विराटनगरको अरनीको स्कुल देशभरीमै टप ट्वान्टीमा पर्न सफल
मङ्गलबार, १९ असार, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल देशभरीको टप ट्वान्टी भित्र पर्न सफल भएको छ । जुकेशन समाचारले गरेको सर्वेक्षण अनुसार अरनिको स्कुल देशभरीको ‘टप थटीन’ भित्र पर्न सफल भएको हो ।
एजुकेशन समाचारले हालै प्रकाशित गरेको सर्वेक्षण अनुसार मुलुकभर कक्षा ११ र १२ को अध्यापन गराउने ८ हजार ८ सय ६ माविहरु मध्ये उत्कृष्ट नतिजा दिएको आधारमा अरनिको स्कुल टप थटीन भित्र परेको जनाएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरुका कारणले अरनिको आवासीय सेकेण्डरी स्कुल उत्कृष्ट सूचीमा पर्न सफल भएको प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।
मोसफलको भएपनि पूर्वी नेपालको अब्बल माविको रुपमा अरनीको स्कुल स्थापित हुन सफल भएको छ । अरनीको माविले नतिजा पनि उत्कृष्ट पस्कदैं आएको छ । वि.सं. २०५६ सालदेखि कक्षा ११ र १२ को अध्यापन गराउँदैं आएको अरनिको आवासीय सेकेण्डरी स्कुल आफ्नो लिगेसीलाई निरन्तर अब्बल नतिजामार्फत प्रमाणित गर्दै आएको छ । अरनिको आवासीय माविमा विज्ञान र व्यवस्थापन पढाइ हुन्छ । माविका प्रिन्सिपल कार्की शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै उत्कृष्ट नतिजाको कारक रहेको बताउँछन् । ‘शिक्षक र व्यवस्थापनको निरन्तरको मेहनत नै हाम्रो उत्कृष्ट नतिजाको कारक हो,’ कार्कीले भने ।
एक्स्टा परीक्षा, प्रि मेडिकल र प्रि इन्जिनियरिंग कक्षाहरु पनि माविले संचालन गर्दै आएको छ । २४ वर्षदेखि ११ र १२ कक्षाको अध्यापन गराइरहेको पूर्वी क्षेत्रको उच्च माविका रुपमा रहेको अरनिकोको आफ्नै विशेष पहिचान छ ।
सिट संख्या विज्ञान : ७ सय व्यवस्थापन : १ सय २०
मासिक शुल्क विज्ञान : ६ हजार रुपैयाँ व्यवस्थापन : ३ हजार ५ सय ५० रुपैयाँ
अन्य शुल्क विज्ञान : ३५ हजार रुपैयाँ व्यवस्थापन : २५ हजार रुपैयाँ
सिरहा, ३० वैशाख-कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा...
झापा, १५ असार-झापाका १५ स्थानीय तहमध्ये १४ पालिका जिल्लाका मुख्य नदीनालामा पानीको बहाव बढेसँगै प्रभावित हुने नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ । झापा भएर बग्ने साना ठूला २८ नदीनालामध्ये मुख्य ९ वटा नदीले दमक...
काठमाडौं, ६ जेठ-नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । उनले हिजो मन्त्रिपरिषद्ले नक्सा पारित गरेको भन्दै उनले भोलिसम्ममा नक्सा प्रकाशित हुने बताए । उनले नक्सा प्रकाशित...
काठमाडौं, ५ माघ ।सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले साढे ४७ करोड भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ ।...
विराटनगर, २ मंसिर । मोरङको बुढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा रिजन दाहालको हत्या गरेको आरोपमा चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैचा नगरपालिका–७ का २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका–६ का...
काठमाडौं, १६ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्ने भएको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार सोमबार शीर्ष नेताहरूको बीचमा भएको छलफलबमोजिम आज सचिवालय बैठक बस्न लागेको...
विराटनगर, ८ वैशाख-प्रदेश १ मा सोमबारसम्म ३ हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए/नभएको धमाधम परीक्षण गरिरहेको छ ।...
देखिएको करिव ४ महिना हुँदा समेत कोराना नियन्त्रणका अनेकौ प्रयासले अपेक्षित सफलता पाउन सकेका छैनन् ।अघिल्लो दुई महिनामा देखिएको संक्रमितको संख्या र मृत्यु भन्दा पछिल्लो २ दिनमा बढी छ । आजमात्रै कोरोनाको कारण विश्वभर करिव...