विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले मन्टेश्वरी कक्षाका विद्यार्थीका अभिभावकसँग कार्यशालाको आयोजना गरेको छ । विद्यालयले शिक्षण सिकाइका लागि अपनाउँदै आएका कृयाकलापका विषयमा अभिभावकलाई जानकारी गराउने उद्देश्यका साथ कार्यशाला आयोजना भएको हो ।
शुक्रबार नर्सरी र एलकेजीका विद्यार्थीका अभिभावकसँग कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा सहभागि अभिभावकलाई सम्वोधन गर्दै विद्यालयका प्राचार्य ९प्रिन्सिपल० टिकाराम पुरीले युग सुहाउँदो शिक्षण सिकाईका लागि आफूहरुले प्रयत्न गरिरहेको भन्दै यसलाई सार्थक बनाउँदै लैजान अभिभावकको समेत सहयोग आवश्यक रहेको चर्चा गरे । उनले बाल मनोविज्ञानलाई बुझेर उनीहरुकै सहभागितामा विभिन्न प्रयोगात्मक विधिका साथ शिक्षण सिकाई हुँदै आएको भन्दै बाल मनोविज्ञानलाई अभिभावकले समेत बुझ्न आवश्यक रहेको बताए ।
गर्भावस्थादेखि नै बालबालिकाको ‘केयर’ आवश्यक रहेको चर्चा गर्दै उहाँले सानै उमेरबाट नै दिईने वातावरणले बालबालिकाको भविष्यलाई निर्धारण गर्ने बताए । हिजो बालबालिकालाई नियन्त्रण कन्ट्रोलमा राख्ने विधि अपनाउने गरिएको स्मरण गर्दै उनले अहिले त्यो पद्धत्ति गलत सावित भइसकेको बताए । उनले भने, ‘हिजो हामी शासनमा राख्न खोज्थ्यौं, त्यो गलत थियो । अब साथी बनाएर हरेक कुरामा सहभागि गराएर अघि बढ्नुपर्ने छ ।’ नियन्त्रणमा राख्न खोज्दा बालबालिका विद्यालयमा गुरुहरुसँग र घरमा अभिभावकहरुसँग टाढिन पुग्ने मात्रै नभई बढ्दो उमेरसँगै डिप्रेसनमा जाने, कुलतमा फस्नेलगायतका विभिन्न समस्याहरु देखापर्ने प्रिन्सिपल पुरीले बताए ।
कार्यशालामा विद्यालयका सहायक प्राचार्य टीएन भण्डारीले विद्यालयले सिकाएको शिक्षण पद्धति अनुरुप अभिभावकले पनि भूमिका निर्वाह गर्न सक्दा बालबालिकालाई कुशल ब्यक्तित्व बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले त्यसका लागि अभिभावकहरुले केहि विषयमा विशेष ध्यान दिन आग्रह गरे । करिब एक सय जना अभिभावकको सहभागिता रहेको कार्यशालामा सहभागीहरुलाई विभिन्न विधिबाट मनोरञ्जन दिलाउँदै बालबालिकाले कसरी सिक्छन् भन्ने विषयमा जानकारी दिइयो । मन्टेश्वरी तहकी इन्चार्ज रेश्मी क्षेत्रीले अभिभावकहरुलाई सिकाईका विषयमा व्यवहारिक रुपमा जानकारी गराए ।
कार्यशालामा अभिभावकहरुले पनि बालबालिकाले जस्तै खेल्दै, प्रयोगात्मक गर्दै, शिक्षण सिकाईको बिषयमा जानकारी लिएका छन् । अभिभावक तथा वरिष्ठ नायव निरिक्षक यज्ञराज शर्माले विद्यालयले अपनाएको शिक्षण सिकाई विधि अत्यन्तै राम्रो रहेको भन्दै कार्यशालाले अभिभावकलाई पनि बाल मनोविज्ञान अनुसारको वातावरण बनाउन उत्प्रेरित गरेको बताए ।
एजेन्सी, ८ असोज-भारतका केन्द्रीय रेल राज्य मन्त्री सुरेश अंगडीको कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमणका कारण मृत्यु भएको छ । उनको दिल्ली स्थित एम्स अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ११...
विराटनगर, १७ पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विपन्न परिवारलाई ब्ल्यांकेट र न्यानो कपडा वितरण गर्दै अंग्रेजी नयाँ वर्ष मनाएको छ । कठ्यांग्रीदो जाडोबाट बच्नको लागि विराटनगरस्थित खार्जीका स्थानीयलाई क्लबले ब्ल्यांकेट र न्यानोकपडा वितरण...
संखुवासभा, ५ माघ । संखुवासभाको चिचिला गाउँपालिका- २ का वडाध्यक्षमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको छ । मंगलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राईमाथि अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक...
विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...
काठमाडौं, २० साउन-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा...
विराटनगर । विराटनगरमा दशैँ फुड फेस्टिवल हुने भएको छ । विजया दशमीको अवसर पारेर विराटनगरको ट्राफिक चोकदेखि महेन्द्र चोकसम्म असोज २८ देखि कार्तिक ४ गतेसम्म दशैं फुड फेस्टिल हुने भएको हो । मञ्जिना मुभिज क्रिएसन...
एजेन्सी, जेठ २८-अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका उनको सुरुमा स्वास्थ्यमा...
ललितपुर, १५ असार-ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिका-७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय...