विराटनगर । मोरङको थलहास्थित श्री भैरव गणको नेतृत्वमा पाँच दिने हातेमालो कार्यक्रम सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी साथै विपद व्यवस्थापनसँग सम्बद्ध निकायहरुसँग एक आपसमा जानकारी आदन प्रदान गर्ने उदेश्यले नेपाली सेनाको मोरङ स्थित श्री भैरव गण थलाहामा हातेमालो कार्यक्रम सम्पन्न भएको हो ।
असार ५ गतेदेखि ९ गतेसम्म पाँच दिने अभ्यास हातेमालो कार्यक्रम नेपाली सेनाले प्रत्येक वर्ष संचालन गर्दै आइरहेको श्री भैरव गणाका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमले निरन्तरता पाएको पाँच वर्ष पूरा भएको छ ।
हातेमालो कार्यक्रम जेठ ७ र ८ गते नेपाली सेनाको जंगी अड्डामा संचालन भएको र असार २८ र २७ गते प्रदेश स्तरीय अभ्यास हातेमालो सुनसरी स्थित नेपाली सेनाको पूर्वी पृतना हेड्क्वाटरमा संचालन भएको प्रमुख सेनानी थापाले जानकारी दिए । सहभागी सम्पुर्ण सरोकारवाला निकायहरुलाई अभ्यास सम्बन्धि जानकारी, सरोकारवाला निकायबाट आ–आफ्नो कार्यालयको काम जिम्मेवारी साथै तयारीको बारेमा प्रस्तुतिकरण गरिएको थियो ।
प्रमुख सेनानी थापाले विपद्को काल्पनिक परिस्थितिको परिकल्पनामा आधारित कथामा सहभागिताहरुलाई प्रदेश, जिल्ला स्थानीय आपतकालीन सञ्चालन केन्द्र लगायतका समूहमा विभाजन गरेर विपतका परिस्थितिमा कसरी काम गर्न सकिन्छ भनेर छलफल गरिएको थियो ।
कटहरी गाउपालिका प्रमुख देवराज चौधरीले हातेमालो कार्यक्रमले विपतमा सुरक्षाकर्मी, संचारकर्मी रेड्क्रस जनप्रतिनिधीहरुको सहकार्य महत्वपूर्ण रहेको बताए । मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रकुमार यादवले विपतको समयमा सबैकाई कर्तव्य थाहा हुँदाहुँदै पनि हातेमालो कार्यक्रमले थप महसुस गराउने काम गराएको बताए ।
काठमाडौं, असार २-मंगलबार नेपालमा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न स्थानमा रहेका प्रयोगशालमा गरिएको नमुना परीक्षणका क्रममा ३८० जनामा कोरोना भाइरस संक्रमण...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले पल ह्यारिस डेको अवसरमा ४० थान साईकल वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबिच पूर्वाञ्चल अनाथ आश्रममा आश्रित छात्रा र विपन्न समुदायका महिलाहरुलाई यातायातमा सहज होस भनेर साईकल...
काठमाडाैं, २४ जेठ-डोल्पामा मृत्यु भएका एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब इन्चार्ज विवेक पुनका अनुसार जगदुल्ला गाउँपालिका ३ का ५८ वर्षीय सुर्जु थापाको मृत्युपछि थ्रोट स्वाब आरटी पीसीआर...
विराटनगर – चौथो संस्करणको एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शील्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको इटहरीस्थित बाल आदर्श बोर्डिङ स्कुलले जितेको छ। विराटनगरको दिल्ली पब्लिक स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै बाल आदर्शले उपाधि हात पारेको...
विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर...
काठमाडौं, ६ साउन-सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउन आज मध्यरातदेखि हटाइएको हो । सञ्चार तथा सूचना प्रविधि...
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति पूर्णरुपमा लकडाउन खुलेपछि मात्र तोकिने भएको छ । ‘पहिले लकडाउन खुल्नुप¥यो । त्यसपछि समिक्षा हुन्छ,’ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘विद्यार्थी परीक्षा केन्द्रमा जान...
चितवन, १८ असोज-चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । १६ असोजमा कोरोना संक्रमण देखिएपछि...