विराटनगर । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) कोशी प्रदेशको निर्वाचनको आज हुदैछ । एनपीए कोशी प्रदेशको निर्वाचनमा दुई वटा छुटा– छुटै समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
एनपीए कोशी प्रदेशको अध्यक्षमा शम्भु साह र बिवेक दाहालको समूह चुनावी मैदानमा छन् । अध्यक्षका उम्मेदवार साह प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रको वरिष्ठ फार्मेशी अधिकृत रुपमा कार्यरत रहेका छन् भने दाहाल बीपी प्रतिष्ठान धरानमा फार्मास्टिको रुपमा कार्यरत रहेका छन् ।
दुवै समूहले प्रतिवद्धता पत्र सार्वजानिक गरीसकेका छन् । साह नेतृत्वको समूहले १३ बुँदे र दाहाल नेतृत्वको समूहले १७ बुद्धे घोषणा पत्र सार्वजानिक गरेर अहिले चुनावी मैदानमा उत्रिएका हुन् ।
साह र दाहालका समूहका उम्मेदवार
एनपीए कोशी प्रदेशको अध्यक्षका उम्मेदार शम्भु साहका साहको समूहबाट उपाध्यक्षमा विश्वनारयण चौधरी, सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा संजिप खड्का, सदस्यहरुमा विजय कार्की, रश्मि अधिकारी र संगीना कुमारी चौधरी रहेका छन् ।
उत्ता बिवेक दाहालको समूहबाट उपाध्यक्षमा प्रदिप थापा, सचिबमा कृष्ण प्रसाद बजगाइ, कोषाध्यक्ष याम प्रसाद चौलागाई, सदस्य सुरक्षा भण्डारी, सुवास गच्छदार र सरोज चौधरी रहेका छन् ।
एनपीएकोशी प्रदेशमा करिब सात सय मतदाता रहेका छन् । उनीहरुले आज विराटनगरको आयल निगम अगाडीको पार्टी प्यालेसमा मतदान गरी नयाँ नेतृत्व चयन गर्दैछन् ।