विराटनगर । २० औं राष्ट्रिय धान दिवसका अवसरमा विराटनगर महानगरपालिकाले विराटनगर–१२ स्थित बखरीमा सामूहिक धान रोपाइँ आयोजना गरेको छ । पञ्चेबाजासहित महानगरले उल्लाहमय रुपमा धान रोपाइँ गरेको हो ।
रोपाइँ कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, वडा नम्बर ११ अध्यक्ष तीर्थेन्द्र नेउपाने, १२ का अध्यक्ष हिरालाल कामत, वडा सदस्य कुशेश्वर राजवंशीसहित विभिन्न राजनैतिक दलका स्थानीय नेता, समाजसेवी, टोल संगठनमा आबद्ध व्यक्ति, कृषकलगायतको सहभागिता रहेको थियो । सो अवसरमा नाचगान गर्दै रमाइलोसमेत गरिएको थियो । दिवसका अवसरमा शुभकामना दिँदै मेयर कोइरालाले कृषिलाई आधुनिकीकरण र यान्त्रीकरणतर्फ लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले किसानले सहज रुपमा मल, सिंचाइ र बिउ पाउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिलाई यान्त्रीकरण गरेर उत्पादकत्व वृद्धि गर्नुपर्ने बताउनुभयो । चालीसको दशकसम्म नेपालले खाद्यन्न निर्यात गर्दै आएको बताउँदै उहाँले वार्षिक ६ खर्बभन्दा बढीको आयात गर्नुपर्ने बाध्यता रहेको सुनाउनुभयो । धान दिवसका अवसरमा महानगरपालिकाले हरेक वर्ष सामूहिक धान रोपाइँ गर्दै आएको छ । गत वर्ष १८ नम्बर वडामा रोपाइँ कार्यक्रम आयोजना गरेको थियो ।
विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार...
काठमाडौं, १५ साउन-पछिल्लो २४ घण्टाको अवधिमा २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड-१९) काे संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा...
काठमाडौं, ११ असार-सरकारले पर्याप्त गृहकार्य र नियमित प्रक्रियाअन्तर्गत विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइसम्बन्धी बोलपत्र आह्वान भएको स्पष्ट गरेको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा सदस्यको जिज्ञासाको जबाफ दिँदै राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले ७...
विराटनगर । नेकपा (एमाले) मोरङ संगठन कमिटीको सचिवमा नेता रविन थापाले जिम्मेवारी पाएका छन् । उनलाई आइबार बसेको प्रदेश कमिटीको सचिवालय बैठकले जिम्मेवारी दिएको हो ।पार्टीको जनसंगठनको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण र सफल नेतृत्व गरेका...
काठमाडौं, २२ असार-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारूढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरूसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा...
विराटनगर, २४ भदौ । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई दोस्रो चरणमा पनि खाद्यान्न वितरण गरेको छ । यसअघि एक महिना अघि २३ साउनमा पनि क्लबले पहिलो चरणमा...
काठमाडौं, ४ वैशाख-लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा १ पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ । पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट...
काठमाडौं, माघ २४नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । संसदीय दलका उपनेता समेत रहेका नेता विजयकुमार...