सीमा सुरक्षा प्रभावकारी भए आन्तरीक सुरक्षा ७० प्रतिशत सावधान हुन्छ : डिआइजी पोखरेल
बिहिबार, ११ जेठ, २०८०,
न्यूज विराट
विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले देशको आन्तरिक सुरक्षामाको महत्व सबैभन्दा ठूलो कुरा सीमा सुरक्षाबाट हुने बताएका छन् ।
मोरङको जहदा गाउँपालिका – ७ मा रहेको तारिगामा र मधुमल्लामाको बोर्डर आउट पोस्ट ( बिओपी) को बिहीबार स्थापना गर्दै डिआइजी पोखरेलले सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा पनि मजदुत भएर जाने बताएका हुन् । यसरी सीमा क्षेत्र कडाइ गरी आन्तरिक सुरक्षामा टेवा दिने उनको भनाई छ ।
‘सीमा सुरक्षा प्रभावकारी रुपमा भयो भने आन्तरीक सुरक्षा ७० प्रतिशत समस्याको सावधान हुन्छ,’ उनले भने, ‘चोरी, निकासी, लागूऔषध, अपराधलगायतका अन्य विभिन्न घटनाका जुन आन्तरिक सुरक्षामा घटछन् । त्यो नियन्त्रणमा आउनेछ ।’
जनताको शान्ति सुरक्षा कायममा कुनै कसुर बाँकी नराख्ने उनले बताए । प्रहरी जनताको सेवक भएकोले शान्ति सुरक्षा कायम गर्दै आर्थिक अनुसानको बाटोमा अगाडी बढने बताए । ‘जनताको करबाट उठेको रकमले यो बर्धी र रासन खाएका छौं । यो बर्धीबाट कुनै पनि कमिकम्जोरी हुने छैन,’ डिआइजी पोखरेलले भने, ‘ यदी कसैले गल्ती गर्दछ भने हामी निर्मम रुपमा उत्रिनेछौं । म आएपछि पनि शुद्धिकरण भएको छ । कमान्डरहरु परिवर्तन भएका छन् । गलत काम गर्नेलाई कारवाहीको दायारमा ल्याएका छौं ।’
सरकारले नेपाल भारत सीमा क्षेत्रमा ५ सय बिओपी स्थापना गर्ने लक्ष्य अनुसार अहिलेसम्म देशभर २ सय ८५ वटा बिओपी स्थापना भएको उनले बताए । योसँगै मोरङमा ६३ किलोमिटर नेपाल–भारत सीमा भएको क्षेत्रमा तीन वटा प्रस्थाबित गुल्म र १० वटा बिओपी भएको छ । कोशी प्रदेशमा नेपाल –भारतको सीमा क्षेत्रको दुरी ४२७ किलोमिटरमा १० वटा प्रस्थापित गुल्म र ४७ वटा बिओपी स्थापना भएको डिआइजी पोखरेलले बताए । ११ किलोमिटरको दुरीमा बिओपीहरु रहेको उनले बताए । सीमा क्षेत्रमा १ हजार ४ सय सशस्त्र प्रहरी सुरक्षामा खटिएको बताए । पहाडी जिल्लाहरुबाट सशस्त्र प्रहरी ल्याएर तराइको सीमा क्षेत्रमा सुराक्षाकर्मीहरु परिचालन गरिएको छ ।
‘यसअघि एउटा बिओपीमा १४÷१५ जना सुरक्षाकर्मी खटिएका थिए । म आएपछि स्थरउन्नती गरेर अगाडी बढाएको छु,’ उनले भने, ‘सहीको नेतृत्वमा रहेको बिओपीमा २० जना, प्रहरी निरीक्षकको नेतृत्वमा रहेको बिओपीमा २५ जना र डिएसपीको नेतृत्वमा रहेको गुल्ममा ३० जना जनशक्तिको व्यवस्था गरी सीमा सुरक्षामा खटाउने नीति लिएको छु । यो नीति कार्यन्वयन गर्न पहाडी जिल्लामा खटिएका जनशक्तिलाई तराइमा ल्याएको छ ।’
विराटनगर, २ माघ । बालिकालाई बलात्कार गरेको आरोपमा नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य रहेका मोरङको बुढीगंगा गाउँपालिका–२ का ५० वर्षीय शिव कोइरालालाई प्रहरीले १० वर्षीया बालिकालाई बलात्कार...
काठमाडौं, १९ भदौ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेबापत शुल्क लिन पाउने बताएका छन् । शुक्रबार भर्चुअल बैठकमा उनले निजी विद्यालयहरूले शुल्क लिन पाउने बताएका हुन् । ‘निजी विद्यालयले...
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका छन् । उनी ६८९ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाए...
सरकारले ९ दिनका लागि सबै अन्तर्राष्ट्रिय उडान सथगन गर्ने निर्णय लिएको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको अवस्थामा ९ चैतदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय लिएको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको...
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार नयाँ सरकार गठनका लागि ६ दिनको समय...
सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणविरुद्ध घोषणा गरेको लकडाउन प्रतिकार्य अभियान प्रभावकारी बनाउँदै लैजाने तयारी भएको छ । नागरिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिई लकडाउनलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको हो । कोरोना सङ्क्रमित थप अर्को व्यक्ति...
विराटनगर । नेपाल घरेलु तथा साना उद्योग मोरङले उद्यमीहरुलाई एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कुमारी बैंकसँगको सहकार्यमा बिहीबार विराटनगरमा उक्त कार्यक्रम आयोजना गरेको हो । मोरङ जिल्लाभरीका लघु तथा घरेलु साना...
विराटनगर, ३ पुस । प्रदेश १ सरकारले नौ जिल्लाका १८ वटा स्थानीय तहमा स्किम बैंक सञ्चालन गर्ने भएको छ । आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यन्वयनमा लगिने तयारी गरिएको छ । सामाजिक विकास मन्त्री जीवन...