महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

 न्यूज विराट
महानगरका वडा तहका सबै सिफारिसहरू अनलाइनबाटै

विराटनगर । विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई छिटोछरितो र सहज रुपमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने भएको छ ।
महानगरका सबै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै विद्युतीय सुशासनको उच्चतम प्रयोग गर्न ई–सिफारिस र ई–पेमेन्टलाई प्रभावकारी बनाउने भएको छ । महानगरका १९ वटै वडाबाट प्रदान हुने सबै सिफारिस र राजस्व संकलनलाई प्रविधिमैत्री बनाउन लागेको हो ।

त्यसका लागि १९ वटै वडाका सचिवका लागि महानगरले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । मेयर नागेश कोइरालाले सेवाग्राहीहरु घरमै बसेर सिफारिस लिन सक्ने वातावरण बनाउन लागेको बताउनुभयो । उहाँले जनतालाई सहज रुपमा सेवा प्रदान गर्ने सुशासन कायम गर्ने उद्देश्यले सबै सेवालाई प्रविधिमैत्री बनाउन लागिएको जानकारी दिनुभयो ।
“कुनै पनि काम लिएर भरिसक्यो वडा कार्यालय सेवाग्राहीहरु पुग्न नपरोस् भनेर हामीले सेवालाई प्रविधिमैत्री बनाउन लागेका छौं,” मेयर काइरालाले भन्नुभयो, “केही वडामा ई–सिफारिस कार्यान्वयनमा आइसकेको छ । अब सबै वडामा छिट्टै कार्यान्वयनमा ल्याउनेछौं ।” उहाँले जनताले महसुस गर्ने गरी सेवालाई प्रविधिमैत्री बनाउन पनि निर्देशन दिनुभयो । उपमेयर शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि विद्युतीय सुशासनलाई जोड दिएको स्मरण गर्नुभयो । उहाँले चालु आर्थिक वर्षबाट विद्युतीय सुशासन कार्यान्वयन सुरु भएको र आगामी आर्थिक वर्षदेखि पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले सेवालाई प्रविधिमैत्री बनाउन सकिए जनतालाई सास्ती नहुने र कार्यालयमा समेत भीडभाड नहुने बताउनुभयो । महानगरले वडा तहका सिफारिस मात्रै नभएर महानगरका सबै शाखा र महाशाखाका सेवालाई प्रविधिमैत्री बनाउँदै लगिने जानकारी दिनुभयो ।

वडामा ई–सिफारिस र ई–पेमेन्ट पूर्ण रुपमा लागू भएपछि अनलाइन सेवा प्रणालीको पक्रियाका विषयमा सार्वजनिक सूचना जारी गरेर महानगरवासीलाई जानकारी गराइने सूचना प्रविधि शाखाकी इन्जिनियर अर्चना कर्णले बताउनुभयो । “अनलाइनमार्फत कसरी सेवा लिने भनेर हामी महानगरवासीलाई विभिन्न माध्यमबाट जानकारी गराउनेछौं,” कर्णले भन्नुभयो । अभिमुखीकरण तालिममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले सेवालाई प्रविधिमैत्री बनाउँदा जनशक्तिसमेत कम लाग्ने बताउनुभयो । पहिलो चरणमा वडासचिवहरुलाई अभिमुखीकरण तालिम दिएको महानगरले केहीमै वडाका अन्य कर्मचारीहरुलाई पनि तालिम दिने तयारी गरेको छ ।

सम्बन्धित समाचार

विराटनगरमा माओवादीको मार्च पास, तीन महिने अभियान सुरू

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले विराटनगरमा आज (शनिबार) बिहान मार्च पाससहित तीन महिने अभियान सुरु गरेको छ । विराटनगरको बजारमा मार्चपाससहित अभियान सुरु गरेको हो । माओवादीले आजबाट देशरभका सबै वडामा एकैपटक तीन महिने...

अमेरिकामा बेरोजगार भत्ताका लागि ३ करोड ६० लाखले भरे फाराम

एजेन्सी, जेठ १-अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाख बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो २ महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये...

पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । यसैगरी, बालहितकारी परियोजनाले १ लाख १...

प्रधानमन्त्री ओलीसँगको बार्तापछि माधवको घोषणा : सांसदको राजीनामा टर्यो, बिवाद मिलाउन कार्यदल बन्छ

काठमाडौं, बैशाख ३० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको बार्ता फलदायी बनेको बताउनु भएको छ । अध्यक्ष ओलीसँग आज भएको तीन घण्टा लामो बार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै बरिष्ठ नेता नेपालले आजको...

विपद् व्यवस्थापनमा सुरक्षा निकायको भूमिका महत्वपूर्णः मुख्यमन्त्री कार्की

विराटनगर,२९ जेठ । कोशी प्रदेशको १४ जिल्लामा हुने वाढी, पहिरो, भूकम्प लगायतका विपद्को समयम जनधनको क्षति न्यूनिकरण, एवं उद्धार र राहत कार्य परिचालन गर्न अभ्यास हातेमालो–५ आज सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरिक मामिला...

माछापुच्छ्रे सहकारी घोटला प्रकरण, सहकारीका अध्यक्ष अमलेश कर्ण जेल चलान

विराटनगर । विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्णलाई पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई आज थुनामा राख्ने आदेश दिएका हुन् । अदालतको आदेशपछि...

सीएनआई कोसी एक्स्पोको तयारी तिब्र, पाँचवटा पालिकाले प्रवद्र्धन गर्दै

विराटनगर । मोरङ–सुनसरी औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहले माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को उत्साहजनक प्रवद्र्धक गरेका छन् । विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको...

अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन उद्योगी व्यवसायीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरूले औद्योगिक क्षेत्रका समस्या समाधान गर्ने र उद्योगीले नाजुक अवस्थामा पुगेको अर्थतन्त्र सुधार हुने गरी बजेट ल्याउन सुझाव दिएका छन् । अर्थ मन्त्रालय, राजश्व परामर्श समितिले विराटनगरमा बिहीबार आयोजना गरेको प्रदेशस्तरीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्