श्रमिककाे पारिश्रमिक नबढाए आन्दोलनमा उत्रिने, जिफन्टले बुझायो श्रम कार्यालयमा ज्ञापनपत्र
आइतबार, २४ असार, २०८०,
न्यूज विराट
विराटनगर । राज्यले तोके अनुसारको श्रम ऐन अनुसारको पारिश्रमिक दिनुपर्ने माग राख्दै श्रमिकहरु आन्दोलित भएका छन् । जिफन्ट कोशी प्रदेशले श्रम ऐन कार्यन्वयन गरिनुपर्ने र राज्यले तोकेको पारिश्रमिक श्रमिकलाई दिनुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन भएको हो ।
सरकारले २०७८ साल साउन १ गतेदेखि मजदुरको पारिश्रमिक पन्ध्र हजार निर्धारण गरेको थियो । यो पारिश्रमिक कार्यन्वयनमा आउनु एकवर्ष अगाडी २०७७ सालमै निर्धारण हुनुपर्ने थियो । तर, एकवर्ष ढिलाई गरेर २०७८ सालमा मजदुरको मासिक पारिश्रमिक १५ हजार निर्धारण गरिएको हो ।
प्रत्येक दुई–दुई वर्षमा पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने नियम छ । तर, सरकारले २०७८ सालमा मजदुरको पारिश्रमिक निर्धारण गरेयता पुनरावलोकनमा ध्यान दिएको छैन । नेपाल ट्रेड यूनियन महासंघ जिफन्ट कोशी प्रदेशले आइतबार पारिश्रमिक पुनरावलोकन गरेर निर्धारण गर्न माग गर्दै श्रम तथा रोजगार कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएको छ । जिफन्टका कोशी अध्यक्ष किशोर धमलाले सरकारले मजदुरको विषयमा सोच्न नभ्याएको आरोप लगाएका छन् ।
नेपालको संविधान २०७२ को धारा ३४ को उपधारा १ र २ मा सबै श्रमिकहरुलाई उचित श्रम व्यवस्था तथा उचित पारिश्रमिक, सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षा हक हुने छ’ भनेर उल्लेख गरिएको छ । श्रम ऐन २०७४ को दफा १०७ मा हरेक दुई–दुई वषएमा श्रमिकहरुको पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । सरकारले संविधान र ऐनको प्रावधानले निर्दिष्ट गरेको काम समेत हालसम्म नगरेको जिफन्ट कोशीका अध्यक्ष धमला बताउँछन् ।
जिफन्टले सरकार तथा रोजगारदाताहरुसँग नेपाल सरकारको प्रथम श्रेणीका कर्मचारीहरुको पारिश्रमिक बराबर मजदृुरको पारिश्रमिक तोक्न माग गर्दै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख खगेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो । सरकारले १३ हजार ४०० बाट १५ हजार पु¥याएको थियो । २०७८ बाट यो कार्यन्वयनमा आएपनि त्यसपछि पारिश्रमिक निर्धारण गरिएको छैन । सरकारले उत्पादकत्वका आधारमा पारिश्रमिक बृद्धि गर्दछ । मजदुरले समेत यसैलाई आधार बनाएर सौदाबाजी गर्ने गर्दछन् ।
श्रम ऐन २०७४ अनुसार प्रत्येक दुई वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्छ। समितिमा सर्वसम्मति कायम हुन नसकेर पारिश्रमिक सिफारिस गर्न नसके मन्त्रालयले निर्धारण गर्ने व्यवस्था छ। निर्धारित पारिश्रमिक मन्त्रालयले राजपत्रमा प्रकाशित गर्नुपर्छ। प्रकाशित भएपछि निर्धारित पारिश्रमिक नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि लागू हुन्छ।
विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना संक्रमणमुक्त भएका...
विराटनगर, १ जेठ । प्रदेश १ मा शनिबार ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका...
काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...
विराटनगर, १ फागुन । मोरङ साना घरेलु कुटानी पिसानी मिल व्यवसायी संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार शुन्दरहरैँचा नगरपालिका–१० स्थित सामुदायीक वन उपभोक्त समितिको सभाहलमा संघको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो...
विराटनगर, १६ भदौ–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा...
काठमाडौं, २९ वैशाख-नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।...
काठमाडौं, २ साउन-नेपालले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा भारतीय पक्षसँग वार्ता गर्ने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन (अनन्त)ले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी...
संसदका विपक्षीदहरूले सरकारले हालै ल्याएको २ अध्यादेशले लोकतन्त्र नै धारापमा पारेको बताएका छन् । बुधबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आयोजनामा गरिएको विपक्षीदहरूको बैठकले यस्तो निर्णय गरेको हो । सोमबार सरकारले दल फुटाउन सहज हुने गरी...