यामाहाले ल्यायो रे जेडआर १२५ हाइब्रिड स्कुटर विराटनगरको बजारमा
मङ्गलबार, ३० जेठ, २०८०,
न्यूज विराट
विराटनगर । रे जेडआर १२५ हाइब्रिड, स्मार्ट मोटर जेनेरेटरसहितको हाइब्रिड स्कुटर विराटनगरको बजारमा आएको छ । यामाहा नेपालका विराटनगरको लागि आधिकारीक विक्रेता तिरुपति अटो प्यालेस प्रालिले विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरी रे जेडआर १२५ हाइब्रिडस्कुटर बजारमा आएको जानकारी गराएको हो ।
यामाहा नेपालले ल्याएको रे जेडआर १२५ हाइब्रिडमा चार ट्रिमहरू स्ट्यान्डर्ड, डिलक्स र प्रिमियम–प्रिमियम प्लस उपलब्ध छन् । रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड १२५ सिसी ब्लु कोर इन्जिन छ । साइलेन्ट स्टार्टरका रूपमा पनि चिनिने यो प्रणाली इन्धन दक्षतालाई मद्दत गर्न इलेक्ट्रिक मोटरका रूपमा दोब्बर हुन्छ । इलेक्ट्रिक पावर सपोर्टको सिमलेस एकीकरणले इन्धनको बचत मात्र गर्दैन, समग्र सवारी अनुभवलाई पनि बढाउँछ ।
रे जेडआर १२५ हाइब्रिड एक पुनः डिजाइन गरिएको हो, जसमा पूर्ण डिजिटल इन्स्टुमेन्ट क्लस्टर र एलइडी हेडल्याम्प रहेको छ । १४५ एमएमको ग्राउन्ड क्लियरेन्सका साथ मात्र ९९ किलोग्राम तौल भएको यसमा युनिफाइड ब्रेकिङ सिस्टम (युबिएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन र २१ लिटर अन्डर–सिट भण्डारण सुविधा छन् ।
यामाहा नेपालका विराटनगरको लागि आधिकारीक विक्रेता तिरुपति अटो प्यालेस प्रालिका निर्देशक नयन पराजुलीले जेडआर १२५ हाइब्रिड सिरिजबारे भने, ‘अल्टिमेट स्कुटर बाइकिङ एरोक्सको सफल सुरुवातपछि नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर हाइब्रिड लन्च गर्न पाउँदा यामाहा नेपाल गौरवान्दित छ । यसले शक्ति, शैली र सुरक्षाको संयोजन गर्छ, जसले गर्दा हाम्रा मूल्यवान् ग्राहकलाई अत्याधुनिक उत्पादन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ फराकिलो बनाउँछ ।’ रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य दुई लाख ७९ हजार नौ सयबाट सुरु हुन्छ ।
कार्यक्रमको प्रमुख अतिथि सिएनआइ कोशी प्रदेशका अध्यक्ष भिम घिमिरे रहेका थिए ।
काठमाडौं, जेठ २६ । नेपाली रुपैयाँ कमजोर अवस्थामा पुगेको छ । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च बनेको छ । बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १२४.६८ रुपैयाँ बिक्री...
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा करिब २० लाखबराबरको झण्डा र ब्यानर लाग्ने देखिएको छ । महाधिवेशनका लागि झण्डा, ब्यानर र गेट व्यवस्थापनको जिम्मा पाएका कांग्रेस नेता गोविन्द पुडासैनीका अनुसार काठमाडौंमा मात्रै पार्टीका करिब १० हजार झण्डा...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सडक सरसफाई गर्ने महिला कर्मचारीहरुलाई लत्ता कपडा र मिठाई वितरण गरेको छ । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीको उपस्थितीमा क्लबले सडक सफाई गर्ने ५० जना महिला कर्मचारीहरुलाई...
काठमाडाैं, १८ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका छन् । पौडेलसहित कांग्रेस नेताहरू अनसनरत ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरूलाई भेट्न बसन्तपुर पुगेका हुन्। क्वारेन्टाइन व्यवस्थापन गर्नुपर्ने, पीसीआर...
विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित...
विराटनगर, १७ असार । रोटरी क्लब अफ विराटनगर डाउन टाउनको अध्यक्षमा रेखा राठी चयन भएकी छिन् । उनी वर्ष २०२२–२३ का लागि अध्यक्षमा चयन भएकी हुन् । महिलाहरुलाई संगठित गरेर विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै...
विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – ५ मा राम चन्द्र सोरेन अर्जुन स्मृति प्रतिष्ठानको भवन निमार्णको काम सुरु भएको छ । चालु आर्थिक वर्षमा काम सकिने गरी उक्त भवनको शिलन्यास बिहीबार भएको हो । सो...
नेकपा (एमाले) निकट विध्यार्थी संगठन अनेरास्ववियु ओखलढुंगामा व्यापक विवाद देखिएको छ । केन्द्रीय सचिव आरती भट्टराईले सर्कुलर विपरित गतिविधि गरेको भन्दै विवाद चुलिएको हो ।अनेरास्ववियु केन्द्रीय कमिटीको दोश्रो पुर्ण बैठकले संगठनको सन्दर्भमा २३ औं राष्ट्रिय...