कमल थापामहाभियोग ठिक बाटो होइन :कमल थापा - News Birat

कमल थापामहाभियोग ठिक बाटो होइन :कमल थापा

न्यूज विराट

काठमाडौं, १ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता गरिएको महाभियोग ठिक बाटो नभएको प्रतिक्रिया दिएका छन् ।

उनले न्यायालयमा जारी अराजकता अन्त्य गर्न आवश्यक भए पनि त्यसका लागि महाभियोगको बाटो ठिक नभएको बताएका छन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायालयमा लामो समयदेखि कायम अराजकताको अन्त्य आवश्यक थियो । तर,महाभियोग ठिक बाटो होइन। विगतमा पनि कंग्रेस र माओवादी मिलेर तत्कालीन प्रन्या सुशीला कार्कीविरुद्ध महाभियोग लगाउँदा नैतिकताका आधारमा हामी सरकारबाट अलग भएका थियौँ । यस्ता कार्यले न्यायपालिकाको स्वतन्त्र अस्तित्त्वमा आघात पुग्छ ।’

सत्ता गठबन्धनले आइतबार राणाविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles