

संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु

न्यूज विराट

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् । सरकारले आज दिउँसो प्रधामन्त्रीसहित तीन जना उपस्थित भएपछि गणपूरक संख्या पुग्ने गरी अध्यादेश जारी गरेको छ ।

अध्यादेशको विरोधमा विपक्षी दलका नेता शेर बहादुर देउवा उपस्थित छैनन् । त्यस्तै सभामुख अग्नि साप्कोटा पनि अनुपस्थित रहेका छन् । बिहान बसे‍को बैठकमा सभामुख अनुपस्थित भएपछि ५ बजेका लागि बैठक सारिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles