कोशीको सत्ता राजनीति : मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

 न्यूज विराट
कोशीको सत्ता राजनीति : मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

काठमाडौँ — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस(माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न थालेको छ ।

कोशी प्रदेशमा कांग्रेस र एमाले नेतृत्वका दुबै गठबन्धनमा स्पष्ट बहुमत नभएका कारण नयाँ सरकार गठनमा अन्योल बढिरहँदा सत्ताको साँचो बोकेर बसेको राप्रपाले मुख्यमन्त्री पाउनुपर्ने सर्त अघि सार्न थालेको हो ।

ुनयाँ गठबन्धनबाट सरकार गठनका लागि प्रस्ताव आउँदा हामीले मुख्यमन्त्री पाउनुपर्ने सर्त राख्नेछौं,ु राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने । कोशी प्रदेशमा अहिलेको गठबन्धनमा एमाले र राप्रपाका गरी ४६ सदस्य रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा राप्रपाको भने ६ सिट छ ।

एमाले मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनमा जटिलता देखिएको छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाबुराम गौतमसहित १३, नेकपा ९एकीकृत समाजवादी०का ४ गरी ४६ सांसद छन् । जसपाको भने एक सांसद छन् । सभामुखले भने सरकार गठनको क्रममा मतदान गर्न पाउँदैनन् ।

एमालेलाई साथ दिँदै आएको राप्रपालाई कांग्रेस र माओवादीले आफ्नो पक्षमा पार्न सकेमा मात्रै उनीहरूको सरकार सहज रुपमा बन्ने अवस्था छ ।

तर राप्रपाले अर्को गठबन्धन जानुपरेको खण्डमा मुख्यमन्त्री पदलाई ुबटम लाइनु बनाउन थालेको हो ।

पुस १० गते संघमा बनेको गठबन्धन अनुसार पुस २३ मा एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा कोशीको सरकार गठन भएको थियो ।

राष्ट्रपनि निर्वाचनसँगै गठबन्धन फेरिए पनि कोशी प्रदेश सरकारबाट गत महिना माओवादी केन्द्र बाहिरिएको थियो । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि बिहीबार प्रस्ताव राखेका थिए । प्रस्तावको पक्षमा एमाले र राप्रपाको ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो । बहुमतका लागि आवश्यक ४७ मत पुर्‍याउन नसक्दा कार्की नेतृत्वको सरकार ढल्न पुगेको छ ।

साभार : इकान्तिपुर

सम्बन्धित समाचार

विराटनगर आउँदै गरेको बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

विराटनगर, ८ असोज । मोरङ बुढिगंगा गाऊपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन्...

मौद्रिक नीति प्रति विराटनगरका उद्योगी सकारात्मक

विराटनगर । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८०र८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । कुनै पनि देशको केन्द्रीय बैंकले ल्याउने बृहत आर्थिक नीतिलाई मौद्रिक नीति भनिन्छ । मुलुकभित्र हुने पैसा (मुद्रा) को व्यवस्थापन,...

मन्त्रीको निर्देशनपछि झापाका २७ कोरोना संक्रमित बीपीमा भर्ना

विराटनगर, १७ जेठ-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशनपछि सुनसरी धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना गरेको छ । झापाको कचनकवलका २७ जना कोरोना संक्रमितलाई अस्पतालले भर्ना नलिएपछि मन्त्री घिमिरे...

विवाद साम्य पार्न तीव्र छलफलमा नेकपा नेता

काठमाडाैं, २२ असार-शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाे भन्दै साेमबारका लागि तोकिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित भयाे । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा...

प्रदेश १ मा कोरोनाको दैनिक नयाँ रेकर्ड, आज १२९८ संक्रमित थपिए

विाटनगर, ५ जेठ । प्रदेश १ मा आज १२९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा...

प्रिकाशा र सुगमलाई मिस एण्ड मिस्टर लिटल कोशीको उपाधि

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीकोको उपाधि विराटनगरकी प्रिकाशा श्रेष्ठ र इटहरीका सुगम ढकालले जितेका छन् । प्रिकाशाले मिस तर्फ र सुगमले मिस्टरतर्फको उपाधि जितेका हुन् । उनीहरुले जनही ३०–३० हजार रुपैयाँ...

कर चुक्ताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा एक जना पक्राउ

विराटनगर । नक्कली कर चुक्ताको प्रमाण पत्र बनाएको आरोपमा एक जना पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगर आसपासको क्षेत्रमा नक्कली कर चुक्ताको प्रमाणपत्र बनाएको आरोपमा विराटनगरका लक्ष्मण कुमार पण्डितलाई पक्राउ परेका हुन् ।...

अन्योलमा प्रदेशसभा अधिवेशन

कोरना भाइरस (कोभिड— १९) को सम्भावित जोखिम रोकथामका लागि सरकारले ‘लकडाउन’ को गरेपछि कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्योलमा परेको छ । यही १३ चैतमा सूचना टाँस गरेर स्थगित भएको बैठक लकडाउन लम्बिँदै गएपछि निरन्तरता पाउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्