राशिफल

कांग्रेसको १४औँ महाधिवेशन: झण्डा, ब्यानर र गेट सजावटमा मात्रै कांग्रेसको २० लाख खर्च

 न्यूज विराट
कांग्रेसको १४औँ महाधिवेशन: झण्डा, ब्यानर र गेट सजावटमा मात्रै कांग्रेसको २० लाख खर्च

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा करिब २० लाखबराबरको झण्डा र ब्यानर लाग्ने देखिएको छ । महाधिवेशनका लागि झण्डा, ब्यानर र गेट व्यवस्थापनको जिम्मा पाएका कांग्रेस नेता गोविन्द पुडासैनीका अनुसार काठमाडौंमा मात्रै पार्टीका करिब १० हजार झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डा राखिने काम भइरहेको हो ।

१० हजारमा ५ हजार झण्डा रुख चिह्न अंकित हुनेछन् । रुख चिह्न भएको झण्डा भने सबै एकै आकारका हुनेछन् । बाँकी ५ हजार झण्डा भने फरकफरक आकारका रहनेछन् । कम्तीमा ७५ देखि ३ सय रुपैयाँसम्मका झण्डा महाधिवेशनमा प्रयोग हुने पुडासैनीले बताए ।

त्यस्तै, महाधिवेशनको प्रचारका लागि विभिन्न ठाउँमा ब्यानर टाँग्ने काम भइरहेको छ । पुडासैनीका अनुसार आकाशे पुलहरूमा अहिलेसम्म करिब ५० प्रतिशत ब्यानर राख्ने काम सम्पन्न भइसकेको छ । बुधबार बेलुकीसम्म लगभग सबैतिर ब्यानर राखिसकिएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...