
काठमाडौं, ६ माघ । स्थानीय तहको निर्वाचन मिति लगायतका विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बैठक बस्न लागेको हो ।
बैठकले स्थानीय तहको निर्वाचन मितिबारे सरकारलाई सुझाव दिने बताइएको छ । यसअघि गत मंगलबार बसेको बैठकमा संवैधानिक व्यवस्थाअनुसार वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने सैद्धान्तिक सहमति भएको नेताहरूले बताएका थिए ।