व्यापारीमाथि आक्रमण गर्नेलाई प्रहरीले यसरी समात्यो

 न्यूज विराट
व्यापारीमाथि आक्रमण गर्नेलाई प्रहरीले यसरी समात्यो

विराटनगर । विराटनगरको मुख्य बजार ट्राफिक चोकको ग्लोबल बैङ्कभित्र सामान्य विवादलाई लिएर एक जना व्यापारीमाथि आक्रमण गरेको खुलेको छ ।
विराटनगर – १५ घर भएका ३२ वर्षीय राहुलकुमार रायमाथि विराटनगर १२ का दीपेन्द्र कामतले चक्कु प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
ट्राफिक चोकको मुख्य बजारमा उनीमाथि चक्कु प्रहार हुँदा उनको हातमा देब्रे हातमा गहिरो चोट लागेको छ । उनको उपचार विराटनगरस्थित विराट नर्सिङ होममा भइरहेको छ ।
घाइते रायको जोगबनीमा किराना पसल छ । उनी दिउँसो विराटनगरस्थित ग्लोबल बैङ्कमा आएका थिए । उनीसँगै आक्रमण गर्ने कामत पनि थिए । बैङ्क भित्र कामतको कर्मचारीसँग विवाद गरेका थिए । ‘त्यही बिचमा किन विवाद गरेको भनेर रायले कामतलाई भनेका रहेछन् । बैङ्क भित्र कामतले आँखा तरेर रायलाई हेरे । तलाइ पख भन्दै बैङ्कबाट बाहिर कामत गए,’ प्रत्यक्षदर्शीले दिएको बयान उद्रित गर्दै मोरङ प्रहरीका डिएसपी दाहालले भने, ‘कामत बाहिर बसेका रहेछन् । ट्राफिक चोक छेउमा पुगेपछि झोलामा बोकेको चक्कु प्रहार गरेको देखिएको छ ।’
पक्राउ परेका कामतलाई प्रहरीले अंगभङ मुद्दामा शुक्रवार म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले बताए ।

ट्राफिक प्रहरीले यसरी समाते आक्रमणकारी
व्यापारी रायलाई आक्रमण गरेपछि राय ट्राफिक चोक हुँदै कलेज रोडतिर फरार भएका थिए । स्थानीयले ‘मान्छे काटेर भागो’ भन्दै होहल्ला गरेपछि जिल्ला ट्राफिक प्रहरी मोरङका ट्राफिक प्रहरी जवान लोकबहादुर कार्की अफिसबाट बिहार निस्किए । मान्छे काट्ने भागो भन्दै कलेज रोड तिर आक्रमणकारी भागेपछि उनी पनि साथीको बाइकमा चढेर पिछा गरे । हातमा चक्कु, सेतो टिर्सट र विइन स्विटर लगाएका कामत कलेजरोडस्थित होटेल टिफिन अगाडीको किराना पसलभित्रको घरमा छिरे । ट्राफिक प्रहरी कार्कीले पिछा गरे । ‘भाग्दै शौचलालभित्र छिरेपछि उनले चक्कु र विइनस्वीटर शौचालयमा फाले । त्यही भित्रबाट समातेर बाहिर निकालेर सिआरवीको गाडीमा हालेर प्रहरी कार्यालयतिर पढाए,’ उनले भने ।

सम्बन्धित समाचार

प्याब्सन स्पोर्टस् मिट : बास्केटलको उपाधि बिकेभिएमलाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्र्तगत बास्केटलको उपाधि विराटनगरको बिकेभिएम स्कुलले जितेको छ । विराटनगरको एभरेष्टको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइलनमा एभरेष्ट स्कुललाई ५७ –३५ सेटले हराउँदै बिकेभिएमले बास्केटबलको उपाधि जितेको हो...

एमपीआईएद्वारा ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण

काठमाडौं, ११ वैशाख-मोबाइल फोन इम्पोर्टर्स एसोसिएसन (एमपीआईए) द्वारा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरिएको छ । कम्पनीले नेपाल प्रहरीलाई ४० थान पीपीई र ५ हजार थान मास्क हस्तान्तरण गरेको हो । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा...

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ जेठ-नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा पोजिटिभ देखिएका छन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा...

विराटनगरका स्टेशनरी व्यवसायी सिद्धान्त भट्टराई मिर्चैयामा मृत भेटिए

विराटनगर । विराटनगर १० घर भएका स्टेशनरीका होलसेल व्यवसायी २५ वर्षीय सिद्धान्त भट्टराई मतृ फेला परेका छन् । सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटलको पछाडि बुधबार बिहान भट्टराईको शव भेटिएको हो । मिर्चैया कटारी...

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

विराटनगर, २७ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी...

चुच्चे नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गरी प्रकाशकमाथि कडा कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, जेठ २६ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्साको ठाउँमा पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा...

एनसीडिए मोरङद्धारा धनपालथानका अग्नि पीडितलाई राहत वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए ) मोरङ शाखाले धनपालथान गाउँपालिका ६ मा अग्निपीडित परिवारहरूलाई राहत सामग्री वितरण गरेको छ । स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा पीडित परिवारहरूलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिएको हो ।गत...

उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक

भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्