आन्दोलनकारी र प्रहरीबीच झडपमा ४६ घाइते : ३८ राउण्ड हवाइ फायर, ७४ सेल अश्रुग्यास प्रहार

 न्यूज विराट
आन्दोलनकारी र प्रहरीबीच झडपमा ४६ घाइते : ३८ राउण्ड हवाइ फायर, ७४ सेल अश्रुग्यास प्रहार

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै विराटनगरस्थित प्रदेश सभाअगाडि प्रर्दशन गर्ने क्रममा प्रहरी र पहिचान पक्षधरबीच भएको झडपमा परी ४६ जना घाइते भएका छन् ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा झडप भएको थियो । झडपमा परी ४६ जना घाइते भएका छन् ।

प्रहरीले भिड नियन्त्रण लिन ३८ राउण्ड हवाइ फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । झडपमा परी १६ जना प्रर्दशनकारी र ३० जना प्रहरी घाइते भएका छन् । भीडलाई तितरबितर बनाउन प्रदेश प्रहरी कार्यालय विराटनगरबाट ल्याएको गाडीबाट प्रहरीले पानीको फोहरा पनि हानेको थियो । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेशको नाम गत फागुन १७ गते कोशी राखेसँगै पहिचानवादीले आन्दोलन सुरु गरेका थिए । त्यसपछि प्रदेशसभाको बैठक आज बसेको हो ।

सम्बन्धित समाचार

कोरोनाविरुद्ध होमियो पैथिक चिकीत्सक प्रयोगगर्न आग्रह

विराटनगर,३१ बैशाख ,कोरोना संक्रमणले विश्व आक्रान्त भईरहेको बेला होमियो प्याथीक उपचारलाई पद्धतीलाई उपयोग गर्न चिकीत्सकहरुले सरकार संग माग गरेका छन । एलोपेथिक उपचार विधि भन्दा होमियो पैथिक उपचार पद्धती निकै प्रभावकारी रहेको जनाउदै नेपाल होमियो...

प्रदेश १ मा २३७ संक्रमित थपिए, एकैदिन ५२७ जना डिस्चार्ज

विराटनगर, १० कात्तिक–प्रदेश १ मा सोमबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मोरङका १ महिला १ पुरुष, सुनसरीका १ महिला २ पुरुषको मृत्यु भएको हो । यो सँगै हालसम्म मृत्यु हुनेको संख्या...

प्रदेश–२ मा ४ सय बढीको आरडीटी

जनकपुर, ४ वैशाख-प्रदेश–२ का ८ वटै जिल्लामा र्‍यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबारसम्म ४ सय १९ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमध्ये...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार ६ सय ५९ पुग्यो

विराटनगर, ७ भदौ–प्रदेश १ मा आइतबार ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक...

राष्ट्रिय युवा संघ महालक्ष्मी नगर कमिटीको आकस्मिक रक्तदान

काठमाडौं, १३ वैशाख-राष्ट्रिय युवा संघ नेपाल महालक्ष्मी नगर कमिटीले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वव्यापरी महामारीको रूपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र जनचेतना अभियानको गर्न शनिबार रक्तदान कार्यक्रम  आयोजना गरेको हो...

पर्सीदेखि फेरी विराटनगरमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदै (सूचनासहित)

विराटनगर, ७ माघ । विराटनगरमा फेरी कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । आइतबारदेखि माघ १४ गतेसम्म विराटनगरका सवै वडाहरुमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । यस अघि कोरोना भाइरसविरुद्धको...

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै रतुवामाईका मेयर रविन राई कांग्रेसको चुनावी प्रचारमा

विराटनगर, २० वैशाख । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितले स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ । त्यस्तै...

रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभाबक भेला

पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको रेडस्टार अङग्रेजी बोडीङ स्कुलको सिनभिलेज पार्टी प्यालेसमा मंगलबार २३ औं बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ । विद्यालयका फाउन्डर तथा प्रधानाध्यापक टिएन तिम्सीनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्