मोरङमा टिपरको आतंक, नेता चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

 न्यूज विराट
मोरङमा टिपरको आतंक, नेता चोकमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको आज घटनास्थलमै मृत्यु भएको हो ।

विराटचोकबाट विराटनगरतर्फ आउँदै स्कुटर चालक काफलेलाई सोही दिशातर्फ गइरहेको टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ । ओभर स्पिट आएको टिपरले ठक्कर दिएर घटनास्थलमै स्कुटीका चालकको मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । टिपर चालक फरार रहेका छन् । उनको खोजी कार्य तिव्र बनाएको प्रहरीले जनाएको छ ।
‘ओभर स्पिटमा टिपर आएर ठक्कर दिएको प्रत्यक्षदर्शीले भनेका छन्,’ ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘त्यसैले दुर्घटना भएको देखिन्छ ।’ घटनाको विषयमा अनुसन्धान सुरु भएको मोरङ प्रहरीले जनाएको छ ।
टिपरको ठक्करबाट मृत्यु भएको काफ्लेको शरिर दुई टुक्रा भएको प्रत्यक्षदर्शीले बताएका छन् । अहिले मृतकको शव सडकमै रहेको छ ।

घिनाघाट–विराटचोक खडक खण्डमा यसअघि पनि टिपरको ठक्करबाट थुप्रैको मृत्यु भइसकेको छ । खुल्ला सडक भएकोले तिव्र गतिमा टिपर गुडाउने भएकोेले यस सडकमा दुर्घटना बढी हुने गरेको छ ।

सम्बन्धित समाचार

रातारात सारियो प्रहरी अस्पताल, निर्णाय सच्याएर अस्पताल यथावत राख्न माग

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारता सारेर सुनसरीको इनरुवामा लगिएको छ ।संचालनमा आएको ९ महिनापछि मंगलबार मध्य राती स्थानीय पालिकासँग कुनै समन्वय र सहकार्य नगरि प्रहरीले...

विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियान सुरु

विराटनगर ÷ विराटनगरलाई बालमैत्री महानगर बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तीर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घर लेखिएको स्टिकर टाँसेर अभिायनको...

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । कोरोना भाइरसका...

काठमाडौं उपत्यकामा आज ५४१ जनामा कोरोना संक्रमण

शुक्रबार काठमाडौं उपत्यकामा ५ सय ४१ कोरोना संक्रमित थपिएका छन् । समंक्रमितमध्ये २ सय ३६ महिला र ३ सय ५ जना महिला हुन् ।  आज देशभर ७ हजार ४ सय १४ को पीसीआर गर्दा १...

अब बैंकमा अत्यावश्यक सेवा मात्र

काठमाडौँ, ३१ वैशाख । बैंकहरूले अत्यावश्यकबाहेकका सेवा नदिने भएका छन् । पछिल्ला दिनमा कर्मचारीहरूमा कोभिडको संक्रमण बढेसँगै बैंकहरूले प्रदान गर्ने सेवा घटाएका हुन् । बैंकमा सेवाग्राहीको भीड कसरी कम गर्न सकिन्छ भन्ने सम्बन्धमा बिहीबार राष्ट्र...

पछिल्लो २४ घन्टामा थप १९४ जना संक्रमित डिस्चार्ज

काठमाडौं, ७ असार-कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १ सय ९४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो पटकमा ८ महिला र १८६ जना पुरुष गरी जम्मा १९४ जना संक्रमित निको भएका हुन् । डिस्चार्ज...

इटहरीमा सौन्दर्यकर्मी युनियन गठन, अध्यक्षमा सिर्जना

विराटनगर । सुनसरीको इटहरीमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल गठन भएको छ । इटहरीमा शुक्रबार भएको एक भेलाले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगरपालिकाको अध्यक्षमा सिर्जना बस्नेत (पराजुली) लाई चयन गरेको छ । समितिको उपाध्क्षमा समिक्षा...

दुई वर्षपछि समातिए वीरगञ्ज बम विस्फाेटका मुख्य याेजनाकार

भारतमा लुकेर वीरगञ्जलगायत सीमावर्ती शहरमा आपराधिक गतिविधि गर्दै आएकाे समूहका मुख्य नाइके ३३ वर्षीय फुलहसन अन्सारी उर्फ विवेक सिंह पक्राउ परेका छन् । वीरगञ्ज- २४, रामगढवाका अन्सारी २४ साउन २०७६ मा वीरगञ्जकाे बिर्ताबजार र  त्यसको चार दिनपछि २८ साउनमा घण्टाघरनजिकै मिना बजारमा भएकाे बम विस्फाेटकाे मुख्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्