एनएमएसआरए क्रिकेट कपको उपाधि आयोजकलाई

 न्यूज विराट
एनएमएसआरए क्रिकेट कपको उपाधि आयोजकलाई

विराटनगर । एनएमएसआरए कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल औषधि तथा विक्री प्रतिनिधि संघ विराटनगर (एनएमएसआरए) ले जितेको छ ।


विराटनगरको डिग्री क्याम्सको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङलाई ४ विकेटले हराउँदै आयोजकले उपाधि जितेको हो ।

एनसीडिएले दिएको १४४ रनको विजय लक्ष्य पछ्याएको एनएमएसआरएले १४. ५ बलमा ६ विकेट गुमाई पुरो गर्यो । एनएमएसआरएका सरोज बस्नेतले ७२ रनको अर्धसतकीय इङनिङ खेले । प्रशान्त राईले ८ बलमा १६ रन पारी खेल्दा मिथलेस यादवले १३ बलमा १० रनको योगदान दिए । फाइलनको म्यान अफ द म्याच र उत्कृष्ट ब्याटमेन सर्वाधिक रन ल्याउने सरोज घोषित भए ।

बलिङमा एनसीडिएले रवि यादव र सुशिलले समान २–२ विकेट लिए । प्रशान्त साह र कमल राहुलले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको एनसिडीएले निर्धारित १५ ओभरमा ७ विकेट गुमाई १४३ रनमा सिमित भयो । जसमा विशाल चौधरीले २० बलमा ३६ रनको पारी खेल्दा राहुल कमल देवले २५ बलमा ३२ रनको योगदान दिए । असुतोष सिंह र दिपक भगतले समान ११–११ रनको योगदान दिए । एनसिडीएका अरु ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

बलिङमा आयोजक एनएमएसआरएका विशाल चौधरीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । लोमस निरौलाले ३ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । अजय मण्डल र विवेक सिंहले समान १–१ विकेट लिए ।
उत्कृष्ट बलरमा आयोजकका बिशाल चौधरी, र म्यान श्रीरिच एनसिडिएबाट कमल देव घोषित भए ।

प्रतियोगिताको बिजेता आयोजकले नगद ४१ हजार रुपैयाँ र ट्रफि प्राप्त गरेको छ । उपबिजेता भएको एनसीडिएले नगद २५ हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा ८ वटा टिमको सहभागिरहेका एनएमएसआरए विराटनगरको अध्यक्ष प्रमोद साहले बताए । बिजेता हुने टिमलाई नेपाल औषधी तथा विक्री प्रतिनिधी संघका केन्द्रीय कोषाध्यक्ष हरिण्य प्रसाद लुईटेल, विराटनगर अध्यक्ष प्रमोद कुमार साह, नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकालगायले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

महानगरले आगलागीमा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने, मृतक परिवारलाई जनही १ लाख

विराटनगर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ...

इक्युवालिटि कप क्रिकेटको उपाधिकालागि मोरङ र सप्तरी भिड्ने, फाइनल विहिबार हुने

विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शिर्ष स्थानमा रहेको छ ।मोरङले सप्तरीलाई ७ विकेटले...

पर्सामा कोरोना संक्रमणबाट युवतीको मृत्यु

वीरगन्ज, २१ साउन-पर्सामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका- ८ घर भएर वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।...

बेरुत विस्फोट : नेपाली सकुशल

काठमाडौं, २२ साउन-लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ ।यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विस्फोटबाट भएको धनजनको क्षतिले आफूलाई मर्माहत तुल्याएको बताउँदै मृतकका परिवारजनका साथै लेवनान सरकार...

कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेन: शेखर कोइराला

विराटनगर, फागुन २८–नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा प्राध्यापक र बुद्धिजीविहरूसँगको छलफलमा कोइरालाले सरकारका गलत क्रियाकलापको विरोध गर्नसमेत कांग्रेसले नसकेको दाबी...

आज विराटनगरमा ४ जना कोरोना संक्रमित थपिए

विराटनगर, ५ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास...

असई कार्कीले कन्चटमा गाेली हानेर आत्महत्या गरे

काठमाडौं, ११ जेठ-प्रहरी सहायक निरीक्षक (असई)  विष्णुप्रसाद कार्कीले आत्महत्या गरेका छन् । स्वयम्भू प्रहरी बिटमा कार्यरत असइ कार्कीले आफैले बोकको पेस्तोलले दाहिने कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । आइतबार विहान उनी बिटमै मृत अवस्थामा भेटिएका...

रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं, २३ माघ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका लागि अनुमति दिएको छ । डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्