ग्रिनल्याण्ड कलेजका ३९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति

 न्यूज विराट
ग्रिनल्याण्ड कलेजका ३९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति

विराटनगर । विराटनगर – ९ स्थित ग्रीनल्याण्ड कलेजबाट १२ कक्षा उत्तीर्ण गरेका ३९ जना छात्रछात्राले उच्च शिक्षा अध्ययन गर्न विभिन्न विधामा निःशुल्क छात्रवृत्ति प्राप्त गरेका छन् ।


विद्यालयलयद्वारा बिहीबार यहाँ आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा सो जानकारी दिइएको हो । यसरी छात्रवृत्ति प्राप्त गर्नेहरुमा चिकित्सा शिक्षा अध्ययनतर्फ पाँच, विएस्सी नर्सिङ्गतर्फ छ, इन्जिनियरिङमा १३, बि फर्मामा दुई, बिएमएलटिमा छ, बिएस्सी कृषिमा तीन, बिभि विज्ञानमा एक र बिबिएमा तीन जना रहेका छन् ।


सो अवसरमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई विद्यालयका प्राचार्य दिपक पोखरेल, निर्देशक राजीव मिश्रा संस्थापक कृष्ण यादव, र पिताम्वर लुइेटेल सम्मान गर्दै शिक्षक , अभिभावकहरुको मार्गदर्शन , सुझाव एवं विद्यार्थीहरुको लगनशीलता सफलता प्राप्त गरेको बताए ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु इच्छा खतिवडा, समीक्षा कार्की, कुन्दन यादवले गुरुहरुको गुणस्तरीय अध्ययनले आज सफलता प्राप्त गर्न सफल भएको धारणा राखे ।
विद्यालयले कक्षा ११ देखि विद्यार्थीहरुलाई इन्जिनियरिङ , चिकित्सा शिक्षा र व्यवस्थापनतर्फको प्रवेश परीक्षाको तयारी कक्षाहरु सञ्चालन गर्दै आइरहेको निर्देशक मिश्राले जानकारी दिए । विसं २०७१ नयाँ व्यवस्थापनमा सञ्चालित विद्यालयमा हाल विज्ञान, कम्प्यूटर , व्यवस्थापन र होटल व्यवस्थापन गरी एक हजार पाँच सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
आर्थिक वर्ष २०७९÷८० मा मोफसलबाट विद्यालयका विद्यार्थीहरुले सबैभन्दा धेरै छात्रवृत्ति निकाल्ने सफल भएको बताइएको छ ।

सम्बन्धित समाचार

एम्स कलेजकी ममता राई भइन् नेपाल तेस्रो र प्रदेश प्रथम, कलेजले गर्यो सम्मान

विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजमा अध्ययरत ममता राई नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी छिन् ।राईले विएचएम चौथो समेष्टरको परीक्षामा ३. ९८ जिपिए ल्याइ नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी हुन्...

आज विराटनगरमा २४५ जनामा कोरोना संक्रमण

विराटनगर, ११ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा...

पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन

दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको...

श्रोत नखुलेको ९ लाखसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । श्रोत नुखलेको ९ लाख रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १४ बाट सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्रोत...

अन्तःशुल्कको स्टिकरसहित व्यापारी पक्राउ प्रकरण, १९ लाख ८८ हजार धरौटिमा रिहा

विराटनगर । एक पटक प्रयोग भइसकेको अन्तःशुल्कको स्टिकर पुनप्र्रयोग गरेर राज्यलाई कर छली गरेको आरोपमा पक्राउ परेका व्यापारी मोरङको धनपालथान गाउँपालिका – ४ का ४८ वर्षीय सुनीलकुमार राजवंशी झण्डै २० लाख रुपैयाँ धरौटिमा रिहा भएका...

नर्सिङ्ग क्याम्पसको प्रशासनिक र प्रमुखको आवास गृह उद्घाटन

विराटनगर । विराटनगर नर्सिङ्ग क्याम्पसको शैक्षिक, प्रशासनिक एवं क्याम्पस प्रमुखको आवास गृहसहितको भवन संचालनमा आएको छ । क्याम्पसन परिसरमा तीन तलाको भवनको बुधबार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको हो ।उक्त आवास गृहसहितको प्रशासनिक भवनको...

लकडाउनले पनि असर नगरेको रोजगारी 

काठमाडौं,२१ जेठ-कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा छ । ११ चैतदेखि सुरु भएको लकडाउन ३२ जेठसम्म लम्बिएको छ । कोरोना सक्रमितको तथ्याङ्क बढ्दो छ । बुधबारसम्म देशभर २ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ...

पैसा फाल्दै हिँड्ने महिलाको पीसीआर परीक्षणमा देखिएन कोरोना

जनकपुरधाम, ७ वैशाख -जनकपुरधामको महावीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्