औषधी व्यवसायी संघको ५० औंं स्थापना दिवस मनाउने, हप्ताभरी गर्ने यस्ता छन् कार्यक्रम
मङ्गलबार, ३० जेठ, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवस विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विविद्य कार्यक्रम आयोजना गरी हप्ताभरी संघको स्थापना दिवस मनाउने निर्णाय गरेको हो ।
कार्यसमितिको ५१ औं बैठकले असार ५ गतदेखि १० गतेसम्म हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाउने निर्णय गरेको संघका अध्यक्ष लक्ष्मी प्रसाद तिम्सिनाले जानकारी दिए । संघको स्थापना दिवस असार १० गते पर्दछ । सोही अवसर पारेर संघको स्थापना दिवसमा रक्तदान कार्यक्रम, कोशी अस्पतालका विरामीलाई फलफूल वितरण, निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सामाग्री वितरण, अग्रज औषधी व्यवसायीलाई सम्मान, झण्डोतोलनलगायतका कार्यक्रमहरु आयोजना गरी मनाउने निर्णय भएको तिम्सिनाले जानकारी दिए । यस वर्ष संघको स्थापना दिवस भव्य र सभ्य तरिकाले मनाउने उनले बताए । संघको स्थापना दिवस प्रत्येक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।
यस वर्ष हप्ताभरी कार्यक्रम गर्नको लागि संघले संयोजक र सह–संयोजकहरु पनि तोकेको छ । कार्यक्रमको मुल संयोजकमा संघका उपाध्यक्ष देशबन्धु ढकाल रहेका छन् । सह–संयोजकहरुमा प्रकाश धिमाल, पुष्पराज पोखरेल, सरिता चौधरी श्रेष्ठ, अनिल शर्मा चौधरी रहेको संघका उपाध्यक्ष तथा प्रवक्ता ढकालले जानकारी दिए ।
विराटनगर, साउन ३२, प्रदेश १ मा एक दर्जन पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । आइतबार थप एक पत्रकारमा पुष्टि भएसँगै संक्रमित पत्रकार तथा सञ्चारकर्मीको संख्या १२ पुगेको हो । अहिलेसम्म फ्रन्टलाईनमा रहेर रिपोर्टिङ...
विराटनगरमा, १८ माघ । आफैँले बोकेको ग्रिनेट पड्किँदा घाइते भएका नेपाली सेनाका जवान अर्जुन आचार्यको मृत्यु भएको छ । तालिमका क्रममा आफैँले बोकेको ग्रिनेट पड्किँदा सैनिक जवान आचार्य दुई महिनाअघि घाइते भएका थिए । घाइते आचार्यलाई सेनाले उपचारका लागि...
विराटनगर । प्याब्सन प्रेसिडेन्ट कप यू – १५ फुटबल प्रतियोगितामा मोरङको रंगेली नगरपालिका १ मा रहेको सनरे बोडिङ स्कुल छनौट भएको छ ।नगर स्तरीय छनोट चरणमा बालदेवदुत बोर्डिङ स्कुललाई पेलान्टी सुटआउटमा २–१ गोलले हराउँदै सनरे...
एजेन्सी, ८ पुस । भारतको पञ्जाबस्थित लुधियाना अदालत परिसरमा विष्फोट भएको छ । विष्फोटमा परी दुई जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विष्फाेटमा अन्य केही घाइते भएका छन् । अदालत भवनको दोस्रो तलामा...
कांग्रेसले दर्ता गराएको राजधानीको नाम मध्य मधेश राख्नुपर्ने प्रस्तावपनि बहुमतले अस्वीकृत भएको छ । कांग्रेस सांसद रावजेश्वर प्रसाद शाहले दर्ता गराएको प्रस्ताव बहुमतले अस्वीकार गरेको हो । सो प्रस्तावको पक्षमा ४२ मत परेको छ भने विपक्षमा...
काठमाडौं, १३ भदौ । नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ८८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...
काठमाडौं, फागुन ३–चीनको हुपेई प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ५२६ पुगेको छ । शनिबारसम्म चीनमा उक्त भाइरसबाट मर्नेको संख्या १ हजार ५२६ पुगेको हो । यो भाइरसका कारण...
विराटनगर । मोरङ जिल्ला कारागारमा एक जना बन्दीको शंकास्पद मृत्यु भएको घटनामा छानविन समिति गठन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार यादवको नेतृत्वमा चार सदस्यीय छानविन समिति बुधबार गठन भएको हो ।...