कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

 न्यूज विराट
कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

विराटनगर । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको हो ।

संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत मागेका थिए । मुख्यमन्त्री कार्कीको पक्षमा ४६ मत मात्र परेपछि सरकार ढलेको हो ।

९३ सदस्यीय कोशीको प्रदेश सभामा सरकार बनाउनका लागि ४७ मत आवश्यक पर्छ । तर, अहिले एमालेका ४० र राप्रपाका ६ गरी मुख्यमन्त्री कार्कीले ४६ मत मात्र प्राप्त गरेका हुन् । विश्वासको मतको विपक्षमा भने ४३ मत परेको सभामुख बावुराम गौतमले जानकारी गराएका छन् । ‘सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ,’ उनले भने, ‘अर्को बैठक सुचना मार्फत जानकारी गराईनेछ ।’

पुस २५ गते चार दलको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले ६० जनाबाट विश्वासको मत पाएका थिए । शुक्रबार प्रदेश सभामा भएको मत विभाजनमा ९३ सांसदमध्ये ८९ जना सांसद उपस्थीति रहेका थिए । जसमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत सरकारको पक्षमा प्राप्त भएको हो ।

मुख्यमन्त्री कार्कीको विपक्षमा ४३ जनाले मतदान गरेका थिए भने जनता समाजवादी पार्टी जसपाका एक मात्र सांसद निर्मला लिम्बू मतदान प्रक्रियामा सहभागि भईनन् । माओवादीका नारयण बुर्जा मगर र काँग्रेसकी ममता तामाङ्ग अनउपस्थति भइन् ।

सम्बन्धित समाचार

कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको...

कटहरी ४ को स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा

विराटनगर । मोरङको कटहरी गाउँपालिका – ४ मा रहेको आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।पाँच कोठाको पक्की भवनबाट आधरभूत स्वास्थ्य केन्द्र आफ्नै भवनबाट बुधबारदेखि सेवा सुचारु गरेको हो । उक्त भवनको...

विराटनगरमा फुड बैंक सञ्चाल

विराटनगर,२३ जेठ । निषेधाज्ञाको अवधिमा गरीव समुदायका व्यक्त्तिलाई आवश्यक खाद्यान्न उपलव्ध गराउन विभिन्न छ बटा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आजदेखि विराटनगर–५ मा फुट बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट,शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प,...

म्यादी प्रहरी बन्नेहरूको भिड (फोटो फिचर)

विराटनगर । मोरङको पथरीशनिश्चरे १ की २० वर्षीय प्रतिक्षा लिम्बु म्यादी प्रहरीको आवदेन दिनका लागि लामो लाइनमा उभिएकी थिइन् । यस अघिको स्थानीय निर्वाचनमा पनि म्यादी प्रहरीको भूमिका निर्वाह गरेकी लिम्बुले अगामी मंसिर ४ गते...

सर्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीको भूमिका महत्वपूर्ण छः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सार्वसाधारणको आर्थिक जीवनयापन सुधारमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ । जिल्ला सहकारी संघ मोरङद्वारा आज विराटनगरमा आयोजित ६७ औँ राष्ट्रिय सहारी दिवस–२०८० को उद्घाटन गर्दै...

कोरोनाबाट पर्साका २ जनाको मृत्यु

काठमाडौं, २१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले लिए शपथ, तीन सदस्य मन्त्रीमण्डल विस्तार

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् । थापाले आजै...

अलैँचीकाे बजार मूल्यभन्दा भन्सार मूल्य दोब्बर

काठमाडाैं, २२ भदौ-स्वाभाविकरूपमा हामीलाई लाग्छ, वस्तुको मूल्यअनुसार त्यसको भन्सार मूल्यमापन हुनुपर्छ । वस्तुको मूल्य कम हुँदा भन्सार मापन कम र मूल्य बढी हुँदा भन्सारको मूल्य मापन बढी हुनुपर्ने हो तर, नेपालबाट जाने अलैँचीको भारतीय भन्सार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्