कोशी प्रदेशमा सभामुख र मेयरसहित ५४ जनाले गरे मृत्युपश्चात अंग दान गर्ने घोषणा

 न्यूज विराट
कोशी प्रदेशमा सभामुख र मेयरसहित ५४ जनाले गरे मृत्युपश्चात अंग दान गर्ने घोषणा

विराटनगर । कोशी प्रदेशका सभामुख बावुराम गौतम र विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालासहित ५४ जनाले मृत्युपश्चात अंग दान गर्ने घोषणा गरेका छन् ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र इष्टपोल मिडिया प्रालिको आयोजनामा विराटनगरमा शुक्रबार सम्पन्न ‘मस्तिष्क मृत्यु पश्चातको अंगदान सम्बन्धि कानुनी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषय अन्तरक्रिया कार्यक्रममा सभामुख गौतम, मेयर कोइरालाले आफ्नो मृत्युपश्चात शरीरका केही अंग दान दिने घोषणा गरेका हुन् ।

कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचिब डा.सुधा देवकोटाले पनि मृत्युपश्चात शरीरका केही अंग दान दिने घोषणा गरीन् । शुक्रबार मात्र ५४ जनाले मृत्युपश्चात शरीरका केही अंग दान दिने मञ्जरीनामा पत्रमा हस्ताक्षर गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द श्रेष्ठले जानकारी दिए । अहिलेसम्म देशभरीमा ३ हजारले मृत्युपश्चात शरीरका केही अंग दान दिने मञ्जरीनामा पत्रमा हस्ताक्षर गरेको उनले बताए ।

मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंग झिक्न कानुनी व्यवस्था रहेको छ । जसमा दुई वटा मिर्गौला, दुई वटा फोक्सो, एक वटा कलेजो, मुटु, प्याङ्क्रियाज, एक सानो आन्द्रा पर्छन्,’ डा पुकारचन्द भन्छन्, ‘ऐनले ८ वटा अंग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरे पनि नेपालमा हाल मिर्गौला र कलेजोको मात्र प्रत्यारोपण हुने गरेको छ ।’
अन्य अंगको प्रत्यारोपण सुरु गर्न नेपालमा सोही अनुसारको दक्ष जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको कमी छ । ‘यो चिकित्सा विज्ञानको अत्यन्तै गम्भीर जटिल प्रक्रिया हो । सिप, दक्ष जनशक्ति र पूर्वाधार उत्तिकै राम्रो हुनुपर्छ । अनि मात्र सम्भव छ,’ उनले बताए ।

सम्बन्धित समाचार

सुनवर्षीमा माटोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु, २ जना घाईते

विराटागर, १८ फागुन । मोरङ सुनवर्षी नगरपालिका - ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे सुनवर्षी - १ काला बन्जार स्थित डाँस खोलाको बगरमा  माटो खन्ने क्रममा बन्सुगिया यादवको माटोको...

आङ साङ सु चीको पार्टी खारेज गर्ने म्यानमार निर्वाचन आयोगको तयारी

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सु चीको पार्टी खारेज हुने सम्भावना देखिएको छ । सु चीको पार्टी नेस्नल लिग फर डेमोक्रेसी (एनएलडी) लाई देशको निर्वाचन आयोगले खारेज गरिदिने तयारी गरेको हो । गत वर्ष भएको...

देशभर २४ घण्टामा थपिए ५९३ कोरोना संक्रमित

काठमाडौं, १२ असार-देशभर पछिल्लो २४ घण्टाको अवधिमा उपत्यकाका सहित देशभर ५९३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टाको अवधिमा ५९३ जना कोरोना संक्रमित...

कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी भूपेन्द्र राईलाई

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् । बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् । कोशीमा...

लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदको माग

विराटनगर, फागुन १६–मोरङको कटहरीस्थित लोहन्द्रा खोलामा तटबन्ध बनाउन सांसदहरूले माग गरेका छन् । आजको प्रदेशसभा बैठकको शून्य समयमा सांसद कल्पना सरदारले मोरङको कटहरीस्थित लोहन्द्र खोलाको विभिन्न स्थानमा कटान गरिरहेका कारण तत्कालै तटबन्ध निर्माण गर्न माग...

५५ इलेक्टोरल मत रहेको क्यालिफोर्नियामा चुनावी नतिजा प्रमाणीकरण

एजेन्सी, २१ मंसिर-अमेरिकाको क्यालिफोर्निया राज्यमा राष्ट्रपति निर्वाचनको नतिजा प्रमाणीकरण गरिएको छ । राज्यले डेमोक्रेट प्रत्यासी जो बाइडेनको पक्षमा मतदान गर्न प्रतिबद्ध ५५ इलेक्टरको नियुक्ति गरेको हो । योसँगै बाइडेनको पक्षमा २७९ इलेक्टोरल मत औपचारिक रुपमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारी क्लाइमेट समिट २०२२ सम्पन्न

विराटनगर, १६ साउन । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन र द ग्रीम प्रोजेक्टको साझेदारीमा क्लाइमेट समिट २२ आयोजना गरिएको छ । सोमबार विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जलवायु परिवर्तनका कारण परिरहेका...

लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्