साढे १७ लाखको काठ घोटला प्रकरण : पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

 न्यूज विराट
साढे १७ लाखको काठ घोटला प्रकरण : पक्राउ पुर्जी जारी भएको सूचना चुहावट भएपछि वनका अध्यक्ष फरार

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु फरार भएका छन् ।
डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि उनी फरार भएका हुन् ।

लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मुल्य बरावरको ९ सय ५५ क्यूफिट काठ अन्यमितता गरेको आरोपमा डिभिजन वन कार्यालय मोरङले १४ असारमा उनीविद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बु फरार भएका हुन् ।

फरार भएका लिम्बुलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्रचार गरेको छ । तर, प्रहरीले अहिलेसम्म उनलाई पक्राउ गर्न चासो देखाएको छैन । डिभिजन वन कार्यालयले सूचना चुहवाट गराएर भगाएको भन्दै प्रहरीले लिम्बुलाई खोजविन गरी पक्राउको लागि चासो देखाएको पाइदैन ।
डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरले सामुदायिक वनको काठ अन्यमितता गर्ने लिम्बुकोे खोजी कार्य तिव्र बनाएको बताए । ‘पक्राउ पुर्जी जारी भएपछि हामीले पक्राउ गर्न प्रहरीलाई पनि पत्रचार गरेका छौं,’ उनले भने, ‘अहिले खोजीकार्य तिव्र बनाएको छ ।’
डिभिजन वनले लिम्बुलाई सामुदायिक वनको काठ अन्यमित तरिकाले विक्री वितरण गरी आर्थिक हिनामिना गरेको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । डिभिजन वन कार्यालय मोरङले बनाएको छानविन समितिको प्रतिवेदन अनुसार लिम्बुले सामुदायिक वन भित्रको घाटगद्धीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफुखुसी विक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम आर्थिक अन्यमिमता गरेको पाइएको हो ।

अन्यमिमताको आरोप लागेको लिम्बु नेपाली काँग्रेस बेलबारीका नगर सभापति पनि हुन् । उनी विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी समाल्दै आएका छन् । २०७९ साउनमा अध्यक्ष लिम्बुले वनको घाट गद्धीमा रहेको काठ आफुखुसी उपभोक्ताहरुलाई बिक्री गरेको फर्जी बिल देखाएर अन्यन्त्र काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको पाइएको छ । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ ।
लिम्बुले प्रतिक्युफिट २ हजार देखि ३ हजारसम्म विक्री गरेको बुझिएको छ ।

अध्यक्ष लिम्बुले अन्ययमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन बन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन बन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउदीन मियाको नेतृत्वको समितिले छानविन गरेको थियो । छानविनको क्रममा अध्यक्ष लिम्बुले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अन्ययमितताल गरेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।
३ वर्षको कार्यकाल भएपनि लिम्बुले आफनो कार्यकालको म्यद सकिएको एक वर्ष पछाडी मात्रै साधारणसभा गराएरका थिए । ४ वर्षमा ९ सय ८७ क्यूफिट लकडी बिक्री भएको देखिएको वन अधिकृत अलाउद्धीनले बताए । उनका अनुसार सखुवा (साल)४२७ क्युफिट, ३ सय क्युटिफुट बोटध्यमरो र अन्य प्रजातिको २६० क्युफिट काठ बिक्री गरेका थिए ।
छानविन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिपेश मिश्रालाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको छ । उनले अनुसन्धान गर्दै आएका छन् । अनुसन्धानपछि अभियोग लैजाने तयारी गरेको उनले बताए । ‘जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिने काम पनि भइरहेको छ,’ उनले भने, ‘अनुसन्धानपछि अभियोजन बनाएर सरकारी वकिलको कार्यालयमात्र अदालतमा अभियोग लैजानेछौं ।’ अन्यमितताको आरोप लागेको लिम्बुलाई डिभिजन वन कार्यालयले हाजिर जमनामा छोडेको थियो ।

सम्बन्धित समाचार

आईसीपी विवादित, ट्रान्स नेपालका सञ्चालक राठीद्वारा अनधिकृत रकम असुल गरेको खुलासा

विराटनगर, फागुन २६–भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माणसम्पन्न भएको करिब एक सय ६० करोड लगानीको आईसीपीमा विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालले कब्जा गरेपछि अहिले हल्लिखल्ली हुन थालेको छ । गत महिना मात्र नेपाल र भारतका प्रधानमन्त्रीले...

महानगरको वडाहरूमा तेली कल्याण समाज धमाधम बिस्तार

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरको वडाहरूमा धमाधम समिति गठन गर्न सुरु गरेको छ । शनिबार विराटनगर–१० मा कार्य समिति गठन गरेको छ । सज्जन साहको अध्यक्षतामा समाजले १९ सदस्यीय कार्य समिति गठन गरेको...

विपद प्रतिकार्य योजनाका विषयमा छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकायसहित सरोकारवालासित छलफल आयोजना गरेको छ ।महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना...

राजपा-समाजवादी एकतापछि प्रदेश २ मा उठ्यो मन्त्री फेरबदलको माग

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएपछि प्रदेश २ सरकारमा रहेका पात्र परिवर्तनको माग उठ्न थालेको छ । नेताका कोटाको आधारमा मुख्यमन्त्री र मन्त्रीहरू बनेकाले जनताको चाहनाविपरीत कार्य भइरहेकाले काम गर्ने सशक्त...

प्रधानमन्त्री ओलीको पक्षमा जनकपुरमा पनि निस्कियो जुलुस

जनकपुर, २४ असार-केपी ओली सरकारको समर्थनमा जनकपुरधाममा जुलुस प्रदर्शन गरिएको छ । मोटरसाइकलमा सवार कार्यकर्ताले निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो । 'पार्टी फुटाउन पाइँदैन, स्थिर सरकार ढाल्न पाइँदैन, नेकपा जिन्दावाद, ओली सरकार जिन्दावाद, राष्ट्रियता...

युवाशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभावः थापा

काठमाडौं, २३ असार-गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागू औषधमा फसेकाले विकासमा प्रभाव परेको बताए ।समाजको र राष्ट्रको विकासका लागि युवाहरुको अग्रणी भूमिका हुनेभएपनि लागू औषध सेवनले प्रभाव परेको उनले बताए । लागू औषध प्रयोगकर्ताको सर्वेक्षण...

के हो पक्षघात ?, कसरी हुन्छ यसको उपचार

आज विश्वका करिब आठ करोड मानिस पक्षघातबाट पीडित छन् । पाँच करोड भन्दा बढी मानिस स्थाई रुपमा अपाङ्गता भएका व्यक्ति छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २५ प्रतिशत पक्षघातको विरामी ४० वर्ष उमेर समूहका मानिस...

संखुवासभा सामूहिक हत्याकाण्ड : थप ६ जना पक्राउ

संखुवासभा, ४ असोज । भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्