कटहरी गाउँपालिकाले ल्यायो ५५ करोड ४९ लाखको बजेट

 न्यूज विराट
कटहरी गाउँपालिकाले ल्यायो ५५ करोड ४९ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ ।

कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी राजवंशीले प्रशासनिक तथा संचालन खर्च १० करोड ७४ लाख ६८ हजार, कार्यक्रम तथा योजना खर्च चालु र पूँजीगत खर्च ४४ करोड ७५ लाख १३ हजार १ सय रुपैयाँ विनायोजन गरेकी हुन् ।

आय तर्फ संघीय सरकारबाट सामानिकरण अनुदान १२ करोड ५८ लाख, संघीय सरकारबाट सर्शत अनुदान २१ करोड ९० लाख, संघीय सरकारबाट राजश्व बाँडफाँड ९ करोड १५ लाख ९३ हजार १ सय, प्रदेश सरकार सामानिकरण अनुदान ७९ लाख ५२ हजार, प्रदेश सरकार राजश्व वाँडफाँड ४६ लाख ६५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै प्रदेश सरकार सशर्त अनुदान १ करोड १२ लाख २५ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड , कटहरी गाउँपालिका आन्तरिक राजश्व ५ करोड ११ लाख, संघीय सरकार विषेश अनुदान १ करोड, संघीय सरकार समपुरक अनुदान २ करोड ३५ लाख, वन रोयल्टी १ लाख ४६ हजार रूपैया प्राप्त हुने अनुमान गरिएको छ ।

गाउँपालिकाले पूर्वाधार क्षेत्रका ७४ वटा योजनाको लागि ८ करोड ९२ लाख ५१ हजार रकम विनियोजन गरेको छ । यो कूल बजेटको ५१.३६ प्रतिशत हो । आम जनतामा सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको सरल र सहज पहुँच पु¥याउन समग्र स्वास्थ्य सेवाको लागि १ करोड ७४ लाख बजेट विनियोजन गरेको उपाध्यक्ष राजवंशीले जानकारी गराइन्
। यो कुल बजेटको १०.०१ प्रतिशत हो । यस्तै शिक्षा क्षेत्रको समग्र विकासका लागि १ करोड २५ लाख विनियोजन गरेको छ । यो कुल बजेटको ८.८५ प्रतिशत हो । यसैगरी कृषि क्षेत्रको विकासको लागि ४६ लाख १० हजार विनियोजन गरेको छ ।

सम्बन्धित समाचार

प्रदेश १ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

प्रदेश–१ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, झापा र सुनसरी गरी छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको हो ।चितवनमो इच्छा मनकामना–३ सौराहका २७ बर्षीय चित्रकुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु छ ।...

छुरा प्रहार गरि साथीको हत्या आरोपमा ३ जना पक्राउ

विराटनगर, जेठ २०–सुनसरीको इटहरी २० तरहराका एक युवाको हत्या गरि फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय इटहरीको टोलीले तरहराका २८ वर्षीय राजन राईको हत्या गरि फरार रहेका तीन जनलाई...

मोरङको उर्लाबारी आगलागी, चार प्रहरीसहित २८ जना घाइते

विराटनगर । मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा भएको आगलागीमा परी ४ प्रहरीसहित २८ जना घाइते भएका छन् । प्रहरीतर्फ एकजना असई, एक जना हबल्दार, दुई जना जवान सहित २४ जना सर्वसाधरण घाइते भएका मोरङ...

एक जिल्लाबाट अर्को जिल्ला आउजाउ बन्द, सवारी पास रद्द

काठमाडौं, ३० वैशाखनेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको...

प्रविधिमैत्री बन्दै कानेपोखरीको सरस्वती आधरभूत विद्यालय

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका भित्र रहेको सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालय शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै प्रविधिको प्रयोग हुन थालेको हो । कानेपोखरी गाउँपालिका ६ मुलगाउँमा रहेको...

एनएमएद्धारा सिएमई कार्यक्रम

विराटनगर । नेपाल चिकित्सक संघ कोशी शाखाले सिएमई कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शनिबार आयोजना गरेको हो ।विशेषज्ञ चिकित्सकहरुले अनुभव र शोघहरु प्रस्तुत गरेर अन्य विशेषज्ञ चिकित्सकहरुको चिकित्सकिय...

पाँच दलीय समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्न लागेको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्