विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूर्टिपालर तालिम (एडभान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्युटि केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूर्टिपालर तालिम सोमबार समापन भएको हो ।
तालिममा विराटनगरका एक दर्जन महिलाहरूको सहभागिता रहेको थियो । तालिमको सहजिकरण मिनाज ब्युटि केयर एण्ड पार्लरकी संचालिका तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन विराटनगरकी अध्यक्ष भली सुब्बा गुरूङले गरेक थिइन् । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका ५ का वडाअध्यक्ष सन्तोष न्यौपानेले यस्ता सिपमुलक तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताए । आगमी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्ता दिएर अगाडी बढने उनले बताए । सहभागीहरुले यस्ता तालिमले महिलाहरू सीप आर्जन गरि आत्मनिर्भर बनाएर स्थानिय स्तरमा दक्ष जनशक्ती तयार हुने बताए । उनीहरुले सिकेको सिप व्यर्वहारमा उतारेर अगाडी बढने बताए । कार्यक्रममा विराटनगर महागनरपालिकाकी सामाजिक विकास शाखाकी प्रमुख अनिता न्यौपानेले महिलाहरुको लागि यस्तो सिप मुलक कार्यक्रम अपरिहार्य रहेको बताइन् । कार्यक्रममा नेपाल राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशकी सचिब कला डाँगी, विराटनगरकी निर्वतमान अध्यक्ष अमिता पोखरेललगायतको सहभागिता रहेको थियो ।
काठमाडौं, फागुन १३–नेपालको अग्रणी मोबाइल भुक्तानी नेटवर्क कम्पनी फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाअन्तर्गतका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल...
वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कताअपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केहीदिन यता राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ । तराईका जिल्लाहरूमा बिहानीपख हुस्सु तथा कुहिरो लागिरहेको...
काठमाडौं, भदौ ३०। नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको...
नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा आज नतिजा पोजिटिभ देखिएको खड्काले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । कोरोना पुष्टिपछि अहिले उनी होमआइसोलेसनमा बसेका छन् । कोरोनाका...
काठमाडौं, फागुन १३-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको छ । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको हो ।...
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा दुई रुपैयाँले मूल्य समायोजन...
विराटनगर । रिसर्चमा आधिरित विद्यार्थी उत्पादन गरेर विराटनगर – ३ मा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साईन्स एण्ड टेक्नोलोजी (पुस्याट) लाई चिनाउनुपर्नेमा एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । फुस्याट कलेजले दिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी...