आयतमा प्रतिबन्द लगाएको माछाको खुल्लेआम तस्करी, यसरी आइपुग्छ विराटनगर

 न्यूज विराट
आयतमा प्रतिबन्द लगाएको माछाको खुल्लेआम तस्करी, यसरी आइपुग्छ विराटनगर

विराटनगर । सरकारले आयतमा प्रतिबन्द लगाएको मागुर (मुर्गी) माछा प्रजातिका माछा खुल्लेआम तस्करी हुने गरेको पाइएको छ । दुई वर्ष अगाडी आयतमा प्रतिबन्द लगाएको मागुर अहिले मोरङ, सुनसरी र झापाको विभिन्न नाकाहरुबाट तस्करी हुने गरेको पाइएको हो ।

सुनसरीको अमरढुवा, मोरङको जहदाको सीमावर्ती क्षेत्र हुदै मझारे, विराटनगरको दक्षिण गेटबाट ठूलो परिमाणमा तस्करीको माछा आउने गरेको पाइएको छ । तस्करी भएर आएको माछा विराटनगरको नयाँ गुद्रीको खुद्रा पसलहरुमा आउने गरेको छ । अहिले भारतबाट मगना नामले परिचत तस्करले एक दर्जन मोटसाइकलमा भरिया प्रयोग गरी तस्करी गर्ने गरेका छन् । मगनाले जहदाको मझारे हुदै भित्र्याएको माछा विराटनगरको नयाँ गुद्री र दिलिप सहनीलाई दिनेलाई बिक्री गर्ने गरेका छन् ।

केही दिन अगाडी तस्करी भएर आएको एक क्युटल माछा सशस्त्र प्रहरी एफओपी बखरीले विराटनगर १२ केसलिया रोडबाट बरामद गरेको थियो । उक्त बरामद गरेको माछा माछा नेपाल आयतमा प्रतिबन्धित मागुर प्रजातिका माछा थियो । बरामद गरेको माछा विराटनगरस्थित दिलिप सहनीको रहेको बुझिएको छ । उनले सुनसरीको अमरडुवा, मोरङको दरैयाको उखुबारी हुँदै प्रतिबन्धित र अन्य विभिन्न प्रजातिका माछा तस्करी गरी विराटनगर ल्याउने गर्दछन् । माछा तस्करी गरी विराटनगरसहित पुर्वको विभिन्न बजार पढाउने गरेका छन् । निलमलले विराटनगर १५ स्थित दक्षीण नाकाबाट माछाको तस्करी गर्दै आएका छन् ।

यसअघि पनि इलाका प्रहरी कार्यालय रानी विराटनगरले सहनीको एक क्वीटल माछासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको गरेको थियो । मोरङमा दिलिप सहनी, निलमले र सुनसरीमा इनरुवा घर भएका पुष्पेन मेहताले माछा तस्करी गर्दै आएका छन् । सुनसरीको देवानगन्ज, कप्तानगन्जबाट र लौकीबाट माछा तस्करी हुने मुख्य नाका हो । मेहताले दैनिक पाँच हजार केजी माछा तस्करी गरेर ल्याउने गरेको स्रोतले बताएको छ । उनको न्यू आर्दश फिस हाउस नाम रहेको फर्म रहेको छ । तस्करीको माछा उक्त फर्ममा ल्याएर सुनसरीको इनरुवासहित विभिन्न सहरहरुमा पढाउने गरेका छन् ।

झापा र मोरङको पूर्वी दक्षिण क्षेत्रको नाकाबाट फेकन र शंकरले आइसमा राख्ने माछा र माछाको भुरा तस्करी गर्दछन् । उनीहरु बंगाली हुन् । उनीहरुले नेपालको समूह बनाएर भुरा र आइसमा राखेर बक्स माछा तस्करी गर्दछन् । भारतको गलगलीया हुदै भद्रपुर र मोरङको रंगेली, डाइनिया नाका प्रयोग गरी माछा तस्करी गर्दै आएका छन् ।

भारतमा सस्तोमा माछा पाइने र नेपालमा ल्याएर महँगो मूल्यमा बिक्री वितरण हुने गरेकोले तस्करी हुने गरेको माछाको आयत कर्ता एसजीआइ एग्रोका संचालक एहसान शेखले जानकारी दिए । ‘अहिले जति बढी मागुर माछा तस्करी मौलायो छ । त्यो भारतमा सस्तोमा पाइनु र नेपालको बजारमा महंगो मुल्यमा बिक्री भएको कारणले मागुर माछाको सबैभन्दा बढी तस्करी बढेको हो,’ उनले भने, ‘आयत आयतमा बिक्री वितरण गरिएको मागुर प्रजातिको माछा भारतमा प्रतिकेजी १७० देखि १७५ रुपैयाँमा पाइन्छ । यो नेपाल ल्याउँदा होलसेललाई १ सय १० रुपैयाँ प्रतिकेजी मुनाफा राखेर बिक्री गर्दछन् । खुद्रामा बिक्री गर्दा प्रतिकेजी १५० रुपैयाँ फाइदा हुन्छ । त्यसैले अहिले सबैभन्दा बढी मागुर माछा तस्करी हुने गरेको हो ।’

