भारत लैजान लागेको तीन जना किशोरीको उद्धार

 न्यूज विराट
भारत लैजान लागेको तीन जना किशोरीको उद्धार

विराटनगर । आकर्षक तलब र सेवा सुविधा दिने भन्दै दलालको फन्दामा परी भारत लैजान लागेको तीन जना किशोरीको उद्धार गरिएको छ । प्रहरी र साना हात नामक संस्थाले नेपाल –भारत सीमा क्षेत्रबाट तीन जना किशोरीको उद्धार गरेको हो ।

रुकुम पश्चिमका दुई जना र सल्यानका एक जना किशोरी विराटनगरको २ नम्बर डाटबाट उद्धार गरिएको छ । उनीहरूलाई भारतमा ८० हजार देखि १ लाख रुपैयाँसम्म कमाइ हुने प्रोलोभनमा पारी गिरोहले भारत लैजान लागेका थिए । उनीहरुलाई साथ लिएर जाने सुनसरीको इटहरी ३ का ४७ वर्षीया कमल प्रसाद भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सहयोगी रहेको बुझिएको छ । ती किशोरीहरुलाई भारत लैजाने मुख्य गिरोह फरार छन् । उनको पनि खोजी कार्य प्रहरीले तिव्र बनाएको छ ।
‘भारतको ब्याङलोरमा काम गर्दा राम्रो पैसाँ र सेवा सुविधा पनि हुने भन्दै रुकुम पश्चिममा किशोरीहरुलाई विराटनगर बोलाएका रहेछन् ।

उनीहरुको भेट केही दिन अगाडी विराटनगरमा लागेको महोत्सवमा भेटिएको रहेछ । तेही महोत्सवमा दलाल र ती किशोरीहरुको भेट भएको छ । मासिक ८० देखि १ लाख रुपैयाँसम्म कमाइ हुने भनेपछि किशोरीहरू पनि मख्ख पारी दलालमार्फत भारत लैजान लागेको खुलेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जन कुमार दाहालले भने ।


पक्राउ परेका भट्टराईलाई प्रहरीले मानव बेचबिखन तथा ओसार–पोसार मुद्दामा शुक्रबार म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सपना मगरलाई ज्यान मार्ने धम्की दिने विनयजंग बस्नेत पक्राउ

काठमाडौंमा बेवारिसे शव व्यवस्थापन गर्ने विनयजंग बस्नेत पक्राउ परेका छन् । बीबीसीको प्रतिभाशाली १०० महिलाको सूचीमा परेकी सपना रोका मगरलाई ज्यान मार्ने धम्की दिएको आरोपमा बस्नेतलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट...

लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं, ६ माघ । लोकसेवा आयोगले कोरोना संक्रमण बढेको भन्दै यही माघ ११ गतेदेखि माघ मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । आयोगको विहीबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आयोगले...

विविएस तेस्रो वर्षको नतिजा प्रकाशित : मेरिल्याण्डकी कृति बोहरा प्रदेश प्रथम भएको दावी

विराटनगर । त्रिभुवन विश्वविद्यालयले प्रकाशित गरेको विविएस तेस्रो वर्षको नतिजा अनुसार विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । मेरिल्याण्डकी छात्रा कृति बोहराले ७७.८ प्रतिशत (डिस्टीङ्सन) अंक प्राप्त गरी प्रदेश प्रथम भएको...

कटहरीमा सांस्कृतिक नृत्य प्रतियोगिता

विराटनगर । कटहरीमा गाउँपालिकास्तरीय अन्तरविद्यालय प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।कटहरी गाउँपालिकको आयोजना तथा कटहरी ४ खयरबना स्थित श्री आधारभुत विद्यालयको संयोजनमा प्रतियोगिता भएको हो ।प्रतियोगितामा पालिकाभित्रका ८ वटा सामुदायिक विद्यालय र ३ संस्थागत...

महसुल नतिरेपछी रघुपति जुटमिल्स र रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटियो

विराटनगर, चैत ७-नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्र र इटहरी वितरण केन्द्र सुनसरीले विद्युत् महशुल नतिरेको भन्दै विराटनगरको रानीस्थित रघुपति जुटमिल्स र सुनसरीको खनारमा रहेको रिलाइन्स स्पीनिङको विद्युत् लाइन काटिदिएको छ । विराटनगर वितरण केन्द्रअन्तर्गतको औद्योगिक...

विराट मोडेल कलेजमा विद्यार्थी बिदाई र स्वागत एउटै मन्चमा

विराटनगर । विराटनगर – ९ मा रहेको विराट मोडेल कलेजले स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा बिहीबार एउटै मन्चमा एक कार्यक्रम आयोजना गरि स्वागत तथा विदाइ कार्यक्रम आयोजना गरेको हो । बिबिएस...

प्रदेशमा बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासनमा कुनै सम्झौता गर्दिन: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएको बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमा कुनै सम्झौता नहुने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले बिहीबार आयोजना गरेको...

चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार, महासंघको ध्यानाकर्षण

काठमाडौं, १५ वैशाख-नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा चितवनमा प्रहरीद्वारा पत्रकारलाई गरिएको दुर्व्यवहार, पक्राउ तथा पत्रकारका सवारी साधन र सञ्चार सामग्री नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलनका लागि आज बिहान चितवनको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्