एनपीए कोशी प्रदेशमा शम्भु साहको प्यानलै निर्वाचित, कसले कति ल्याए मत ? (सुचिसहित)

 न्यूज विराट
एनपीए कोशी प्रदेशमा शम्भु साहको प्यानलै निर्वाचित, कसले कति ल्याए मत ? (सुचिसहित)

विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशमा शम्भू साहको प्यानलै निर्वाचित भएका छन् । साहले एनपीए कोशी प्रदेशको अध्यक्षमा ३५२ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी विवेक दाहालले १८३ मात्र मत ल्याएका छन् ।

उपाध्यक्षमा विश्वनारयण चौधरीले ३४५ मत ल्याए निर्वाचित भए । उनका प्रतिस्पर्धी प्रदिप थापाले १८२ मत पाए । सचिबमा दिपेन्द्र खड्काले ३५७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्धन्दी कृष्ण प्रसाद बजगाइले १७८ मत ल्याए । कोषाध्यक्षमा संजिप खड्काले ३५२ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी याम प्रसाद चौलागाइले १७० मात्र मत पाए ।
यसैगरी खुल्ला सदस्यहरुमा विजय कार्कीले २६७, रष्मी अधिकारीले २३५ र महिला सदस्यमा संगीना कुमारी चौधरीले २७८ मत ल्याएर निर्वाचित भएकी छिन् । साहको समूहबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने सचिव खड्का रहेका छन् । उनले सबैभन्दा बढी ३५७ मत ल्याएर निर्वाचित भए ।

कसले कति ल्याए मत ?

अध्यक्ष – शम्भू साह ३५२ (विजय)
विवेक दाहाल १८३

उपाध्यक्ष – विश्वनारयण चौधरी ३४५ (विजय)
प्रदिप थापा १८२

सचिब – दिपेन्द्र खड्का ३५७ (विजय)
कृष्ण प्रसाद बजगाइ १७८

कोषाध्यक्ष – संजिप खड्का ३५२ (विजय)
याम प्रसाद चौलागाइ १७०

सदस्यहरु
खुल्ला सदस्य विजय कार्की २६७
खुल्ला सदस्य रश्मि अधिकारी २३५
महिला सदस्य संगीना कुमारी चौधरी २७८

सम्बन्धित समाचार

देश बाहिरबाट आएर जानकारी नगराई घर बसे कारबाही

कोरोना भाइरस संक्रमणको अवधिमा नेपाल बाहिरबाट आएर जानकारी नदिई घरमा बस्ने व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले कारबाही गर्ने भएको छ । त्यस्ता व्यक्तिहरूलाई संक्रमक रोग ऐन २०२० को दफा ३ बमोजिम कानूनी कारबाही र दण्ड...

तेस्रो मिल्स टि– २० क्रिकेट : विराटनगरको वाइआरसीसी फाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको वाइआरसिसी क्रिकेट क्लब फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरकै एनविएससी क्रिकेट क्लबलाई ११६ रनले हराउँदै वाइआरसिसि फाइनलमा पुगेको हो...

मुख्यमन्त्री कार्कीले कोशीमा तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दै, चार बजे सपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।...

प्रहरीमा घट्यो शान्ति मिसन आकर्षण

काठमाडौं, फागुन २६–नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जान २०४८ फागुन २९ बाट सुरु ग¥यो। तत्कालीन युगोस्लाभियाबाट सुरु भएको यो क्रम अहिले पनि छ। प्रहरीमा जागिर खाएपछि कम्तिमा एकपटक शान्ति मिसन गएर आर्थिक जोहो टार्ने...

कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने

काठमाडौं, २० मंसिर-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले २९ मंसिरमा देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक...

निषेधाज्ञामा विराटनगरः कतै सुनसान, कतै अत्याधिक भिड (फोटो फचर)

विराटनगर, ६ भदौ-लकडाउन प्रभावकारी नभएर दिनप्रतिदिन प्रदेश राजधानी विराटनगर र आसपासका स्थानीय तहमा समुदायमा कोरोना संक्रमण तिब्र गतिमा फैलिँदै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेसँगै सुनसान देखिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर लगायत अन्य...

संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन: उपेन्द्र यादव

जनकपुर, माघ २७–समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त्य गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासंघले सोमबार जनकपुरधाममा आयोजना गरेको ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालालाई...

थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्