लायन्स हेल्थ प्रोफेसनलको सप्ताहव्यापी कार्यक्रम सकियो, हप्ताभरी सामाजिक काम
शनिबार, २३ असार, २०८०,
न्यूज विराट
विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनले सप्ताहव्यापी कार्यक्रम सकिएको छ । जुलाई १ देखि ७ गतेसम्म विभिन्न सामाजिक सेवामूलक कार्यक्रम गरी लायन्स हेल्थ प्रोफेसनलले सप्ताहव्यापी कार्यक्रम गरेको हो ।
डा. सुनिल रेग्मीले आफ्नो कार्यकालमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको थियो । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जुलाई १ गते विहान ६ बजे नि ः शुल्क मधुमेह तथा उच्च रक्तचाप परिक्षणको कार्यक्रम भएको थियो । निःशुल्क मधेमेह तथा उच्च रक्तचाप परीक्षणमा उल्लेखिनय उपस्थीति रह्यो । डाक्टर रेग्मीले दोस्रो दिन क्यान्सर सचेतना, तेस्रो दिन आमाको माया छात्रवाशमा फलफूल तथा स्टेशनी वितरण गरिएको उनले बताए । यस्तै चौथो दिन ट्राफिक सचेतना, पाँचौं दिन गोदावरी स्कुलका विद्यार्थीहरुको आँखा परीक्षण , छैठौं दिन नेपाल टेलिकमको प्रागङमा बृक्षारोपण र अन्तिम सातौ दिनमा रक्तदान कार्यक्रम गरेको डाक्टर रेग्मीले जानकारी दिए ।
ईडेनबर्ग कलेजमा भएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको थियो । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलका संस्थापक सदस्य मात्र नभई एउटा महत्त्वपूर्ण पिलरका रुपमा रहेका डा. सुनिलले लायन्स क्लब मार्फत सामाजिक काममा सक्रिय रहेका छन् । उनको कार्यकालमा समाजले विभिन्न सेवामूलक कार्यक्रम हुनेमा आफू विश्वस्त रहेका क्लवका संस्थापक अध्यक्ष डा बालकृष्ण साहले बताए ।
५ बर्ष अगाडि जुलाई १२ मा स्थापना भएको लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनले विराटनगरमा समाजिक कार्यहरुमा सक्रिय रुपमा लागि परेको छ । क्लवका सम्पुर्ण सदस्यहरु कुनै न कुनै स्वास्थका विधामा आवद्ध रहेकाले क्लवले स्वास्थका कार्यक्रमहरु बढि गर्ने गरेका छन् ।
विराटनगर, ९ फागुन । मोरङको सुन्दरहरैँचामा नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको नगर कमिटी गठन भएको छ । सोमबार नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डीतको प्रमुख आतिथ्यतामा सम्पन्न...
विराटनगर, चैत १०–मोरङको सुन्दरहरैंचास्थित हसिना सिमसारमा बोटिङका लागि पोखरी निर्माण कार्य सुरु गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिअन्तर्गत आएको ४० लाख बजेटमार्फत हसिना सिमसार क्षेत्रभित्र रहेको सिमसारमा बाँध निर्माण गरि पोखरी...
एजेन्सी, २० कात्तिक-अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै...
काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध आज संसद सचिवालयमा महाअभियोग माथि ९८ जना सांसदद्धारा हस्ताक्षतिर प्रस्तावदर्ता गरिएको हो । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध...
काठमाडौं, ७ जेठ-काठमाडौंको महानगरीय प्रहरी वृत्त कालीमाटीका २ प्रहरीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब...
काठमाडौं, १ मंसिर-पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा १ हजार १ सय ९७ जना...
स्वास्थ्य मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अभियान शुभारम्भ गरेका हुन् । उनले उक्त खोप केन्द्रको निरिक्षण...