अन्तर विद्यालय टेबलटेनिस सकियो : एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधी

 न्यूज विराट
अन्तर विद्यालय टेबलटेनिस सकियो : एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिजलाई उपाधी

विराटनगर । पहिलो अन्तर विद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो ।

प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोश्रो भएका छन् । यस्तै तेश्रो मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह भए ।
सोहि समुहको छात्रातर्फ एभरेष्ट स्कुलका कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर विद्यालयका स्वाति साह दोश्रोे र तेश्रो एभरेष्टका बंसिका जैन तथा सेन्टम्यारिजका आस्था खड्का भइन् ।

यसैगरी जुनियर सिंगल छात्रतर्फ एभरेष्टका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठका रुपेस श्रेष्ठ दोश्रो भएका छन् । तेश्रो जेसी बाल सदनका रिसित साह र सगरमाथाका सोमु महतो भए । सोहि बिधाको छात्रातर्फ सेन्टम्यारिजका आरनबी भट्टराई प्रथम, सोहि विद्यालयका अपाला साह दोश्रो, विज्ञता थापा र स्वीकृति भट्टराई तश्रो भएकी छिन् ।
प्रतियोगिताको छात्र जुनियरतर्फको बेस्ट प्लेयरमा पुर्वाञ्चल विद्या सदनका अस्मिन तामाङ र छात्रातर्फ गोदावरी स्कुलका प्रसन वगाले घोषित भएका छन् । प्रतियोगिताको उदियमान खेलाडी पिटरप्यानका निरजजंग थापा घोषित भए ।

सोही अवसरमा टेवल टेनिस खेलाडी विश्व बानिया सम्मानित भए । विजय हुने खेलाडीहरुलाई विराटनगर १६ का वडाध्यक्ष उद्धव थापा, फार्क क्लवका अध्यक्ष धनकुमार लामा, नेपाली काग्रेसका नेता राजेश कुमार गुप्ता लगायतले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

महामारीमा सुरक्षित व्यवसाय सञ्चालनसम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं, १ जेठ-राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) ले श्रमिक कामदारको कार्यस्थलमा अवलम्बन गर्नुपर्ने सुरक्षा र सुरक्षित उपाय सम्बन्धमा ‘कोभिड-१९ का लागि आधारभूत व्यावसायिक पूर्वतयारी एवं सञ्चालन’ नामक पुस्तक सार्वजनिक गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा...

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

पतञ्जलीका गैरकानुनी, इजाजतै नलिएका टीभी च्यानल प्रधानमन्त्री देउवाद्वारा उद्घाटन

काठमाडौँ, ४ मंसिर । निकै तामझामका साथ उद्घाटन गरिएका पतञ्जलीका दुवै भारतीय टेलिभिजन च्यानल नेपालमा प्रशारणको इजाजतै नलिएका पाइएको छ । हिजोमात्र प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गर्नुभएका भारतीय योगगुरु रामदेवको पहलमा सुरु भएका दुई...

अपाङ्गता भएका व्यक्तिलाई राज्यको हरेक निकायमा समान सहभागितकाको माग

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको हरेक निकाय र राजनीतिक क्षेत्रमा समान सहभागिता गराउनुपर्ने माग राखेका छन् । नेत्रहिन यूवा संघ मोरङले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी यस्तो माग राखेका हुन् ।उनीहरुले राजनीतिक दलमा अपाङ्गता...

प्रदेश राजधानीको स्यायी संरचनाका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने

विराटनगर, फागुन १४–विराटनगर महानगरपालिकाले प्रदेश राजधानीको स्थायी संरचनाका लागि आबश्यक जग्गा उपलब्ध गराउन तत्पर रहेको जनाएको छ । प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै प्रदेश राजधानीका लागि आबश्यक जग्गा उपलब्ध गराउन महानगरपालिका तत्पर...

इनरुवाबाट २५० केजी गाँजा सहित २ जना पक्राउ

विराटनगर, २१ माघ । सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने...

उपचारका लागि धामीझाँक्रीका घर पुगेकी थिइन् कोरोनाबाट ज्यान गुमाएकी महिला

सिन्धुपाल्चोक, ४ जेठ-कोरोना भाइरस (कोभिड-१९) बाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए ।...

आरआरमा नेविसंघ र अखिलबीच झडप

काठमाडौं, फागुन ५–प्रदर्शनीमार्ग्स्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा सोमबार बिहान अनेरास्ववीयू र नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । झडपमा परेर नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत र सुमन खड्का घाईतेको भएको नेविसंघ महामन्त्री दिपक भट्टराईले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्