असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

 न्यूज विराट
असुरक्षित गर्भपतनले महिलाको मृत्यु, मेडिकल संचालक पक्राउ

विराटनगर । असुरक्षित गर्भपतन गराउने क्रमम झापाको एक जना महिलाको मृत्यु भएको छ । औषधि पसलले गर्भपतन गराउनका लागि दिएको औषधि सेवन गर्दा दमक नगरपालिका–४ की ४० वर्षीया कल्पना राईको मृत्यु भएको हो ।

मोरङको उर्लाबारी–६ मा रहेको आश्रय मेडिकल हलले गर्भपतन गर्न दिएको औषधि सेवनबाट राईको अत्यधिक रक्तश्राव र संक्रमणका कारण उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनले दमक–४ घर भई उर्लाबारीमा मेडिकल पसल सञ्चालन गर्दै आएको ४० वर्षीय सन्तोष घिमिरेलाई घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको बताए ।
घिमिरेको मेडिकल हलमा जेठ ३२ गते गर्भपतन गराउनका लागि कल्पना पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘आश्रय मेडिकल हल पुगेकी कल्पनालाई औषधि दिएर अवैध तरिकाले गर्भपतन गराउँदा मृत्यु भएको खुलेको छ । मेडिकल सञ्चालकले अवैध तरिकाले गर्भपतन गराउन औषधि खुवाएका थिए । कल्पनालाई कुन औषधि दिइएको खुल्न सकेको छैन ।’

घिमिरेले सञ्चालन गरेको मेडिकल हल गर्भपतन गराउनका लागि अनुमति प्राप्त गरेको संस्था नभएको प्रहरीले जनाएको छ ।
घिमिरेले गर्भपतनका लागि खान दिएको औषधि खाएपछि कल्पनालाई रक्तश्राव हुन थाल्यो र नरोकिएपछि उर्लाबारीको मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा थप उपचार लागि घिमिरेले नै लगेका थिए । ‘अस्पताल भर्ना गर्दा कल्पनाका श्रीमान युवराज पनि सँगै गएका थिए । गम्भीर अवस्थामा अस्पताल पुगेकी कल्पनालाई चिकित्सकले परीक्षण गर्दा गर्भमा रहेको शिशुको मृत्यु भइसकेको पत्ता लाग्यो,’ डिएसपी दाहालले भने ।

अस्पताल ल्याउँदा अवस्था धेरै गम्भीर रहेको र यहाँभन्दा पनि सुविधासम्पन्न अस्पतालमा थप उपचारका लागि लैजान भनेका थियौं, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविकुमार साहले भने, ‘उनको परिवारले अन्यत्र लैजान आर्थिक समस्या रहेको भनेपछि यहाँ नै उपचार थाल्यौं । रक्तश्राव रोक्न र गर्भभित्रको मृत बच्चा निकाल्नका लागि शल्यक्रिया गरे पनि रक्तश्राव रोकिएन ।’
बिरामीको शरीरमा ‘हेमोग्लोबिन’को कमी देखिएर अवस्था झन् गम्भीर भएपछि थप उपचारका लागि रेफर गरिएको डाक्टर साहले बताए । शनिबार राति नै थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियूमा भर्ना गरिएको थियो । त्यहाँ उपचार गर्दैगर्दा आइतबार बिहान पौने ४ बजेति मृत्यु भएको प्रहरीले जनाएको छ ।

धरानमा उपचारका क्रममा मृत्यु भएपछि कल्पनाको शव ल्याएर ट्रमा सेन्टर अगाडि राखेर परिवार र आफन्तले ट्रमा सेन्टर र चिकित्सकविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले चिकित्सकको लापरबाहीले गर्दा घटना भएको भन्दै आइतबार दिनभर ट्रमा सेन्टर अगाडि शव राखेर लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका थिए।

प्रहरीले घटनाको अनुसन्धान गर्दा गर्भपतन गराउन मेडिकल पसलले दिएको औषधि सेवनबाट महिलाको मृत्यु भएको देखिएपछि सञ्चालक घिमिरेलाई पक्राउ गरी मोरङ अदालतमा सोमबार ज्यान सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
मृतकको शव कोशी अस्पतालमा पोष्टमार्टपछि परिवारले बुझेर लगेको प्रहरीले जनाएको छ ।

सुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर बालकृष्ण साहले बताए । उनका अनुसार असुरक्षित गर्भपतनले अत्यधिक रक्तश्राव हुने, औजारको प्रयोगबाट गरिएको गर्भपतनमा पाठेघरमा चोट लाग्ने, घाउ हुने, प्वाल पर्ने, संक्रमण हुन सक्ने जोखिम हुन्छ । पटक पटक गर्भपतन गर्ने महिलामा बाँझोपनको समस्या हुने उनले बताए । सुरक्षित तरिकाले गर्भपतन नगराउँदा महिलाको ज्यान पनि जान सक्छ ।
मान्यता प्राप्त स्वास्थ्य संस्थामा तालिम लिएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराए स्वास्थ्यमा खासै असर नपर्ने उनले बताए ।
तर समाजको डर र अनिच्छित गर्भधारण आदिका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गर्छन् । औषधिको सेवन र औजारको प्रयोगबाट गर्भपतन गराईन्छ ।

सम्बन्धित समाचार

नेकपा दावी गर्न दुवै पक्षको प्रमाण पुगेनः निर्वाचन आयोग

काठमाडौं, १८ पुस-नेकपाकाे आधिकारिकता र चुनाव चिन्ह विवादमा निर्वाचन आयाेगले दुवै पक्षसँग थप कागजात मागेकाे छ । शुक्रबार आयाेगले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरी थप कागजात पेस गर्न भनेकाे हाे । केपी ओली र प्रचण्डलाई...

कमल थापामहाभियोग ठिक बाटो होइन :कमल थापा

काठमाडौं, १ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग ठिक बाटो नभएको प्रतिक्रिया दिएका छन् । उनले न्यायालयमा जारी अराजकता अन्त्य गर्न आवश्यक भए पनि त्यसका लागि महाभियोगको बाटो...

शिक्षादीपमा विद्यार्थीको आकर्षण, नयाँ विद्यार्थीलाई दिइयो अभिमुखिकरण

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको पहिलो रोजाइको केन्द्रमा परेको विराटनगरस्थित शिक्षादीप कलेजकमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण गराएको छ ।कलेजले बिहीबार स्कुल परिसरमा एक भव्य कार्यक्रम आयोजना गरी कक्षा ११ को...

बाजुरामा जनप्रतिनिधिकै कारण कोरोनाको जोखिम

बाजुरा, १८ वैशाख-बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा पनि बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको हो । जिल्ला स्तरीय कोभिड–१९...

देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९८५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका...

साफ च्याम्पियनसिपमा आज श्रीलंकासँग भिड्दै नेपाल, लगातार दोस्रो जितको दाउ

साफ च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दैछ । माल्दिभ्सको मालेको हुने आफ्नो दोस्रो खेलमा नेपालले  श्रीलंकासँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो...

अब फेरी त्यो असार १५ कहिले आउँछ होला ?

आमा– ए नानी हो आज स्कुलवाट न अल्मलिकन सरासर घर आउनु ।  हामि– किन ? आमा– असार १५ आयो, थापा दाईलाई ढिकि कुट्ने वन्दोवस्त गरेकी छु । चिउरा  भिजाउनु पर्छ, खोलेको भाँडो माझेर पानि तताउनु...

६८ औँ सहकारी दिवसको अवसरमा विराटनगरमा मोटरसाईकल र्याली, हजार बढीको सहभागीता

विराटनगर । ६८ औँ सहकारी दिवसको अवसरमा विराटनगरमा बृहत मोटरसाईकल र्याली निकालिएको छ । सोमबार अपराहन्न विराटनगरस्थित पुष्पलाल चौकबाट निकालिएको बृहत मोटरसाइकल र्याली रोडशेष चोकमा सम्पन्न भएको थियो ।र्यालीमा एक हजार बढी संख्यामा सहकारी अभियान्ता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्