विराटनगर । मस्तिष्क मृत्युपश्चता अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात अंग दान गर्नको लागि अभिपेरीत गरिनुपर्नेमा बताएका हुन् ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका सभामुख बावुराम गौतमलले अंग दान जीवन दान मरणोपरान्त अंग दानको लागि जनचेतना फैलाउनुपर्ने बताए । ‘अहिले पनि मस्तिष्क मृत्युपश्चता अंग दानको बारेमा धेरैले बुझेका छैन,’ उनले भने, ‘ऐन बनेको छ । बनेको ऐन कार्यन्वयन गर्दै यस विषयमा जनस्तरमा बुझाउन जरुरी रहेको छ ।’ यसैगरी विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले मानव अगंको सफल प्रत्यारोपणले नागरिकको जीवनलाई गुणस्तरीय बनाइ विरामीको उपचारमा सहज पु¥याउने बताए । अंग दान एउटा महान मानविय कार्य भएकोले मृत्यु पश्चताव डढेर र गलेर जाने अंगले अरुको जीवन बचाउन सकिने भएकोले स्थानीय स्तरमा जनचेतना फैलाउनुपर्ने उनले बताए ।
एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड टेण्डल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले मानव अंग प्रत्यारोपणको लागि निजी क्षेत्र र सरकारसँग सहकार्य गरेर अगाढी बढने बताए । आधुनिक र समय सापेक्ष प्रविधिको अवलम्बन गरी थप गुणस्तरीय सेवा प्रवाहको लागि सरकारी निकायसँग निजी क्षेत्रले हातेमालो गरेर अगाडी बढन तयार रहेको उनले बताए । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले अंगदानलाई प्रोत्साहान गरेर दुर्घटना ग्रस्त जिवनलाई बचाउनुपर्ने बताए । त्यसको लागि अंगदानको लागि जनस्तरमा जनचेतना जोगाउनुपर्ने उनले बताए ।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ आफन्तले ‘ब्रेन डेथ’ भइसकेका व्यक्तिको अंग निकाल्न स्वीकृति नदिँदा संकलन गर्न अफ्ठेरो परेको बताए । ‘अहिलेको संख्या अत्यन्त कम हो । मस्तिष्क मृत्युबारे आफन्तलाई बुझाउन गाह्रो छ । खरानी भएर जाने अंग दिनु न, यसले अरूको ज्यान बचाउन सहयोग गर्छ भन्दा पनि उहाँहरू मान्नु हुन्न । यसबारे जागरुकता अभियान जरुरी छ ।’ नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको छ । तर कार्यान्वयन पक्ष फितलो हुँदा अनुमान गरेअनुसारको सफलता प्राप्त भएको छैन । ऐनमा व्यवस्था भएअनुसार कार्यान्वयन पक्ष प्रभावकारी हुने हो भने अंग प्रत्यारोपणमा क्रान्ति आउने डा श्रेष्ठको भनाइ छ ।
नेपालमा अंंग प्रत्यारोपण सुरु गर्न सरकारले ‘मानव शरीरको अंग प्रत्यारोपण ऐन–२०५५’ जारी गरेको थियो । २०७२ सालमा ऐनको पहिलो संशोधन पछि मस्तिष्क मृत्यु भएका व्यक्तिबाट जीवित व्यक्तिमा अंगदान गर्न पाउने नयाँ व्यवस्था मिलाएको छ । कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्य सचिब डा.सुधा देवकोटा, स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेललगायतले बोलेका थिए ।
तिब्बत सरकारले चीनबाट नेपाल ल्याउन लागिएकाे स्वास्थ्य सामाग्री बीच बाटाेमै राेकिदिएकाे छ । कोरोना भाईरस (कोभिड–१९) परीक्षण, रोकथाम तथा उपचारका लागि चिनियाँ कम्पनीले उपलब्ध गराएकाे स्वास्थ्य समाग्रीको गुणस्तरमा प्रश्न उठेपछि तीब्बतले बाटाेमै राेकिदिएकाे हाे ।...
काठमाडौं, ३०-चैतप्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघ...
काठमाडौं, पुुस २२–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी प्रदान...
काठमाडौं, २९ साउन-टिचिङ अस्पताल महाराजगन्जका २ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ डाक्टरलाई कोरोना पुष्टि भएको हो । अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलका अननुसार २ डाक्टरलाई कोरोना...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिला र बालबालिकाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले हरेक महिनामा सञ्चालन गर्ने “रोटरी आरोग्य मिशन” प्रोजेक्ट अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।...
विराटनगर, ६ चैत । विराटनगरका एक यूवा रहस्यमय अवस्थामा मृत फेला परेका छन । विराटनगर–३ आयल निगमका कान्छा भनिने ४० बर्षिय नितेश राई विराटनगर १९ मा मृत फेला परेका हुन् । विराटनगर १९ मा निर्माणाधिन...
विराटनगर । सुनसरीको इनरुवामा गोली प्रहार गरेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने सुनसरी भोक्राहा नगरसिंह ५ का उमेश मुखिया र सोही ठाउँका उमेश र ढिगा भन्ने इब्रान मन्सुरी मियाँलाई पक्राउ...
विराटनगर । विराटनगर–४ पिपल चोकस्थित ह्यापी आवर हेभेनमा होली विशेष कार्यक्रमको आयोजना हुने भएको छ । होलीका नाम दिइएको कार्यक्रम मंजिना मुभिज र ह्यापी आवर हेभेनले संयुक्तरुपमा आयोजना गर्न लागेको हो । चैत्र १३ गते...