निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै रतुवामाईका मेयर रविन राई कांग्रेसको चुनावी प्रचारमा

 न्यूज विराट
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै रतुवामाईका मेयर रविन राई कांग्रेसको चुनावी प्रचारमा

विराटनगर, २० वैशाख । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितले स्थानीय कार्यपालिका र सोका सदस्यलाई पनि कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न रोक लगाएको छ ।

त्यस्तै आचारसंहिताले राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरकृया जस्ता कार्यक्रममा भाग लिन नहुने भनेको छ । तर, मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई भने सरकारी स्रोत, सधान र सम्पत्तिको दुरुपयोग गरि निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेका छन् ।

उनले नगरपालिकाको स्रोत, साधनको दाहन र गाडीसमेत दुरुपयोग गर्दै नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँडेको पाइएको हो ।
उनी यतिबेला नेपाली कांग्रेस र सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै चुनावी प्रचारमा हिँड्ने मात्र नभई विभिन्न स्थानमा आयोजना गरिएको चुनावीसभामा भाषणसमेत गर्दै हिँडिरहेका हुन् ।

रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनानाथ लम्सालका अनुसार मेयर राईले हालसम्म पदबाट राजीनामा दिएका छैनन् । निर्वाचन आचारसंहिता बमोजिम वहालवाला मेयरले कुनै पनि दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउँदैनन् । तर, उनले निर्वाचन आयोगलाईनै चुनौती दिँदै कांग्रेसका लागि पदको दुरुपयोग गरिरहेको स्थानीयले बताएका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पार्टीको चुनावी प्रचारमा हिँड्नुपर्ने भएकाले नैतिकता देखाउँदै राजिनामा दिएका थिए । तर, रतुवामाईका मेयर राई भने आचारसंहिता विपरितका गतिविधिमा सकृय रहेको स्थानीयको भनाइ छ । उनी २०७४ सालमा कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि उनी मेयरका आकांक्षी थिए । तर, उनले टिकट पाएनन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रतुवामाईका प्रमुख निर्वाचन अधिकृत राजु अधिकारीले मेयरले कुनैपनि दल विषेशको चुनावी प्रचारमा सहभागि हुन नपाउने भएकाले त्यसो गरेको पाइएमा कारवाही हुने बताए । ‘कार्यपालिका प्रमुख र सदस्यलाई पनि आचारसंहिता लागु हुन्छ । उम्मेदवार र दलको प्रचारमा हिँड्न पाइदैन’ उनले भने,‘मेयरले आचारसंहिता उल्लंघन गरे कारवाही हुने व्यवस्था छ ।’

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कस्यप अधिकारीले मेयर राईले आचारसंहिता विपरितको कार्य गरेको खण्डमा कारबाहीको भागिदार बन्ने बताए । ‘हामी तत्काल सचेत गराउँछौँ ।’ उनले भने,‘त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्फत प्रकृया अघि बढ्छ ।’

केही दिन अघि मेयर राईकै निर्देशनमा आचारसंहिता विपरित कांग्रेस उम्मेदवारको पक्षमा मत माग्दै उपभोक्ता समिति गठन गरेर रतुवामाई–५ स्थित लेटीमा गिटी झारिएको थियो । विवाद भएपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लम्सालले उक्त काम रोक्न लगाएका थिए ।

सम्बन्धित समाचार

माओवादीको अभियानअन्तर्गत विराटनगरमा निःशुल्क आँखा शिविर, तीन सय बढीको आँखा जाँच

विराटनगर । नेकपा माओवादी केन्द्रले विराटनगरमा शनिबार बिहान निःशुल्क निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको छ। तीनमहिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत विराटनगर ४ खारजीमा निःशुल्क आँखा शिविर आयोजना गरिएको हो। माओवादी विराटनगर महानगर ४...

एनसीडिए कोशी प्रदेशका अध्यक्षका उम्मेदवार धनराज काफ्लेका यस्ता छन् चुनावी प्रतिवद्धता

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनमा धनबहादुर काफ्लेका समूहले चुनावी प्रतिवद्धता घोषणा गरेका छन् । एनसीडिए कोशी प्रदेश अध्यक्षका उम्मेदवार काफ्लेको समूहले चुनावी घोषणा पत्र...

नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौं, २० जेठ-सरकारले कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम-पशुपतिनगर, झापा-काँकडभिट्टा,...

क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित

विराटनगर । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु–१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई जनही नगद २५ हजार रुपैयाँसहित सम्मान...

राष्ट्रपतिले शीर्ष नेतालाई शीतल निवास डाकिन्

काठमाडौं, १० असार-राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल...

बिहान ७ देखि ९ र दिउँसो ३ देखि ७ बजेसम्म पसल खोल्न पाइने

सरकारले लकडाउनको बेला दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन पसल खोल्ने समय तोक्ने भएको छ ।नागरिक आवश्यक दैनिक उपभोग्य वस्तु उपलब्ध चामल, दाल, तेल, दुध, पानी, तरकारी लगायतका अति आवश्यक सामान उपलब्ध गराउन दिनमा २ पटक...

बढ्यो सुनको मूल्यः चादीको स्थिर

काठमाडौँ, २४ कात्तिक-नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेर रु ९२ हजार ७०० कायम भएको छ । पहेँलो धातु मङगलबार प्रतितोला रु ९२ हजार ३०० मा कारोबार भएको थियो...

विराटनगरको पारस हस्पिटलको अटेरी : नविकरणविनै अस्पताल सञ्चालन

विराटनगर । बहुआयमिक स्वास्थ्य उपचार दिने प्रचार गर्दै आएको विराटनगरको जनआन्दोलन चोकस्थित पारस हस्पिटल पाँच महिनादेखि नविकरणविना सञ्चालनमा रहेको पाइएको छ । हस्पिटलको नविकरणको म्याद सकिएको पाँच महिना हुनलाग्दा पनि हस्पिटल नविकरण भएको छैन ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्