अर्को तस्करी हुनुको मुख्य कारण सरकारले माछामा लगाएको अन्तःशुल्क पनि रहेको उनले बताए । ‘अहिले माछाको तस्करी बढ्नुको अर्को कारण भनेकै माछामा लगाएको अन्तःशुल्क हो,’ चालु आर्थिक वर्षको साउनदेखि माछामा सरकारले १० प्रतिशत आयत बढाएपछि तस्करी बढेर गएको छ । एक केजी माछा आयत गर्दा ७५ रुपैयाँ खर्च हुने गरेको छ । यो खर्च ढुवानीसहित हुन आउँछ । त्यही भएर अहिले तस्करी हुने गरेको छ ।’ अहिले भन्सार तिरेर आयत गरेको माछा बिक्री हुन छाडेको उनले बताए । ‘तस्करी गरेर माछा ल्याउन पाइहाल्छ,’ उनले भने, ‘तस्करीको माछा सस्तो पनि हुन्छ । अनि कहाँबाट वैध तरिकाले ल्याएको माछा बिक्री हुन्छ ?।’ उनले माछामा अन्तशुल्क राज्यले नलिए तस्करी रोकिने दाबी गरे ।

माछा आयत कर्ता शेखका अनुसार भारतमा १ सय २० देखि १ सय ३० रुपैयाँ प्रति केजी पाइन्छ । त्यही माछा यहाँ नेपालमा ल्याएर २ सय ७० देखि ३ सय २० रुपैयाँ होलसेलमा बिक्री हुन्छ । खुद्रा साढे ३ सय देखि ४ सयमा बिक्री हुन्छ । प्रतिकेजी १ सय ७० देखि २० सय रुपैयाँसम्म फाइदा हुने भएपछि प्रहरी, प्रशासन मिलाएर तस्करी गर्ने गरेको उनीहरू बताउँछन् । भारतको जोगवनीमा पंकास प्रजातिका माछा प्रतिकेजी १५० रुपैयाँमा पाइन्छ । पंकास माछा विराटनगरमा ३२० रुपैयाँमा बिक्री हुन्छ । यस्तै १६० रुपैयाँ केजी पाइने रहु माछा विराटनगरमा ३ सय २५ देखि ३ सय ५० रुपैयाँसम्म विक्री हुन्छ ।

सम्बन्धित समाचार

आजदेखि सरकार खर्चबिहीन

काठमाडौं, ३१ भदौ । सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलहरूको गैर-जिम्मेवारीता र सुझ-बुझको अभावमा आज (बिहीबार)देखि सरकार खर्चबिहीन भएको छ । संघिधानको धारा ११८ ले दिएको सीमित क्षेत्रबाहेक कुनै पनि खर्च गर्न रोक लागेको छ ।...

काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना

जनकपुर, २१ वैशाख-साता दिनअघि कोरोना संक्रमण मुक्त भएको भन्दै घर फर्काएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक पुनः नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप...

विराटनगरमा रथयात्राको तयारी तीब्र

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राको तयारीलाई तीव्र पारिएको छ ।बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको नेतृत्वमा रथ घुमाउने रुटमा पर्ने केवल, नेट, विद्युतको तार र सडकको अवस्थाका विषयमा निरीक्षण गरिएको छ । रथ घुमाउन...

विराटनगरमा १८ सहित प्रदेश १ मा १४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

विराटनगर, २२ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...

वन्यजन्तुको मासु व्यापारमा कडा प्रतिबन्ध लगाऊ: डब्लूएचओ

काठमाडौं, ६ बैशाख-विश्व स्वास्थ्य संठगन (डब्लुएचओ) ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक डा.टेड्रोस एडहानम गेयब्रेससले सबै देशलाई कोरोना भाइरसको महामारीलाई मध्यनजगर गर्दै वन्यजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउन आग्रह...

गुल्मीमा पनि देखियो कोरोना

बुटवल, ५ जेठ-प्रदेश-५ का पहाडी जिल्लामध्ये गुल्मी जिल्लामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सवा ४ गरेको पत्रकार सम्मेलनमा गुल्मीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

नेकपा मोरङद्धारा सुरक्षाकर्मीलाई सुरक्षा सामाग्री हस्तान्तरण

विराटनगर, बैशाख ५–नेपाल कम्युनिष्ट पार्टी(नेकप) मोरङले सुरक्षाकर्मीका लागि व्यक्तीगत सुरक्षा सामाग्री ( पीपीई) सहयोग गरेको छ । शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सुरक्षाकर्मीका लागि १ सय थान पीपीई हस्तान्तरण गरेको हो ।...

कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि इटहरी उपमहानगरपालिका थप दुई दिन बन्द

विराटनगर, २१ असोज-सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय थप दुई दिन बन्द हुने भएको छ । वडा कार्यालयसहित उपमहानगरपालिकाको कार्यालय बन्द हुने भएको हो । कार्यालयका कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि १६ असोजदेखि ५ दिन कार्यालय बन्द गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्