सुम्निमा स्कुलमा प्रि–प्राइमरी तह उत्तीर्ण गर्ने २५ विद्यार्थी दिक्षित
आइतबार, ३१ बैशाख, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – ११ पिचरास्थित सुम्निमा बोर्डिङ स्कुलमा अध्ययरत २५ जना विद्यार्थी दिक्षित भएका छन् । युकेजी अध्ययन गरी कक्षा १ मा प्रवेश गरेका २५ जना विद्यार्थीहरुलाई स्कुलले भव्य कार्यक्रम आयोजना गरी दिक्षित गरेको हो ।
प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको स्कुलकी प्रिन्सिपल सितला सुब्बाले बताइन् । कार्यक्रममको प्रमुख अतिथि विराटनगर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपानेले गुणस्तरीय शिक्षासँगै संस्कारसहितको शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा स्कुलकी प्रन्सिपल सितला सुब्बाले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान पनि हासिल गर्दै विद्यालय अगाडी बढेको बताइन् । उनले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा स्कुलले विशेष ध्यान दिएको बताइन् ।
कार्यक्रममा अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी, प्रेस युनियन काशी प्रदेशका अध्यक्ष मिन कुमार नवदित, अभिभावक अनिल श्रेष्ठ, स्कुलका निर्देशक जयन्ती प्रधानलगायतले कार्यक्रममा बोलेका थिए । सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गीत पनि प्रस्तुत गरी थप रमाइलो गरेका थिए ।
चितवन, ६ साउन-पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा साना-ठूला २ सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने...
विराटनगर । विराटनगरको मुनाल पथ अगाडी सुरु भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारिक विक्रेता केसरी चन्द भवरलाल पिपल चोक स्वरुमले विजय दशमी र शुभ दीपावलीलाई लक्षित गरी...
काठमाडौं, १५ भदौ-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ७ जनाको निधन भएको पुष्टि भएको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा १ बालिकासहित ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले...
काठमाडौं, २८ साउन-ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी १ महिलाको पीसीआर गर्दा नतिजा पोजिटिभ देखिएको छ । मंगलबार राति सवा १ बजे मृत्यु भएकी ती महिलाको बुधबार बिहान कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो...
काठमाडौं, २८ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको...
विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय...
काठमाडौं, २२ वैशाख-होटल एसोसिएसन अफ नेपाल (हान)ले कोरोनाको कारण देखाउँदै दशैँसम्म सबै होटल बन्द गर्ने प्रस्ताव सरकारलाई गरेको छ । कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारण तत्काल होटल सञ्चालन गर्ने सक्ने अवस्था नदेखिएको...
एजेन्सी, ९ असोज-कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्न स्वस्थ स्वयंसेवकहरूलाई सक्रिय कोरोना भाइरस दिने तयारी गरिएको छ । बेलायत स्वस्थ व्यक्तिलाई संक्रमित बनाउने पहिलो मुलुक बन्न सक्ने बताइएको हो । ‘च्यालेन्ज ट्रायल’ भनिने सो परीक्षण लन्डनमा...