उच्च भन्सार दर राखेको सामान सहज रुपमा आयात दिनुपर्ने माग

 न्यूज विराट
उच्च भन्सार दर राखेको सामान सहज रुपमा आयात दिनुपर्ने माग

विराटनगर । भारतले उच्च भन्सार दर राखेको सामान नेपालले ओजिएल अन्तर्गत विना रोकटोक आयात गर्न दिनु पर्ने यहाँका उद्योगी व्यवसायीहरुले माग राखेका छन् । मोरङ व्यापार संघको विराटनगरमा सोमबार भएको ६६ औँ साधारण सभाको उद्घाटन शत्रमा उद्योगी व्यवसायीहरुले यस्तो बताएका हुन् ।

उनीहरले ‘भारतसँग खुला सिमानालाई नेपालीले ‘स्ट्रेन्थ’ का रूपमा लिनु पर्ने’ भन्दै मोरङका व्यवसायीले हाकाहाकी अनधिकृत निर्यात ब्यापारलाई प्रवर्द्धन गर्नु पर्ने बताए । कार्यक्रमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भारतले उच्च भन्सार दर राखेको सामान नेपालले ओजिएलअन्तर्गत विना रोकटोक आयात गर्न दिनु पर्ने बताए ।

‘हाम्रा लागि यो खुला सिमाना एउटा अवसर हुनसक्छ’, उनले भने, ‘खुला सिमानाका कारण भारत जाने सामानको आयात गर्दा भन्सार महसुल, मूल्य अभीबृद्धि कर (मुअकर) तिरिएको हुन्छ र व्यापारीको लाभबाट आयकर पनि सरकारले प्राप्त गर्छ । अहिले भारतमा डलरको मूल्य भारु ८२ छ । नेपालमा डलर रेमिट्यान्सबाट आउँछ। यसरी तेस्रो मुलुकका सामान ओजिएलअन्तर्गत बेरोकटोक आयात गर्न दिने हो भने हामी एक डलरलाई भारु ११० सम्ममा भजाउन सक्छौँ ।’ रिजालले नेपालका उद्योगको उत्पादन–लागत बढी हुँदा भारतका उद्योगसित समुद्रपारतर्फको निर्यातमा प्रतिस्पर्धा गर्न नसकेको बताए ।
उनले भारतीय उद्योगहरूको आर्थिक हैसियत र उत्पादन–क्षमता नेपालका उद्योगको भन्दा धेरै ठुलो भएको बताए ।

उनले समुद्रपारका मुलुकमा निर्यात गर्ने नेपालका उद्योगको कोलकाता बन्दरगाहसम्म गरेको ढुवानीको र पोर्ट क्लियरिङमा लागेको खर्च नेपाल सरकारले ब्यहोर्नुपर्ने आग्रह गरे । उनले सरकारले यी दुई खर्चमा व्यवसायीलाई सहुलियत दिए समुद्रपारतर्फको निर्यात ठुलो मात्रामा वृद्धि हुने दाबी गरे ।
उनले व्यवसाय गर्दा नाफा मात्रै नभई घाटासमेत हुने तर घाटाको ब्यालेन्स सिटलाई कर कार्यालयले मान्यता नदिने हुँदा यस नीतिलाई सच्याउनुपर्ने सुझाव दिएका छन् ।
रिजालले आलु, प्याज तथा फलफूलजस्ता दैनिक उपभोगका वस्तुमा लगाइएको मूअकर तुरुन्त खारेज गर्नुपर्ने बताए ।
उनले आलु, प्याज र फलफूलको मूअकरले सर्वसाधारणको जीविकामा ठुलो असर परेको जिकिर गरे । यसबाट अवैध आयात पनि उत्तिकै बढेको उनको ठहर छ ।
उनले घिउतेलको कच्चा पदार्थमा भन्सार महसुल १० प्रतिशत बनाइएपछि भारतबाट खाने तेलको अवैध आयात वृद्धि भएको भन्दै यसलाई साबिककै १ प्रतिशतमा ल्याउन अनुरोध गरे ।
उनले मेल्टिङमा आधारित फलामे उद्योगले उत्पादन गरेको टीएमटीमा प्रति किलो १ रुपैयाँका दरले अन्तःशुल्क लगाएका कारणले बिलेटको आयातलाई प्रोत्साहन भएको चर्चा गरे ।

सम्बन्धित समाचार

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं, २० मंसिर-नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । पार्टी सचिवालय बैठक सुरु भएको र...

विराट गोल्डकप : घरेलु टोली सांग्रीला फाइनलमा, आज मच्छिन्द्र र सिक्किम भिड्दै

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा...

मैथिली लोक संस्कृतीको संरक्षणमा महत्वपूर्ण योगदान गरेका पूर्वसांसद नेपाली सम्मानित

विराटनगर, २५ पुस । राष्ट्रियसभाका पूर्वसांसद तथा दलित आन्दोलनका शिर्ष नेता खेम नेपाली सम्मानित हुनुभएको छ । मैथिली लोक, कला तथा भाषा संस्कृती संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्व सांसद नेपालीलाई अप्पन विराटगढ परोपकार समाजले...

कोरोना भ्याक्सिन परीक्षण : नतिजा आज आउन सक्ने 

एजेन्सी, साउन १-अक्सफोर्ड युनिभर्सिटी र फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकाले तयार गरेको कोरोना भ्याक्सिन परीक्षणको नतिजा आज आउन सक्ने बताइएको छ । बेलायतको आइटिभी नेटवर्कका राजनीतिक सम्पादक रोबर्ट पेस्टनले विशेष सुत्रको हवाला दिँदै परीक्षणको नतिजा आजै आउन...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

चीनले जित्यो ओलम्पिकको पहिलो स्वर्ण

टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् । सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले...

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

सामान्य अंकले नेप्से बढ्दा पनि ५६ कम्पनीले कमाए नाफा

काठमाडौं, ७ असोज । यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन् । बिहीबार कारोबारमा आएका २ सय २८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्